Author: Editor
काभ्रेपलाञ्चोक । महाभारत गाउँपालिका–६ का ७१ परिवारलाई ६ हजार ८०० कफीको बिरुवा वितरण गरिएको छ। ‘जसले रोप्छ कफीको बोट, उसले पाउँछ रु २० को नोट’ नारालाई नियमितता दिँदै गाउँपालिकाको कार्यक्रमअन्तर्गत कफीको बिरुवा वितरण गरिएको हो। गाउँपालिकाको कृषि तथा पशुपन्छी शाखाको ‘फिल्ड अनुगमन’ अनुसार ६ हजार ८०० मात्र खाडल खनेको पाइएपछि सोहीअनुसार वितरण गरिएको जनाइएको छ। वडाभित्र करिब १३ हजार कफीको बिरुवा माग भएको थियो। किसानको आकर्षण भए पनि मागअनुसार बिरुवा वितरण गर्न नसकिएको वडाध्यक्ष रमेश लुङ्गेलीको भनाइ छ। काभ्रेपलाञ्चोकको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित दुर्गम गाउँपालिका महाभारतमा गर्दै आएको व्यावसायिक कफी उत्पादनलाई आधुनिकमैत्री बनाउन थालिएको हो। यसका लागि गाउँपालिकाले कफी–किसानलाई बर्सेनि बिरुवासँगै…
काठमाडौँ । नेकपा ( एमाले ) केन्द्रीय कार्यालयले मदननगर बल्खुमा ३३औँ मदन–आश्रित स्मृति सभा कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व राष्ट्रपति विद्या देवी भण्डारी सहभागी भएकी थिइन्। कार्यक्रममा एमालेका वर्तमान पदाधिकारी, पूर्व पदाधिकारी तथा नेता–कार्यकर्ताहरूको उपस्थिति रहेको थियो। स्मृति सभाको अवसरमा नेताद्वय मदन भण्डारी र जीवराज आश्रितको तस्बिरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरिएको थियो।
सिरहा। सिरहामा सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको सामानसहित ट्रक नियन्त्रणमा लिएको छ। नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्र नं। ७ गण मुख्यालय सिरहाबाट सशस्त्र प्रहरी उपरीक्षक सुमन जंग थापाको नेतृत्वमा खटिएको ३५ सदस्यीय विशेष गस्ती टोलीले शनिबार राति करिब ८ः४५ बजे विशेष सूचनाको आधारमा चेकजाँच गर्ने क्रममा उक्त ट्रक नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीले नेपालबाट भारततर्फ लुकाइछिपाइ अवैध रूपमा लैजान लागिएको स.१ ख.५३५ नम्बरको टाटा ट्रक नियन्त्रणमा लिएको जनाएको छ । ट्रकमा विभिन्न प्रकारका कस्मेटिक सामग्री, मन्जन ( टुथपेष्ट ) , ओखरलगायतका सामान फेला परेको बताइएको छ । बरामद गरिएको सामान तथा सवारी साधनको अनुमानित मूल्य करिब ४०…
काठमाडौं । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ। आगामी असार १ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। ज्योतिषीय गणना अनुसार ३६५ दिनको वर्ष हुन्छ। वर्षमा सौर र चान्द्रमास हुन्छन्। दुवैलाई समन्वय गर्न ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ। एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिने भनेर विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ज्योतिष एवं वास्तुविद् शिवप्रसाद पोखरेलले बताउनुभयो। चान्द्र महिनामा दुई वटा सङ्क्रान्ति पर्यो भने क्षयमास भनिन्छ। ज्योतिषका विद्वान् भास्कराचार्यले आफ्नो ग्रन्थ…
काठमाण्डौं । सेक्युरिटी गार्डमा मलेसिया जान लागेका सप्तरीका अजयकुमार यादवसँग तीन लाख रूपैयाँ माग्ने म्यानपावरका कर्मचारी पक्राउ परेका छन्।काठमाडौंको कोटेश्वरस्थित ग्राण्ड स्विट जब नाम गरेको म्यानपावरका एक कर्मचारीलाई शनिबार युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको सचिवालयकै सक्रियतामा प्रहरी सहितको टोलीले स्टिङ अपरेसनु चलाएर पक्राउ गरेको हो। मलेसिया जान लागेका अजयकुमार मन्त्री यादवकै निर्वाचन क्षेत्रका मतदाता हुन्। मन्त्री यादवका स्वकीय उपससचिव सरोज यादवका अनुसार सरकारको ‘फ्रि भिसा फ्रि टिकट’को नीति अनुरूप म्यानपावर कम्पनीलाई प्रोसेस गरिदिएकामा बढीमा १० हजार रूपैयाँमात्र तिर्नुपर्नेमा अजयकुमारले ७० हजार रूपैयाँ पहिल्यै तिरिसकेको थिए।तर म्यानपावरले उनीसँग ३ लाख लागत लाग्ने भए पनि १० हजार छुट गरिदिएको भनेर…
