Author: Editor

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा सोमबार विशेष सम्बोधन गर्ने भएका छन् । पार्टी मुख्यालय सानेपामा जारी बैठकको समापनका अवसरमा थापाले पछिल्लो समय पार्टीभित्र विकसित आन्तरिक समीकरण र इतर समूहको गतिविधिलाई लिएर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् । विशेष गरी संस्थापनइतर समूहले काठमाडौँमा गरेको तीन दिने राष्ट्रिय भेलाको निर्णयका सम्बन्धमा थापाले विस्तृत जवाफ दिने तयारी गरेका कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ । आइतबार काठमाडौँमा आयोजित धर्म गौतमद्वारा लिखित पुस्तक ‘बीपी र विद्रोहका ती दिन’ को विमोचन कार्यक्रममा बोल्दै सभापति थापाले यसबारे जानकारी दिएका थिए । उनले सानेपामा पत्रकारहरूलाई समेत आमन्त्रण गर्दै सुकेधारा…

Read More

काठमाडौं । भारतका प्रधानसेनापति धीरज सेठलाई राष्ट्रपतिले आज मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिन्ह प्रदान गर्दैछन्। उनलाई आज अपरान्ह विशेष समारोहकाबीच दर्ज्यानी चिह्न प्रदान गर्न लागिएको हो। उनी आइतबार नेपालको चारदिने भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा उनी नेपाल आएका हुन्। उनलाई स्वागत गर्न आइतबार नेपाली सेनाका उच्च पदस्त अधिकारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। काठमाडौं बसाइँको क्रममा उनले रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री बालेन शाह, प्रधानसेनापति सिग्देल लगायतसँग भेटवार्ता गर्ने तयारी छ। नेपाल र भारतबीचका प्रधानसेनापतिलाई एकअर्को देशको मानार्थ महारथीको दर्जा प्रदान गर्ने परम्परा रहँदै आएको छ। यही परम्पराअनुसार नेपाल भ्रमणमा आएका सेठलाई पनि उक्त सम्मान प्रदान…

Read More

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन्। साउन १२ गते दुई वर्षदेखि सत्ता साझेदार रहेको नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले अन्य दलको समर्थन जुटाएर विश्वासको मत लिन लागेका हुन्। संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु बीच ७ वटै प्रदेशमा सत्ता गठबन्धन गर्ने गरी सहमति भएपछि तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेसले प्रदेशका मन्त्रीहरूलाई फिर्ता बोलाएको थियो मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार…

Read More

काठमाण्डौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ। अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधि सभाको बैठकमा विभिन्न विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ। सभामुख डोलप्रसाद अर्यालले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ। महिला, बालबालिका लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले ‘बालबालिकासम्बन्धी ( पहिलो संशोधन )  विधेयक, २०८३’ प्रस्तुत गर्ने छिन्। यस्तै, महिलामन्त्री वादीले नै ‘मानव बेचबिखन तथा ओपारपसार ( नियन्त्रण )  ( पहिलो संशोधन )  विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन्। यस्तै, परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी ( पहिलो…

Read More

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज ९सोमबार० विश्वासको मत लिने भएका छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा बानियाँले विश्वासको मत लिने भएका हुन्। सरकारमा सहभागी नेकपा एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले विश्वासको मत लिनु परेको हो। एमालेले समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ। १ सय १० सदस्यीय बागमती प्रदेश सभामा हाल १ सय ४ सदस्य कायम छन्। सरकार जोगाउन मुख्यमन्त्री बानियाँलाई कम्तीमा ५३ सांसदको समर्थन आवश्यक छ। बागमती प्रदेश सभामा कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल छ। नेकपाको २६ सिट र एमालेको २५ सिट ९उपसभामुखसहित० छ।…

