Author: Editor
बुटवल । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा तातो लहर ( लु ) सम्बन्धी विशेष बुलेटिन जारी गर्दै आवश्यक सावधानीका लागि सार्वजनिक अनुरोध गरेको छ । विभागले देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार शुक्रबार साँझ जारी बुलेटिनमा आगामी ३ दिन पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सो भन्दा बढी रहने तथा थोरै स्थानहरूमा ४० डिग्री सेल्सियस वा सो भन्दा बढी भई अत्याधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध गरेको हो । विभागका मौसमविद् सञ्जिव अधिकारीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका भू–भागहरूमा आगामी…
काठमाडौँ । नेपालको संसदीय इतिहासमा नयाँ अध्यायको सुरुवात हुँदैछ । आगामी आर्थिक वर्ष २०८३/ ०८४ को बजेट भाषण सिंहदरबारस्थित निर्माणाधीन नयाँ अत्याधुनिक संघीय संसद् भवनबाट गर्ने गरी सरकारले अन्तिम तयारी तीव्र पारेको छ । बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा करोडौँ रुपियाँ भाडा तिरेर सञ्चालन हुँदै आएको संसद् बैठक अब आफ्नै स्थायी र प्रविधियुक्त भवनमा सारिने भएको छ । गत वर्ष भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा बानेश्वरस्थित संसद् भवन जलाइएको थियो । मुख्य सभाहल, गजुर ढाँचाको विशाल फलामे गुम्बज तथा सांसद सिटहरूको निर्माण कार्य अन्तिम चरणमा पुगेका छन् । नेपाली संसदीय इतिहासको एउटा ठुलो सङ्क्रमणकालीन यात्रा अब टुङ्गिने चरणमा पुगेको…
काठमाडौँ । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध कसुर फिर्ता गर्ने आदेश गरेको छ। न्यायाधीश हिमलाल बेलबासेको आजको इजलासले सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर झिक्ने निर्णयलाई सदर गरेको कास्की अदालतका स्रेस्तेदार राजन खनालले थाहाखबरलाई जानकारी दिए। अब लामिछानेमाथि यहाँ सहकारी ठगीसम्बन्धी मुद्दा मात्रै कायम रहेको छ। तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीले स्वीकृति दिएपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत रविको दुईवटा कसुर झिक्ने र सहकारी ठगीसम्बन्धी कसुरलाई यथावत राख्ने भन्दै जिल्ला अदालतमा निवेदन परेको थियो। आदेशमा भनिएको छ, ‘निवेदकको माग व्यहोरा मनासिब रहेको देखिँदा निवेदन मागबमोजिम प्रस्तुत निवेदनसँग सम्बन्धित उक्त मुल थप र पूरक…
काठमाण्डौं । विश्वको सर्वोच्च शिखर सगरमाथा तथा लोत्से हिमाल आरोही सशस्त्र प्रहरी सहायक निरीक्षक निम दिकी शेर्पा र सगरमाथा आरोही सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्कीलाई सम्मान गरिएको छ।सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भूमा आज एक कार्यक्रमका बीच सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले उनीहरूलाई सम्मान गरेका हुन्। सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले सगरमाथा तथा लोत्से हिमालको सफलतापूर्वक आरोहण गरेका सशस्त्र प्रहरी सहायक निरीक्षक शेर्पा र सशस्त्र प्रहरी सहायक हवल्दार कार्कीलाई हार्दिक बधाई दिँदै हिमालको चुचुरोमा राष्ट्र तथा सङ्गठनको झण्डा फहराउनु गौरवको विषय भएको बताए। उनले उच्च मनोवल तथा आँट र साहस लिइ विश्वको सर्वोच्च शिखर सगरमाथामा राष्ट्र…
काठमाण्डौं । नेपालले काभा महिला भलिबल च्याम्पियनसिपमा चिरपरिचित प्रतिनिद्वन्द्वी भारतसँगको पहिलो खेलमा हार बेहोरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा शुक्रबार भएको खेलमा नेपाल भारतसँग ३(२ सेटमा हारबाट काभा महिला भलिबल च्याम्पियनसिपको सुरुआत गरेको हो । समूह ‘ए’ को खेलमा नेपालले पटकपटक चुनौती दिए पनि भारतलाई पार गर्न सकेन । यस समूहमा आयोजक नेपालसँगै भारत, किर्गिस्तान र माल्दिभ्स छन् । अब नेपालले समूहको दोस्रो खेल मे २३ तारिखमा हुनेछ । पहिलो सेट आफ्नो बनाउँदै नेपालले अग्रता लिएको थियो । पहिलो सेट नेपालको पक्षमा २५(२१ ले रह्यो । तर, दोस्रो र तेस्रो सेटमा नेपालले खराब डिफेन्स प्रस्तत गर्यो…
