हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज ९सोमबार० विश्वासको मत लिने भएका छन्। दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा बानियाँले विश्वासको मत लिने भएका हुन्। सरकारमा सहभागी नेकपा एमालेले साउन ६ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री बानियाँले विश्वासको मत लिनु परेको हो।
एमालेले समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ। १ सय १० सदस्यीय बागमती प्रदेश सभामा हाल १ सय ४ सदस्य कायम छन्। सरकार जोगाउन मुख्यमन्त्री बानियाँलाई कम्तीमा ५३ सांसदको समर्थन आवश्यक छ। बागमती प्रदेश सभामा कांग्रेस ३६ सिटसहित सबैभन्दा ठूलो दल छ। नेकपाको २६ सिट र एमालेको २५ सिट ९उपसभामुखसहित० छ। अन्य राप्रपाको १२, नेमकिपाको तीन र हाम्रो नेपाली पार्टीको दुई सिट छ।
बागमतीमा नयाँ सरकार गठनका लागि ५३ जना प्रदेश सभा सदस्यको बहुमत पुर्याउनुपर्ने हुन्छ।