Read More

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  ले भोलिदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सुरु गर्ने भएको छ। जसअन्तर्गत भदौ ४ गते पार्टीका उपसभापति तथा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेसँग विविध विषयमा विशेष छलफल हुने रास्वपाले जनाएको छ । विशेष छलफल भदौ ४ गते साँझ ५ बजे रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा आयोजना गरिनेछ। पार्टीले नागरिकका चासो र सुझावलाई नीति निर्माणसँग जोड्ने तथा नेतृत्वसँग प्रत्यक्ष संवादको वातावरण बनाउने उद्देश्यले ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।

Read More

काठमाडौं । नेपाल आयल निगमले  भदौ १   देखि सम्बन्धित उद्योगले नियुक्त गरेका बिक्रेताहरूबाट ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाअनुसार गर्ने भएको छ । निगमले आइतबार सूचना जारी गर्दै उपभोक्ताहरूले आफूलाई पायक पर्ने बिक्रेता कहाँ सम्पर्क गरी ग्यास खरिद गर्न निगमले अपिल गरेको छ । “२०८३ भदौ १ गते सोमबारका दिनदेखि सम्बन्धित ग्याँस उद्योगले नियुक्त गरेका विक्रेताहरूबाट नियमित प्रक्रिया अनुसार नै ग्याँसको बिक्री वितरणको व्यवस्था मिलाइएको छ । उपभोक्ताहरूले आफूलाई पायक पर्ने विक्रेता कहाँ सम्पर्क गरी ग्याँस खरिद गर्नुहुन निगम अपिल गर्दछ,” निगमले सूचना जारी गर्दै भनेको छ । नजिकका विक्रेताबाट कुनै कारणवश ग्यास प्राप्त गर्न नसकेका र तत्काल अति आवश्यक परेका उपभोक्ताहरूले…

Read More

काठमाडौं। नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदै छ । घरको मूलढोकामा विधिपूर्वक नागको फोटो टाँसेर यो पर्व मनाइन्छ । हरेक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपञ्चमी मनाइन्छ । यस वर्ष जेठमा अधिकमास परेका कारण सौरमासअनुसार भदौको पहिलो दिन यो पर्व परेको हो । नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए । नाग पूजाको प्रचलन वैदिककालदेखि नै सुरु भएको मानिन्छ । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग…

Read More

काठमाडौं । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका– २, रिसाङमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुधीरकुमार खड्काका अनुसार रिसाङका ५२ वर्षीय केदार कार्कीको मृत्यु भएको हो । पहिरोमा परेर सोही वडाका ५४ वर्षीय उमासिंह खत्री, ७० वर्षीय भीमबहादुर कार्की र ८७ वर्षीय रती खत्री बेपत्ता भएका छन् भने ९ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको नेपालगञ्ज नर्सिङ अस्पताल, दुई जनाको कोहलपुर मेडिकल कलेज, तीन जनाको स्थानीय डौरीकाँडा मेडिकल सेन्टरमा उपचार भइरहेको छ । अन्य तीन जना स्वास्थ्य लाभ गरेर घर फर्केका छन् । प्रहरीका अनुसार पहिरोको जोखिमलाई दृष्टिगत गरी सो वडाका…

Read More

काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि शनिबार विभिन्न ब्रान्डका ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास बिक्री–वितरण गरेको छ। निगमका अनुसार टेकु परिसर, यातायात कार्यालय चावहिल, राधास्वामी परिसर कीर्तिपुर, राधास्वामी परिसर बसुन्धरा तथा पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलस्थित बिक्री केन्द्रबाट ग्यास वितरण गरिएको हो। वितरणका क्रममा केही ब्रान्डका ग्यास सिलिन्डर अपुग भएपछि बिक्री केन्द्रमा समयमै उपस्थित भएका उपभोक्तालाई कुपनमार्फत भोलिपल्ट पहिलो प्राथमिकतामा राखी ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको निगमले जनाएको छ। आइतबार उपत्यकाका थप सात बिक्री केन्द्रबाट ग्यास बिक्री गरिने निगमले आइतबार काठमाडौं उपत्यकाका थप सात बिक्री केन्द्रबाट अत्यावश्यक उपभोक्ताका लागि एलपी ग्यास बिक्री–वितरण गर्ने जनाएको…

Read More