Author: Editor
काठमाडौँ । चिकित्सा शिक्षा आयोगको निर्देशकमा ३ जना चिकित्सक नियुक्त भएका छन् । आयोगको रिक्त रहेका निर्देशक पदमा डा। सन्ध्या चापागाईं, डा सँगरत्न बज्राचार्य र डा. दीपेन्द्र श्रेष्ठ नियुक्त भएका हुन् । क्यान्सर रोग विशेषज्ञ डा।चापागाईंलाई आयोगको परीक्षा निर्देशनालयको निर्देशकको जिम्मेवारी दिइएको छ । फार्माकोलोजीका विज्ञ डा. बज्राचार्य नेसनल बोर्ड अफ मेडिकल स्पेसियालिटिजको निर्देशकमा नियुक्त भएका छन् । यस्तै, नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. श्रेष्ठलाई आयोगको मापदण्ड तथा प्रत्यायन निर्देशनालयको निर्देशक नियुक्त गरिएको छ ।
काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक भदौ ८ गतेका लागि तय भएको छ । यस्तै, राष्ट्रियसभाको बैठक शुक्रबारका लागि निर्धारण गरिएका कारण आज एकै पटक धेरै समितिका बैठक बस्न लागेका हुन् । बिहान ११ः०० बजे बस्ने अर्थसमितिको बैठकमा ‘नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफावार छलफल जारी रहनेछ । बैठकमा अर्थमन्त्री र अर्थसचिवलाई आमन्त्रण गरिएको छ । बिहान ११ः०० बजेका लागि तय भएको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ का सम्बन्धमा होटल एसोसिएसन नेपाललगायतका सरोकारवाला निकायसँग छलफल गर्ने कार्यक्रम छ । उद्योग…
काठमाडौँ । सरकारको कामलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रधानमन्त्री वालेन्द्र शाहसँग विभिन्न मन्त्रालयका मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गर्नुभएको छ । चालु आर्थिक वर्ष २०८३/ ८४ मा गरिने मुख्य काम र उपलब्धिबारे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधबार आयोजित कार्यक्रममा प्रधानमन्त्रीसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गर्नुभएको हो । प्रधानमन्त्री शाहसँग अर्थमन्त्री डा। स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले कार्यसम्पादन सम्झौता गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । त्यस्तै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादी, भूमि व्यवस्था,…
काठमाडौं । सरकारले प्रेस काउन्सिल नेपालमा चार जना नयाँ सदस्य मनोनीत गरेको छ। मनोनीत हुनेमा नागरिक दैनिककी स्तम्भकार नम्रता शर्मा, फोटो पत्रकार प्रकाश माथेमा, पत्रकार रविराज बराल र उपशना घिमिरे रहेका छन्। नयाँ सदस्यको मनोनीतसँगै काउन्सिलमा पत्रकारिता, फोटो पत्रकारिता तथा सञ्चार क्षेत्रका फरक अनुभव र पृष्ठभूमि समेटिने भएका छन्।मनोनीत सदस्यलाई काउन्सिल अध्यक्ष उमेश श्रेष्ठले पद तथा गोपनियताको शपथ गराएका छन् ।
काठमाडौँ । सरकारले प्रारम्भिक बालविकास ( इसिडी ) सहजकर्ता, विद्यालय कर्मचारी तथा विद्यालय सहयोगीको पारिश्रमिकमा उल्लेख्य वृद्धि गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूले पाउँदै आएको पारिश्रमिक अनुदानमा मासिक ५ हजार रुपैयाँका दरले वृद्धि गर्ने निर्णय गरेको हो। बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले लामो समयदेखि थोरै पारिश्रमिकमा काम गर्दै आएका तल्लो तहका विद्यालय कर्मचारी तथा सहजकर्ताको मनोबल उकास्न यो कदम चालिएको बताए। यसैगरी, मन्त्रिपरिषद्ले माध्यमिक तह ( कक्षा ९–१० ) र आधारभूत तह ( कक्षा ६–८ ) मा शिक्षण सहयोग अनुदान कोटामा कार्यरत शिक्षकहरूबारे पनि महत्त्वपूर्ण निर्णय गरेको छ। अब…
काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ तथा श्रीमती कोमल सेठ चार दिने औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फिर्ता भएका छन् । उनीहरु प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आएका थिए । उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदिपजङ्ग केसी र उनकी धर्मपत्नीले बिदाइ गरे । भ्रमणको दौरान सेनाध्यक्ष सेठलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेका थिए । उनले आफ्नो भ्रमणको दौरान राष्ट्रपति, प्रधानमन्त्री एवं रक्षा मन्त्री र प्रधान सेनापतिसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका थिए । सेनाध्यक्ष सेठको भ्रमणले दुई देशबीच रहँदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ बनाउन मद्दत…
सुर्खेत। कर्णाली प्रदेश सरकारमा नेकपा एमालेबाट मन्त्री बनेकाहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले बुधबार उनीहरूलाई शपथ खुवाएका हुन् । टेकराज पछाईले आर्थिक मामिला तथा योजना, जीतबहादुर मल्लले सामाजिक विकास र कलबहादुर हमालले जलस्रोत तथा ऊर्जा विकासमन्त्रीको शपथ लिएका हुन् । नेकपासँग भएको भागवन्डाअनुसार एमालेले तीन मन्त्रालय पाएको थियो । एमालेले मन्त्रीको टुंगो लगाए पनि नेकपाले पाएका तीन मन्त्रालयमा भने मन्त्री छनोट गरिसकेको छैन ।
धनगढी । सुदूरपश्चिमका निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले नेपाली कांग्रेसको नेता प्रकाश देउवालाई प्रदेश सभा सदस्यबाट बर्खास्त गरिएको प्रति आपत्ति जनाएका छन् । अस्थायी राजधानी धनगढीमा बुधबार आयोजित एक कार्यक्रममा उनले प्रदेश सभा सदस्य देउवालाई बर्खास्त गर्ने सभामुख भीमबहादुर भण्डारीको निर्णयप्रति आपत्ति जनाएका हुन् । ‘हाम्रो एउटा कुरामा गम्भीर ध्यानाकर्षण भएको छ, माननीय प्रकाश देउवालाई एक्कासी बर्खास्त गर्ने जुन निर्णय सभामुखले गर्नुभयो, यसका पछाडिको नियत के हो ? ,’ कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाहले प्रश्न गर्दै भने, ‘यो सम्बन्धित पक्षले स्पष्ट पार्न जरुरी हुन्छ ।’ कांग्रेस संवैधानिक पाटो र कानुनी बाटोका लागि खुला रुपमा छलफल गर्न तयार रहेको भन्दै उनले…
काठमाण्डौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा. ढुण्डीराज पौडेललाई नियुक्ति गरिएको छ। नवनियुक्त अध्यक्ष डा. पौडेलले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ खाएका छन्। डा। पौडेल वरिष्ठ नाक, कान तथा घाँटी विशेषज्ञ हुन्। उनी हाल नेपालगन्ज मेडिकल कलेज, कोहलपुरमा नाक, कान तथा घाँटी विभागका प्रमुख तथा प्राध्यापकका रूपमा कार्यरत छन्। यसअघि उनले वीर अस्पताल, भेरी अस्पताल, भरतपुर अस्पताल तथा दाङ अस्पतालमा विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेका छन्। उनले त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थानबाट नाक, कान तथा घाँटी शल्यचिकित्सामा एमएस गोल्ड मेडलसहित उत्तीर्ण गरेका हुन्।त्यसअघि उनले सोही संस्थानबाट एमबीबीएस अध्ययन पूरा गरेका थिए। डा.…
सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ। बैठकमा सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले आज विश्वासको मत लिने सम्भावित कार्यसूची रहेको छ।मुख्यमन्त्री शाहीले सदनमा सोमबार यससम्बन्धी पत्र दर्ता गराइसकेका छन्। नेकपा ९एमाले०को समर्थनमा शाही गत साउन १२ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए। दुई दलबीचको मन्त्रालय बाँडफाँडमा केही ढिलाइ भएका कारण मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । सदनबाट विश्वासको मत लिएपश्चात् मन्त्रिपरिषद् विस्तार गरिने मुख्यमन्त्री शाहीले जानकारी दिए। कुल ४० सदस्यीय प्रदेशसभामा नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० १४ र एमालेका १० प्रदेशसभा सदस्य छन्।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क