काठमाडौं । एमालेको सचिवालय बैठकमा पार्टीका चार जना उपाध्यक्षहरूले नेतृत्व रुपान्तरणको माग मागेका छन् । ओलीबाट पार्टी रुपान्तरण हुन नसक्ने निष्कर्षमा पुगेका उनीहरूले पार्टी रुपान्तरण र पुस्तान्तरणको माग गरेका हुन् । आजको बैठकमा ५ जना उपाध्यक्षहरूले बोलेका थिए । ती मध्ये विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विस्ट र रघुजी पन्तले रुपान्तरण र पुस्तान्तरणको धारणा राखेका हुन् । उपाध्यक्ष रामबहादुर थापाले भने ओलीको नेतृत्वको पक्षमा बोलेका थिए । उपाध्यक्षहरु विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले ओलीको राजीनामा मागेका हुन् । एमालेलाई कमजोर अवस्थामा पुर्याएको जिम्मावारी लिँदै ओलीले राजीनमा दिनुपर्ने र नेतृत्वको हस्तान्तरण हुनुपर्ने उनीहरुको माग थियो ।…
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले जेठ ११ गते नीति तथा कार्यक्रम ल्याउने भएको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक वर्ष २०८३र०८४ को वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा शुक्रबार बसेको बैठकले वार्षिक नीति तथा कार्यक्रम स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले जानकारी दिए । सरकारले आगामी जेठ ११ गते नीति तथा कार्यक्रम प्रदेश सभाको बैठकमा प्रस्तुत गर्ने तयारी गरेको छ । बैठकले नीता पोख्रेल अर्याललाई युवा तथा खेलकुद मन्त्रालयको सचिवको जिम्मेवारी तोक्ने निर्णय गरेको छ । त्यस्तै प्रदेश पूर्वाधार विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा…
काठमाडौं। नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई पुनस् हराउँदै घरेलु शृंखलामा ‘क्लिन स्विप’ गरेको छ। शुक्रबार सम्पन्न खेलमा नेपालले १२२ रनको जित निकालेको हो। योसँगै पाँचौं स्थानमा रहेको नेपालले २४ अंक पुर्याएको छ। शीर्षस्थानको अमेरिकाको २८ खेलबाट ३८ अंक छ। नेपालले पहिलो खेलमा अमेरिकालाई ९ विकेटले हराएको थियो। त्यसअघिको चक्रमा नेपालले दुवैपल्ट अमेरिकालाई हराएको थियो। नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४१.२ ओभरमा सबै विकेट गुमाउँदै १९५ रन मात्र बनाउन सक्यो। अमेरिकाका सञ्जय कृष्णमुर्तीले सर्वाधिक ५६ रन बनाइन्। उनले ४४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। नोस्थुश केन्जिगे २९, शायन जहाँगीर २७, शेहान जयसूर्या २६…
जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादव ले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको मधेश प्रदेश सभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिएका हुन्। नेपालको संविधानको धारा १८८ को उपधारा ९२० तथा प्रदेश सभा कार्यसञ्चालन नियमावली २०७५ को नियम १४३ को उपनियम ९४० बमोजिम उनले विश्वासको मत प्राप्त गरेका हुन् । प्रदेश सभामा उपस्थिति १०० जना सांससको उपस्थिति पक्षमा ६२ मत र विपक्षमा ३६ मत परेको छ सभामुख राम आशिष यादवले जानकारी गराए । हाल मधेश प्रदेश सभामा १०२ सदस्य कायम रहेका छन्। प्रदेश सभामा नेपाली कांग्रेसका २२, नेकपा एमालेका २४, जनमत पार्टीका १२, नेकपाका…
काठमाडौं । राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा ( संंरक्षण ) विधेयक, २०८१ पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले उक्त विधेयक पारित गर्नका लागि पेश गरेका थिए । मनत्री पौडेलले पेश गरेको प्रश्ताव सर्वसम्मतिले पारित भएको हो । राष्ट्रिय सभाको अर्को बैठक आगामी जेठ १३ गते बुधबार अपरान्ह १ बजेर १५ मिनेटमा बस्नेगरी बोलाइएको छ ।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क