Author: Editor
काठमाडौँ। प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजे बस्दैछ । मङ्गलबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता ९कर प्रस्तावबाहेक० मा छलफल भएको थियो भने छलफलमा उठेका जिज्ञासामाथि अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले जवाफ समेत दिनुभएको थियो । सो प्रस्तावमा सोमबारदेखि छलफल सुरुआत भएको थियो । गत वैशाख ३१ गतेको बैठकमा अर्थमन्त्री डा। वाग्लेले उक्त सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो । रासस
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा हाल देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बुधबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेश प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागका केही…
काठमाण्डौं । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन झन्डै ५ अर्ब रुपैयाँमा सम्पन्न भएको जनाएको छ। मंगलबार आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै निर्वाचनको खर्च विवरण सार्वजनिक गरेका हुन्। उनका अनुसार फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ खर्च भएको हो। कूल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६८९ लाई आधार मान्दा प्रतिनिधि सभा सदस्य निर्वाचन– २०८२ मा प्रति मतदाता सरदर २ सय ६३ रुपैयाँ खर्च भएको आयोगले जनाएको छ। आयोगलाई सरकारले निर्वाचनका लागि ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ उपलब्ध गराएको…
काठमाण्डौं । सरकारले जेनजी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गीकरण गरी मासिक उपचार खर्च उपलब्ध गराएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी प्रदर्शनका क्रममा घाइतेको वर्गीकरण गरी ती घाइतेको उपचारका लागि मासिक उपचार खर्च उपलब्ध गराउन थालिएको मन्त्रालयको स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रका प्रमुख डा. प्रकाश बुढाथोकीले जानकारी दिए । ‘हामीले भदौ २३ र २४ गते अस्पतालमा भर्ना भएको आधारमा जेनजी घाइतेको वर्गीकरण गरेका छौँ,’ उनले भने, ‘सोही अनुसार गृहमन्त्रालयले घाइतेको उपचार खर्चका लागि मासिक आर्थिक सहयोग प्रदान गरेको छ।’ उनका अनुसार सरकारले जेनजी प्रदर्शनका क्रममा अति गम्भीर घाइते र घाइतेलाई स्याहारसुसार गर्नेलाई नौ हजाररनौ हजार, गम्भीर घाइतेलाई मासिक नौ हजार र…
काठमाडौँ । नवनियुक्त प्रधान न्यायाधीश डा। मनोजकुमार शर्माले न्याय सम्पादनमा शङ्का उत्पन्न हुने कुनै पनि कार्य आफूबाट नहुने बताएका छन्। सर्वोच्च अदालतमा मंगलबार साँझ पदभार ग्रहण गरे लगत्तै प्रधान न्यायाधीश शर्माले न्याय सम्पादनमा हस्तक्षेप नगर्ने र शङ्का उत्पन्न हुने कुनै कार्य आफूबाट नहुने प्रतिक्रिया दिएका छन्। उनले आफ्नो पहिलो प्राथमिकता भनेको स्वतन्त्र न्यायपालिकालाई अक्षुण्ण राख्ने भएको बताए । न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षतामा म बाट कुनै हस्तक्षेप हुने छैन, उनले भने।न्यायपालिका नेपालको संविधानको संरक्षक, मौलिक अधिकारको प्रत्याभूतिकर्ता तथा लोकतान्त्रिक शासन व्यवस्थाको एक प्रमुख स्तम्भ हो शर्माले भने, ‘त्यसैले स्वतन्त्र, निष्पक्ष, सक्षम र जनविश्वासयुक्त न्यायपालिकाको निर्माण र संरक्षण नै मेरो…
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सार्वजनिक खरिद ऐन तत्काल संशोधन गरी देशको ठेक्का प्रणालीमा व्यापक सुधार गर्न सरकारलाई सुझाव दिएका छन् । मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै उनले सस्तो बोलकबोलका आधारमा ठेक्का लगाउने परिपाटीको सट्टामा निर्माण व्यवसायीको प्राविधिक क्षमता, वित्तीय अवस्था र पुरानो कार्यसम्पादनको ट्रयाक रेकर्डलाई आधार बनाएर मात्र ठेक्का दिनुपर्ने बताएका हुन् । यसो गर्दा मात्र राष्ट्रिय गौरवका आयोजनाहरूमा बारम्बार समय थप्ने र लागत बढाउने विकृत प्रवृत्ति रोक्न सकिने उनको भनाइ थियो । बजेट प्रणालीलाई व्यापक सुधार गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले सङ्घ, प्रदेश र स्थानीय तीनै तहमा एक करोड…
काठमाडौँ । आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल सकिएको छ । सांसदहरूले उठाएका सवालमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जवाफ दिएसँगै छलफल सकिएको हो। सोमबारदेखि सुरु भएको छलफल मङ्गलबार सकिएको थियो । यो क्रममा पहिलो दिन ४० सांसदले बोलेका थिए । दोस्रो दिन भने ३१ जनाले आफ्नो धारणा राखेका थिए। नाम टिपाएका सांसदहरूको धारणासँगै अर्थमन्त्री वाग्लेले जवाफ दिएका थिए। जवाफसँगै सभामुख डीपी अर्यालले सदनमा उठेका सवालको विवरण प्रतिवेदन बनाएर प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगलाई पठाउने जानकारी दिए। उनले बजेटले लिएका सिद्धान्तमा उल्लेखित मध्यम वर्गको विस्तार लगायतले गरिब र सीमान्तकृत वर्गलाई माथि उठाउने नै लक्ष्य…
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले विभिन्न सात वटा निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले विभिन्न सात वटा निर्णय गरेको हो । नगरपालिका राजस्व अभिवृद्धि परियोजनाको लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलियन स्वीस फ्याङ्क अनुदान स्वीकार गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलेल जानकारी दिए। १. नगरपालिका राजस्व अभिवृद्धि परियोजनाको लागि स्वीट्जरल्याण्ड सरकारबाट प्राप्त हुने ६.११६ मिलियन स्वीस फ्याङ्क अनुदान स्वीकार गर्ने । २. अरनिको राजमार्गको मर्मत सुधार गर्न चीन सरकारले प्रदान गर्ने ७९.३६ मिलियन आरएमबी अनुदान स्वीकार गर्ने । ३. क) काठमाडौँ उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्ती हटाउँदा विस्थापित हुने…
काठमाण्डौं । प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल चलिरहेको छ। बैठकमा सांसदहरूले आगामी आर्थिक वर्षको बजेटमा समेट्नुपर्ने योजनाबारे बोलिरहेका छन्। सोमबारदेखि सुरु भएको छलफल आज पनि जारी रहेको छ। https://www.youtube.com/watch?v=VmBTqHbvaa4
काठमाडौं । प्रधानन्यायाधीशमा डा मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ । सोमबार बसेको संसदीय सुनवाइ सिमितको बैठकले उनको नाम अनुमोदन गरेको हो । समितिले मंगलबार नै सुनुवाइ गरेको हो । सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो । सुनुवाइमा सुनुवाइ समितिका सदस्यहरूले प्रस्तावित प्रधान्यायाधीश शर्मालाई प्रश्नहरू सोधेका थिए । उनले प्रश्नहरूमाथि जवाफ दिइसकेपछि समिति सभापति बोधनारायण श्रेष्ठले पुरक प्रश्नका लागि सदस्यहरूलाई समय दिएका थिए । पुरक प्रश्न नभएपछि सुनुवाइ सकिएको जानकारी गराएका थिए ।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क