Author: Editor

काठमाण्डौं । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशन पूर्वनिर्धारित मितिमै सम्पन्न हुने बताएका छन्। पार्टीको विधान, नेपालको संविधान, प्रचलित कानुन तथा विशेष महाधिवेशनको निर्णयलाई ध्यानमा राख्दै १५औँ महाधिवेशन समयमै सम्पन्न गर्नु कांग्रेसको वैधानिक तथा राजनीतिक दायित्व भएको उनको भनाइ छ। केन्द्रीय कार्यसमितिको पूर्वनिर्णयअनुसार २०८३ मंसिर १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय यथावत् रहेको बताएका छन्। चालिसेले महाधिवेशनलाई केवल निर्वाचन प्रक्रियामा सीमित नगरी पार्टीको लोकतान्त्रिक नवीकरण, एकता, सहमति, संवाद र व्यापक सहभागिताको अवसरका रूपमा अघि बढाउने बताए। भदौमा हुन सक्ने अत्यधिक वर्षाका कारण वडा तथा पालिका तहका निर्वाचन प्रभावित हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै तल्लो तहका निर्वाचन कार्यतालिकामा…

Read More

काठमाडौँ । रास्वपा सांसद रञ्जु दर्शना ( न्यौपाने ) ले स्वास्थ्य बिमा रोकिँदा नागरिकहरू बिचल्लीमा परेको भन्दै जसरी हुन्छ सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएकी छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद न्यौपानेले यस्तो बताएकी हुन् । उनले आफ्नो निर्वाचन क्षेत्र काठमाडौँको थापाथलीमा फोहोर प्रशोधन केन्द्र बन्न लागेको बारे पनि चासो देखाइन् । ‘के बन्न लागेको छ टाँसिएको छैन, तर बन्न लागेको जरुर छ’, उनले भनिन्, ‘त्यहाँ फोहोर प्रशोधन केन्द्र बन्न हुँदैन भनेर स्थानीयले विरोध गरिरहेका छन् । आमा र बच्चाको स्वास्थ्यका लागि संवेदनशील बन्न आवश्यक छ ।’ त्यस्तै उनले स्वास्थ्य बिमा के गरेर हो, कसो गरेर सञ्चालनमा…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  का सांसद मोहनलाल आचार्यले बजारमा देखिएको खाना पकाउने ग्यासको समस्या समाधान नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा शून्य समयमा सांसद आचार्यले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीले सदनमा दिएको जानकारी र यथार्थ अवस्था फरक रहेको बताए । उनले भने, ‘उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीले केही समयअघि सदनमा आएर ग्यासको कुनै समस्या छैन भन्नुभएको थियो, तर व्यवहारमा अझै पनि उपभोक्ताले ग्यासको समस्या भोगिरहेका छन् । समस्या अझै समाधान भएको छैन ।’ सांसद आचार्यले ग्यास आपूर्तिलाई सहज बनाउन सरकारको योजना के छ भन्दै प्रश्न गरे । उनले ग्यासको विकल्प र विद्युतीय ऊर्जाको प्रयोगका…

Read More

काठमाडौँ । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएको घटनाबारे छानबिन गर्न गठित समितिले छानबिन सकेर प्रतिवेदन बुझाएको छ । देवानगञ्ज गाउँपालिका–३ स्थित कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बिचमा साउन १० मा भएको झडपको असर मधेस प्रदेशमा पनि फैलिएको थियो । कप्तानगञ्जमा भएको झडपमा ३ जनाको मृत्यु भएको थियो । सुनसरीमा गोली लागेर कप्तानगञ्जका ३० वर्षीय ओमप्रकाश मेहता, २० वर्षीय जयप्रकाश मेहता र २२ वर्षीय रवीन्द्र मेहताले ज्यान गुमाएका थिए । सिरहाको गोलबजारमा साउन १४ मा भएको प्रदर्शनमा प्रहरीसँग झडप हुँदा १८ वर्षीय गणेश यादवको मृत्यु भएको थियो । सरकारले छुट्टाछुट्टै समिति गठन गरेर घटनाबारे स्थलगत अध्ययन र छानबिन गरेको थियो…

Read More

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टी ( नेकपा ) का सांसद वर्षमान पुनले ‘नयाँ पार्टीको स्पिरिट थियो, विगत ३५ वर्षमा लाइन नै लाइन भनिन्थ्यो, आज त झन् थप लाइनहरू छन् । ग्यासमा पनि लाइन, खानेपानीमा पनि लाइन, मलमा पनि लाइन, पासपोर्टमा पनि लाइन । कतिवटा लाइन लाग्नुपर्ने हो जनताले ?  नयाँ भनेको लाइन थप्ने हो ? ’ उनले प्रश्न गरे। पुनले प्रधानमन्त्री बालेन्द्र शाहलाई आफ्ना मन्त्रीहरूको गतिविधि नियन्त्रण गर्न आग्रह गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै पुनले सरकारका मन्त्रीहरूको कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्। पुनले देशभर विपद्का घटना भइरहँदा सम्बन्धित मन्त्रीहरूले प्रभावकारी ध्यान नदिएको तर सामान्य बिरामी हुँदा…

