काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा ) ले सचिवालय विस्तार गरेको छ । शुक्रबारको केन्द्रीय समिति बैठकले सचिवालय विस्तार गरेको हो । सचिवालयमा परराष्ट्रमन्त्री शिशिर खनाल, संसदीय दलका उपनेता गणेश पराजुली, पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटी, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, लिमा अधिकारी, दीपकराज बोहरा, समीक्षा बाँस्कोटा, शिव नेपाली, इन्दिरा रानामगर र मनिष झा समेटिएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा ) को केन्द्रीय सदस्यमा गृहमन्त्री सुधन गुरुङदेखि भूपदेव शाहसम्म मनोनीत भएका छन् । शुक्रबार बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेको प्रस्तावमा केन्द्रीय सदस्य मनोनीत गरेको हो ।
केन्द्रीय सदस्य मनोनीत हुने अन्य नेताहरूमा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, पुरुषोत्तम यादव, बसुमाया तामाङ, डा. मनोहर प्रधान, सुरेन्द्र चौधरी र डा. भक्तबहादुर राई छन् । ५१ जना केन्द्रीय सदस्य मनोनित गर्नुपर्नेमा आज जम्मा ९ जनामात्रै मनोनित भएका छन्।
