काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले केन्द्रीय समितिको बैठक बोलाएको छ । शुक्रबार बस्ने गरी बैठक बोलाइएको महामन्त्री विपीन आचार्य बताए ।
उनका अनुसार बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्नेछ । बैठकको कार्यसूचीका सम्बन्धमा आवश्यक गृहकार्य भइरहेको उनले बताए ।
