Author: Editor
काठमाण्डौं । भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई नेपाली सेनाको मनार्थ महारथीको दर्जा प्रदान गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा विशेष समारोहकाबिच मानार्थ महारथीको दर्जा प्रदान गरेका हुन्। नेपाल र भारतबिच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दज्र्यानी चिन्ह प्रदान गर्ने प्रचलन रहेको छ। समारोहमा राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानसेनापति अशोकराज सिग्देलसँगै सेनाका उच्च अधिकारीहरु सहभागी थिए। नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव उपस्थित थिए। तीनदिने नेपाल भ्रमणका क्रममा सेठ आइतबार अपरान्ह काठमाडौँ आइपुगेका हुन्। सेठले नेपाली सेनालाई सैनिक तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्। प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणमा नेपाल भ्रमणमा रहेका…
हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश प्रमुख दीपकप्रसाद देवकोटासमक्ष राजीनामा बुझाएका छन्। सोमबार प्रदेश सभालाई सम्बोधन गर्दै पदबाट राजीनामा दिने घोषणा गरेका बानियाँले लगत्तै प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएका हुन्। साउन ६ गते नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि बानियाँ अल्पमतमा परेका थिए। विश्वासको मत लिने प्रयोजनका लागि सोमबार प्रदेश सभा बैठक बोलाइएको थियो। तर बहुमत सदस्यको समर्थन जुट्ने अवस्था नदेखिएपछि उनले विश्वासको मत लिनुअघिनै राजीनामा दिने घोषणा गरेका हुन्। १०४ सदस्यीय बागमती प्रदेश सभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। मुख्यमन्त्री बानियाँको पक्षमा नेपाली कांग्रेसका ३६ र सरकारमा सहभागी हाम्रो नेपाली पार्टी ( हानेपा ) का…
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेले पार्टीभित्र कोठारचोटा वा भेलामा बसेर मनोमानी ढंगले बाँडिएका सम्पूर्ण उम्मेदवारी यही क्षणबाट खारेज भएको घोषणा गरेका छन्। पार्टीले सुरु गरेको ‘क्यान्डिडेट क्लब’ को वैधानिक प्रक्रियामा सामेल नभई कसैले पनि आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने उनले प्रस्ट पारेका हुन्। सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आयोजित ‘क्यान्डिडेट क्लब’ घोषणा कार्यक्रममा सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै सभापति लामिछानेले पार्टीको आधिकारिक ‘आरएसभीपी एप’ मार्फत यसको औपचारिक सुरुवात भएको जानकारी दिए। उनका अनुसार सुरुवाती चरणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा वडा सदस्य पदका आकांक्षीहरूका लागि आवेदन खुला गरिएको छ। पार्टीभित्र कतिपय व्यक्तिले अनौपचारिक रूपमा उम्मेदवार…
दाङ्ग । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट बहुमतसहित विश्वासको मत प्राप्त गरेका छन्। सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ४५ मत र विपक्षमा २६ मत परेको छ। ८३ सदस्यीय प्रदेश सभामा बहुमत सिद्ध गर्न ४२ मत आवश्यक पर्नेमा आचार्यले सहजै बहुमत जुटाएका हुन्। मतदान प्रक्रियामा कुल ७१ सांसद सहभागी भएका थिए। प्रस्तावको पक्षमा परेको ४५ मत बहुमत भएकाले मुख्यमन्त्री आचार्यले विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुलाराम घर्तीमगरले गरे। मुख्यमन्त्री आचार्यलाई नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०, जनता समाजवादी पार्टी ( जसपा ) नेपाल र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्। जसअनुसार…
काठमाडौं । उज्यालो नेपाल पार्टीले सरकारले विद्युतमा लगाएको कर खारेज गर्न माग गर्दै हस्ताक्षर अभियान सुरू गरेको छ । डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विद्युत् महसुल उठाउन र सरकारले विद्युतमा लगाएको कर खारेज गर्न मागसहित हस्ताक्षर अभियान थालिएको हो । माइतीघरबाट अभियान सुरु गर्दै उनेपा अध्यक्ष कुलमान घिसिङले विद्युत र इन्डक्सनलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै कर लगाइएको खारेजीको माग गरे । इन्डक्सन र चार्जिङ स्टेसनले ट्रान्सफर्मररलाइन पड्किन्छ भनी प्रधानमन्त्रीबाट भ्रम फैलाइएको भन्दै उनले आपत्तिसमेत जनाए । नेपालमा विद्युतीय सवारी व्यापक बढाएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नुपर्नेमा, ७०(८० प्रतिशतसम्म भन्सार र कर बढाएर पुनः पेट्रोल(डिजेल र ग्यास आयातलाई नै बढावा दिने गलत नीति…
