काठमाण्डौं । सभामुख डोलप्रसाद ( डिपी ) अर्यालले पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन्। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ( नाट्टा ) को ५९ औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले विदेशी मुद्रा आर्जन गर्ने यो क्षेत्रको विकासका निम्ति सम्बद्ध सबै पक्ष क्रियाशील हुनुपर्नेमा जोड दिए।
सभामुखले पर्यटन क्षेत्रका नीतिगत र संरचनागत समस्या समाधानका लागि सरकार गम्भीर हुनुपर्ने बताउँदै नाट्टाजस्ता व्यावसायिक सङ्गठनले पर्यटन उद्योगको विकासमा सक्दो योगदान गर्नुपर्छ भने।
राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स र नेपाल पर्यटन बोर्ड देशको आर्थिक उन्नयनको मेरुदण्ड मानिएको पर्यटन क्षेत्रको विकासमा इमान्दारीपूर्वक लाग्नुपर्नेमा जोड दिए । आज नाट्टाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन समेत हुदैछ ।