Read More

काठमाण्डौं । रास्वपा सांसद रचना खतिवडाले भदौ २३ गते प्रधानमन्त्री बालेन्द्र शाहले सहिदका नाममा सम्बोधन गर्नुपर्ने बताएकी छिन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भदौ २३ को बलिदानबाट बनेको सरकारले सहिदको नाममा सम्बोधन गर्नुपर्ने बताएकी हुन्। उनले भनिन्, ‘यस आन्दोलनबाट युवाले भ्रष्टाचार अन्त्य, सुशासन, सुरक्षित भविष्यका लागि बलिदान दिएका थिए, प्रधानमन्त्रीले यस दिन देशमा सहिदका नाममा सम्बोधन गर्नुहुन्छ भन्ने पूर्ण माग र आशा राखेको छु’। यस्तै उनले जेनजी आन्दोलनका कति माग पूरा भएको देशले जान्न चाहेको बताउँदै सहिद परिवार र घाइतेका परिवारले कहिले न्याय पाउँछन् भन्दै प्रश्न गरिन्।

Read More

काठमाण्डौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बासना थापाले कर्णालीका जनताले उपचार नपाइरहँदा सामान्य बिरामी भएका मन्त्रीलाई लाखौं खर्च गरेर काठमाडौं ल्याइएको भन्दै आलोचना गरेकी छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मन्त्रीका लागि हेलिकोप्टर पुग्ने तर बिरामी नागरिकका लागि अस्पताल नपुग्ने भन्दै प्रश्न गरेकी हुन्। उनले काठमाडौंको मिनरल वाटर र जारको पानीमा हुर्किएका मन्त्री कर्णाली पुग्दा खानपान पचाउन नसकेको टिप्पणी गरिन्। ‘जनताले राहत पाउँदैनन्। सिटामोल पाउँदैनन्। सुत्केरीले समयमा अस्पताल पाउँदैनन्। मन्त्रीलाई लाखौँ खर्च गरेर हेलिकोप्टरमा काठमाडौं ल्याइन्छ,ु उनले भनिन्, ‘मन्त्री काठमाडौं ल्याउन ३०र३५ लाख खर्च गर्न सक्ने सरकारले ३ लाख खर्च गरेर जनतालाई राहत पुर्‍याउन सक्दैन।’ छाक टार्न कठिन भएका…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठक बोलाएको छ । शुक्रबार बस्ने गरी बैठक बोलाइएको महामन्त्री विपीन आचार्य बताए । उनका अनुसार बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । बैठकको कार्यसूचीका सम्बन्धमा आवश्यक गृहकार्य भइरहेको उनले बताए ।

Read More

काठमाडौं । प्रतिनिधिसभाको बैठक बुीरहेको छ । बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चार वटा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ । बैठकको कार्यसूचीअनुसार, परराष्ट्रमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र कृषि, वन तथा पर्यावरणमन्त्रीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछन् । यस्तै, प्रधानमन्त्री वालेन्द्र शाहकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले थारू आयोगको सातौँ वार्षिक प्रतिवेदन ९ २०८१ साउन– २०८२ असार०  पेस गर्ने छन् । बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले ‘राहदानी ९ पहिलो संशोधन  ०  विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । यस्तै, कानुनमन्त्री गौतमले…

Read More

काठमाडौं । प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र शाहसँग भारतीय स्थल सेनाध्यक्ष धिरज सेठले आज भेटवार्ता गर्दैछन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटघाट आज हुनेछ। आइतबार प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा चार दिने नेपाल भ्रमणमा आएका सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ सेनापतिको सम्मान प्रदान गरेका थिए। गत जुन ३० मा भारतीय सेनाको नेतृत्वमा सम्हालेका जनरल सेठले कार्यभार सम्हालेको ६ महिनाभित्रै पहिलो विदेश भ्रमणका रुपमा नेपाल आएका हुन्। नेपाल र भारतका सेना प्रमुख एक अर्काका मुलुकका मानार्थ सैन्य प्रमुख हुने परम्परा छ। सन् १९५० देखि नेपाल र भारतबीचको विशेष सैन्य सम्बन्धको महत्त्वपूर्ण प्रतीकका रूपमा दुवै देशका प्रधानसेनापतिलाई एक(अर्को देशको मानार्थ महारथीको दर्जा दिने…

Read More