Author: Editor
काठमाडौँ । उद्योगमन्त्री गौरीकुमारी यादवले परीक्षण उत्पादन भइरहेको हेटौँडा कपडा उद्योगको अवलोकन गरेकी छन्। उनले शनिबार बिहान उद्योगको अवलोकन गरेकी हुन्। अनुगमनमा पुगेकी मन्त्री यादवलाई नेपाली सेनाले कारखानाको अवस्थाको जानकारी गराएको थियो। सरकारले नेपाली सेनालाई उद्योगको मर्मतको जिम्मा दिएको छ। करिब साढे दुई दशकपछि कपडा उद्योगको प्रारम्भिक परीक्षण उत्पादन सुरु गरिएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको ‘नीति, सङ्गठन र नेतृत्व’सम्बन्धी दुईदिने कार्यशाला यहाँ सुरु भएको छ । रास्वपा कार्यशाला–नीति, सङ्गठन र नेतृत्व, शृङ्खला–१’ नाम दिइएको कार्यशालामा पार्टीको नीति, सङ्गठन सुदृढीकरण, नेतृत्व क्षमता विकासका बारेमा छलफल भइरहेको रास्वपाका सङ्गठन विभाग प्रमुख प्रमोद न्यौपानेले जानकारी दिए । आज ‘नेपालको चित्र, हामी कहाँ छौँ रु’ शीर्षकमा अनिल चित्रकारले देशको वर्तमान र अवस्था तथा उपसभापति डा। स्वर्णिम वाग्लेले पार्टीको प्रस्तावना, सामाजिक लोकतन्त्र र त्यसका आधारबारे प्रस्तुति दिनेछन् । महामन्त्री विपिनकुमार आचार्यले पार्टीका आधारभूत मूल्य–मान्यता तथा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा, पूर्वसचिव सुरेन्द्र अर्यालले बजेट निर्माणको…
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घले श्रम कानुनको संशोधनको विषय निजी क्षेत्रको गम्भीर चासोका रूपमा रहेको भन्दै यसमा सरकार र निजी क्षेत्रको बृहत् साझेदारी आवश्यक रहने बताएको छ । महासङ्घका अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा महासङ्घको प्रतिनिधिमण्डलले युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग भेट गरी श्रम कानुनको संशोधनका विषयमा छलफल गरेको हो । मन्त्री यादवसँगको भेटमा महासङ्घले श्रम कानुन संशोधनलाई बदलिँदो श्रम बजार, औद्योगिक आवश्यकता र मुलुकको आर्थिक रूपान्तरणसँग जोडेर अघि बढाउनुपर्ने सुझाव दिएको छ । महासङ्घले अब श्रम कानुनले लगानी तथा रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने, उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउने र श्रमिकको अधिकार तथा सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने गरी सन्तुलित र व्यावहारिक…
काठमाडौं । राजसंस्था पुनःस्थापनाको पक्षमा ८० प्रतिशत नेपालीको हस्ताक्षर जुटाउने अभियानलाई प्रभावकारी बनाउन शाही युवा शक्ति, नेपालले केन्द्रीय कार्यसमिति विस्तार गरेको छ। अभियानका केन्द्रीय अध्यक्ष पशुपति खड्काले अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउन विधानबमोजिम विभिन्न जिल्लाका प्रतिनिधिहरूलाई केन्द्रीय पदाधिकारी तथा सदस्यको जिम्मेवारी दिइएको हो । अध्यक्ष खड्काका अनुसार अभियानको मुख्य उद्देश्य राजसंस्थाको पक्षमा जनमत निर्माण गर्दै देशभरबाट ठूलो संख्यामा नागरिकको हस्ताक्षर संकलन गर्नु हो। हालसम्म करिब १७(२० लाख नेपालीले राजसंस्थाको पक्षमा हस्ताक्षर गरिसकेको अध्यक्ष खड्काले दाबी गरे । उनका अनुसार ८० प्रतिशत नेपालीको हस्ताक्षर संकलन गर्ने लक्ष्यसहित अभियानलाई देशभर थप विस्तार गरिएको हो । हाल देशका ६५ जिल्लाको विभिन्न टोल…
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ( नेकपा ) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्। प्रचण्डले सामाजिक सञ्जालमार्फत गरिमामाथि भएको जघन्य अपराधले आफू स्तब्ध र आक्रोशित भएको बताएका हुन्। उनले गरिमाका लागि न्याय माग्दै काठमाडौंको माइतीघर मण्डलासहित देशका विभिन्न स्थानमा युवाहरूले उठाएको आवाजप्रति आफ्नो पूर्ण ऐक्यबद्धता रहेको उल्लेख गरेका छन्। प्रचण्डले गरिमामाथिको अपराध एउटा परिवारमाथिको पीडा मात्रै नभई राज्य, समाज र न्याय प्रणालीमाथिकै गम्भीर प्रश्न भएको बताएका छन्। ‘छोरीहरू भयमुक्त वातावरणमा बाँच्न, सुरक्षित हुन र आफ्नो भविष्य निर्माण गर्न पाउने…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेता बनाएको छ । वरिष्ठ नेताको जिम्मेवारी पाएका