काठमाडौँ । सरकारले आगामी वर्ष ९२०८४० मा हुने स्थानीय तहको निर्वाचन हुनुभन्दा छ महिनाअगाडि मात्रै स्थानीय तहको सङ्ख्या र सिमाना हेरफेर गर्ने भएको छ । स्थानीय सरकार सञ्चालन ऐनमा स्थानीय तहको निर्वाचन हुनुभन्दा एक वर्षअगाडि स्थानीय तहको सङ्ख्या, सिमाना र वडाको विवाद समाधान गर्नुपर्ने उल्लेख छ । तर सरकारले स्थानीय सरकार सञ्चालन ऐनलाई संशोधन गरी एक वर्षको ठाउँमा निर्वाचन हुनुभन्दा छ महिनाअगाडि स्थानीय तहको सङ्ख्या र सिमाना हेरफेर गर्न सकिने व्यवस्था गर्ने तयारी गरेको छ । अहिले पनि १०२ वटा स्थानीय तहका भौगोलिक सिमाना विवाद समाधान नहुँदा भौगोलिक र जनसाङ्ख्यिक सन्तुलनका आधारमा सिमाना वैज्ञानिक तथा व्यावहारिक नभएकाले स्थानीय सेवाग्राहीलाई सेवाप्रदायक कार्यालयसम्म पुग्न असुविधा…
सुर्खेत। नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनका कारण पार्टी ३८ सिटमा खुम्चिएको बताएका छन्। कांग्रेस कर्णाली प्रदेश समितिले सुर्खेतमा आयोजना गरेको ‘पार्टीको बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै खड्काले विशेष महाधिवेशनका कारण पार्टी कमजोर बनेको बताएका हुन्। दुई दिने गोष्ठीको पहिलो दिन झण्डै १ घण्टा बोलेका खड्काले अनावश्यक रुपमा गरिएको विशेष महाधिवेशनले गर्दा प्रतिनिधि सभाको निर्वाचनमा खुम्चिने अवस्था आएको बताए। नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी विभाजनको डिलमा रहेको ब्रिफिङ गरेका छन्। पूर्वसभापति शेरबहादुर देउवा समूहको कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै अझै आफू पार्टी विभाजनको बाटोमा जान नहुने पक्षमा रहेको बताए। उनले भने, ‘म…
कैलाली । धनगढीमा ‘सुदूरपश्चिम कचहरी, २०८३’ सुरु भएको छ। सुदूरपश्चिम विकास फाउन्डेसनको आयोजना तथा प्रदेश नीति तथा योजना आयोगको समन्वयमा सुरु भएको दुईदिने कार्यक्रमको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उद्घाटन गरे। मुख्यमन्त्री शाहले समृद्ध सुदूरपश्चिम निर्माणका लागि युवाहरूलाई रोजगारी र आयआर्जनसँग जोड्न आवश्यक उल्लेख गर्दै प्रदेशमा भएका सम्भावनालाई उपयोग गर्नुपर्नेमा जोड दिए। उनले सीमित स्रोतसाधनका बाबजुत जनताका आवश्यकतालाई सम्बोधन गर्ने स्पष्ट र कार्यान्वयनयोग्य योजना जरुरी भएको बताए। उनले प्रदेशमा गरिबी, बेरोजगारी, कमजोर पूर्वाधार, शिक्षा तथा स्वास्थ्य सेवामा असमान पहुँच, युवा पलायन तथा नीति कार्यान्वयनका चुनौती अझै कायम रहेको बताए। “छलफल र त्यसको निष्कर्षले सरकारलाई नीतिगत सुधारका सुझाव दिने विश्वास लिएको…
काठमाडौँ । जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन ‘जनकपुरधाम सम्पदा यात्रा’ आयोजना गरिएको छ। शनिवार उक्त सम्पदा यात्राको आयोजना गरिएको हो। जानकी मन्दिर प्राङ्गणबाट शुरु भएको सम्पदा यात्रा जनकपुरधामका सम्पदाहरुको परिक्रमा गरी महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक भवनसम्म पुगेर सकिएको थियो। सम्पदा यात्रमा जानकी मन्दिर, पेठिया बजार, रंगभूमि मैदान, रामजानकी विवाह मण्डप, अरगज्जा पोखरी, राम मन्दिर, धनुष सागर, गंगासागर लगायतका सम्पदाहरुको बाजागाजासहित पद यात्रा गरिएको हो। जनकपुरधामको ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण गर्न तथा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सम्पदा यात्रा आयोजना गरिएको आयोजकले जनाएको छ। यात्रामा स्थानियवासी, युवा, विद्यार्थी, संस्कृति संरक्षणकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी…
काठमाण्डौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरुपयोग गरेर दैलेखका एक वडा सचिवलाई धम्की दिएको आरोपमा प्रकाश खड्का पक्राउ परेका छन् । दुल्लु नगरपालिका–१३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत दबाब, धम्की र अमर्यादित व्यवहार गरेको आरोपमा २२ वर्षीय खड्कालाई शनिबार दिउँसो काठमाडौंबाट नियन्त्रणमा लिइएको हो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ बस्ने खड्कालाई दिउँसो करिब साढे २ बजे पक्राउ गरिएको हो । प्रहरीका अनुसार खड्काले प्रधानमन्त्री कार्यालयबाट बोलेको भन्दै वडा सचिवलाई धम्क्याएका थिए । उक्त फोन संवादको अडियो सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको थियो । अडियोमा राष्ट्रसेवक कर्मचारीलाई भय र त्रास सिर्जना गर्ने…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क