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा ) नेतृत्वको वर्तमान सरकारले पूरा ५ वर्ष कार्यकाल चलाउनुपर्ने बताएका छन् ।पार्टीको जारी केन्द्रीय कार्यसमिति बैठकमा आज बोल्दै सभापति थापाले यस्तो बताएका हुन् । थापा रास्वपालाई कांग्रेसको प्रतिद्वन्द्वीका रूपमा हेर्न नहुने बताए । ‘रास्वपा कांग्रेसको प्रतिद्वन्द्वी होइन, हामी केवल राजनीतिक प्रतिस्पर्धी हौँ,’ उनले भने, ‘हामी प्रतिपक्षी दलको हैसियतमा छौँ, तर अरूको आन्तरिक मामिलामा केही गर्दैनौँ ।’ सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै थापाले मुलुकमा शासकीय अराजकता देखिएको बताए । सरकारलाई कानुनअनुसार चल्न सुझाव दिँदै उनले भने, सरकार कानुनअनुसार चले सहज तरिकाले अगाडि बढ्छ, तर यदि कानुनलाई आफूअनुरूप चलाउन खोजियो भने सरकार खाडलमा…
काठमाडौं । प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम भदौ १० मा हुने भएको छ । सभामुख डोलप्रसाद अर्यालले आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम तय भएको जानकारी दिएका हुन्। प्रतिनिधिसभा नियमावलीको नियम ५६ मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था छ । नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको एक दिन बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने उल्लेख छ । उक्त व्यवस्थाअनुसार सभामुखले भदौ १० को समय तोकेका हुन् । प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि संघीय संसद्मा प्रतिनिधित्व गर्ने एक दलको कम्तीमा एक सांसदको प्रश्न हुने जानकारी दिए ।
काठमाण्डौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सरकार आफ्ना मागप्रति उदासीन बनेको आरोप लगाउँदै आजदेखि देशभरका सम्पूर्ण म्यानपावर कार्यालय बन्द गरेको छ। संघले म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीका लागि श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया समेत रोकेको छ। संघले यसअघि चरणबद्ध आन्दोलनका कार्यक्रमअन्तर्गत पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङको काम रोकिसकेको थियो। जारी श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकलाई उडानका लागि दिइएको समयसीमा समेत सकिएपछि अब पूर्ण रूपमा काम–कारोबार बन्द गरेको संघले जनाएको हो। संघका वरिष्ठ उपाध्यक्ष महेशकुमार बस्नेतले प्रक्रिया पूरा भइसकेका श्रमिकको उडानका लागि एक साताअघि नै सूचना जारी गरिएको बताए। संघका अनुसार आजदेखि काठमाडौंस्थित मुख्य कार्यालयसहित देशभरका…
काठमाडौँ । वैयक्तिक गोपनीयता हननको अभियोगमा हिरासतमा रहेका जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण निवेदन सुनुवाइका लागि पेसी तोकिएको छ । श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको हो । यसअघि साउन २९ गते न्यायाधीश ढकालको एकल इजलासले पत्रकार श्रेष्ठ र उनका बरामद सामानसहित भदौ १ गते आज अदालत उपस्थित हुन आदेश दिएको थियो । ढकालको इजलासले आधार र कारणसहित भदौ १ गते १० बजेभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत सशरीर बन्दीसहित लिखित जवाफ पेस गर्न आदेश दिएको थियो । साथै न्यायाधीश ढकालको इजलासले जाहेरी दरखास्तसहितको अनुसन्धानको फाइल र निजको घर तथा कार्यालयबाट…
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङसँग गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ९ का बासिन्दाले चुनावका बेला गरेका वाचा पूरा गर्न माग गरेका छन् । गत फागुनमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रहेका मन्त्री गुरुङसँग स्थानीय जनताले आफूले बोलेको बाचा पुरा गर्न माग गरेका हुन् । तर जवाफमा मन्त्री गुरुङ अहिले नै कायापलट गर्न नसक्ने भन्दै बरु ‘भोट फिर्ता’ लैजान बोलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ । मतदातासँग अन्तर्क्रिया गर्ने क्रममा प्रश्नकर्ताले चुनावको बेला बोल्नुभएको कुरा याद छ, त्यसका लागि बजेट खोइ भनेर प्रश्न गरेका छन् । जवाफमा गुरुङले यति सानो सानो बजेट किताबमा राख्ने हो…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क