प्रधानमन्त्री बालेन केन्द्रीय समिति बैठकमा भने एकपटक पनि उपस्थिति भएका छैनन् । शुक्रबार रास्वपाको केन्द्रीय समिति बैठक वनस्थलीस्थित पार्टी कार्यालयमा बसिरहँदा प्रधानमन्त्री शाह भने स्थलमार्ग हुँदै पोखरा र त्यसपछि मुस्ताङतर्फ लागे । बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्य मनोनयनदेखि स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखासम्मका महत्वपूर्ण विषयमा छलफल हुँदै थियो । त्यहिबेला बालेन निजि भ्रमणका लागि मुस्ताङतर्फ काठमाडौबाट निस्किए । बालेनको यो नै पहिलो रास्वपा केन्द्रीय समिति बैठकपमा अनुपस्थिति भने होइन । प्रथम महाधिवेशनपछि साउन १३ गते बसेको पहिलो…
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा ) ले सचिवालय विस्तार गरेको छ । शुक्रबारको केन्द्रीय समिति बैठकले सचिवालय विस्तार गरेको हो । सचिवालयमा परराष्ट्रमन्त्री शिशिर खनाल, संसदीय दलका उपनेता गणेश पराजुली, पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बाँस्कोटा, शिव नेपाली, इन्दिरा रानामगर र मनिष झा समेटिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा ) को केन्द्रीय सदस्यमा गृहमन्त्री सुधन गुरुङदेखि भूपदेव शाहसम्म मनोनीत भएका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेको प्रस्तावमा केन्द्रीय सदस्य मनोनीत गरेको हो । केन्द्रीय सदस्य मनोनीत हुने अन्य नेताहरूमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, पुरुषोत्तम…
गण्डकी । प्रधानमन्त्री बालेन्द्र शाह आज अपराह्न पोखरा आइपुगेका छन्। उनी माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा बास बस्नेछन्। प्रधानमन्त्री शाह अस्ताम आइपुगेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए। “प्रधानमन्त्री नितान्त पारिवारिक भ्रमणमा आउनुभएको हो, उहाँको भ्रमणलाई लक्ष्य गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त पारिएको छ”, उनले भने, “प्रधानमन्त्रीको अन्य कुनै औपचारिक कार्यक्रम छैन।” स्थानीयवासी शोभाखर अधिकारीले प्रधानमन्त्रीको भ्रमणले अस्तामवासी खुसी भएको प्रतिक्रिया दिए। अस्ताममा सडक, खानेपानीको समस्या छ, प्रधानमन्त्री नै यहाँ आउनुभएपछि गाउँलेका समस्या सम्बोधन हुने आशा छ”, उनले भने। प्रधानमन्त्रीको भ्रमणले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने अस्तामका पर्यटन व्यवसायी नन्दलाल अधिकारीले बताए। प्रधानमन्त्री शाह…
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गरेको रिट सर्वोच्च अदालतमा शुक्रबार दर्ता भएन । पार्टीको १५ औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै दायर रिट दर्ता नभएको हो । देउवा र खड्काले छुट्टाछुट्टै शुक्रबार पेश गरेको रिटमा अध्ययन नसकिएको भन्दै सर्वोच्च प्रशासनले दर्ता नगरेको बुझिएको छ । निकटस्थ स्रोतका अनुसार शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश डा।मनोज शर्मा र मुख्य रजिस्टार विमल पौडेल थिएनन् । महत्त्वपूर्ण रिट रहेको र प्रशासनको प्रमुख र प्रधानन्यायाधीश नै नभएकाले दर्ता नगरिएको स्रोतले बतायो ।
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीको विधान र पद्धति विपरीत गतिविधि गर्ने नेता तथा कार्यकर्तामाथि कारबाही गर्ने चेतावनी दिएको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकका क्रममा संयोजक तारामान गुरुङले पार्टीको मर्यादा र विधि मिच्ने जो कोहीलाई विधानबमोजिम कारबाहीको दायरामा ल्याइने बताए । संयोजक गुरुङका अनुसार गत आम निर्वाचनका क्रममा पार्टीभित्र भएका अनुशासन उल्लंघन र अन्तर्घातका सम्बन्धमा विभिन्न जिल्लाहरूबाट ७ सय ५४ वटा उजुरी प्राप्त भएका छन् । समितिले हाल ती उजुरीहरूको गम्भीरतापूर्वक छानबिन गरिरहेको र धेरैजसो उजुरीहरू किनारा लाग्ने प्रक्रियामा रहेको उनले जानकारी दिए । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै संयोजक गुरुङले पार्टीको १५ औँ…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क