Author: Editor

दाङ । काठमाडौंमा अध्ययनरत २२ वर्षीय छोरा वसन्त कालाथोकीको हत्या भएको खबर सुनेपछि दाङमा उनकी आमाको पनि मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–१७, जनप्रिय टोलकी ३८ वर्षीया बिना कालाथोकीको शनिबार दिउँसो मृत्यु भएको हो। काठमाडौं महानगरपालिका–१०, शंखमूलस्थित भ्याली ब्वाइज होस्टलमा बसेर अध्ययन गरिरहेका वसन्तको शुक्रबार कुटपिट तथा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो। छोराको हत्या भएको खबर सुनेपछि बिनाको घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार शनिबार दिउँसो करिब ३ बजे बिनाको घरमै मृत्यु भएको हो। घटनाको जानकारी पाएपछि अस्थायी प्रहरी पोस्ट चौघेराबाट प्रहरी सहायक हवल्दार अमर गैह्रेको कमान्डमा दुई जना तथा…

Read More

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ घर पाएका छन् । गरिबीका कारण आफ्नो लगानीमा घर निर्माण गर्न नसक्ने तीन विपन्न परिवारलाई नगरपालिकाले प्रतिपरिवार रु पाँच लाख लगानी गरेर दुई कोठा भएको एकतले भूकम्प प्रतिरोधी घर निर्माण गरिदिएको हो । लामो समयदेखि जीर्ण घरमा बसोबास गर्दै आएका हलेसी तुवाचुङ नगरपालिकाका–२ डिकुवाका देशवीर राई र हलेसी तुवाचुङ नगरपालिकाका–६ मङ्गलटारका भया दमाई तथा घरविहीन अवस्थाका वडा नं १० अर्खौले निवासी टेकबहादुर सार्कीलाई नगरपालिकाले घर निर्माण गरेर हस्तान्तरण गरेको छ । घर नभएका कारण लामो समयदेखि कष्टकर जीवन बिताइरहेका तीन विपन्न परिवारलाई नगरपालिकाले भूकम्प प्रतिरोधी नयाँ घर उपलब्ध गराएपछि हर्षित…

Read More

काठमाडौं । राप्रपा छाडेर जय नेपाल पार्टी गठन गरेका धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन् ।‘हिमानी ट्रस्ट’को कार्यक्रमपछि पार्टी सभापति राणाले पूर्वराजा शाहसँग भेटवार्ता गरेका हुन् । भेटवार्ताको तस्बिर राणाले आइतबार बिहान सामाजिक संजालमार्फत सार्वजनिक गरेका हुन् राणाले भेटलाई फलदायी रहेको बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत ‘हिमानी ट्रस्ट’को कार्यक्रमपछि पूर्वराजासँग फलदायी भेट भएको जानकारी दिएका हुन् । जय नेपाल पार्टीले संवैधानिक राजसंस्था र हिन्दू अधिराज्यका पक्षमा देशव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने निर्णय गरिसकेको छ ।

Read More

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मुक्तानाथको दर्शन गरेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार शनिबार साँझ उनले मुक्तिनाथको दरश्न गरेका हुन् । मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले प्रधानमन्त्री शाह शनिबार साँझ ७. ३० बजे मुक्तिनाथ प्रवेश गरेको बताए । उनले ८ बजेसम्म पुजाआजा गरेका थिए । शुक्रबार काठमाडौँबाट निजी भ्रमणमा निस्किएका प्रधानमन्त्री शाहले दिउँसो ३ बजे बेनी–जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम पुगेका थिए । प्रधानमन्त्री शाह होटल ओम्स होममा केही समय आराम गरी मुक्तिनाथ दर्शनका लागि प्रस्थान गरेका थिए । जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाहले शनिबार साँझ मुक्तिनाथको दर्शन गरी जोमसोम फर्किएका…

Read More

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या र त्यसपछिको घटनाबारे छलफल गर्दै सरकारले पीडित परिवारसङ्ग सहमति गरेको छ । गृह मन्त्रालयमा मध्य रातसम्म चलेको छलफलपछि नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको हो । सहमतिअनुसार जघन्य आपराधिक घटनामा नागरिकको अपेक्षाअनुसार विद्यमान कानुनमा रहेको कसुर र सजायको व्यवस्था पुनरावलोकन गरी कानुन तर्जुमाका लागि सुझावसहितको प्रतिवेदन सात दिनभित्र पेस गर्ने निर्णय भएको छ । यसका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट सात सदस्यीय ‘गरिमा न्याय संकल्प समिति’ गठन गरिने भएको छ । त्यस्तै, पीडित परिवारको अपेक्षाअनुसार बालिका गरिमा चौधरीको सालिक निर्माण गर्न पूर्वाधार विकास…

Read More

बिराटनगर । नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०लाई ‘दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधि’को संज्ञा दिएका छन्। पार्टीको कोशी प्रदेश समितिले आयोजना गरेको एकता तथा प्रशिक्षण कार्यक्रममा बोल्दै खनालले अहिले मुलुकको सत्ता त्यही वर्गको प्रतिनिधिको हातमा पुगेको दाबी गरे। उनका अनुसार २०६२/ ६३ को राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेसलाई दलाल पुँजीपति वर्गको मुख्य प्रतिनिधिका रूपमा हेर्ने गरिएकोमा अहिले रास्वपा त्यही भूमिकामा अघि आएको छ। कम्युनिस्ट शक्तिका लागि रास्वपा मुख्य वर्गीय प्रतिद्वन्द्वी बनेको उनको भनाइ थियो। खनालले वर्तमान सरकारका आर्थिक नीति, नीति तथा कार्यक्रम र बजेटले तल्लो वर्गका जनताको हितभन्दा सीमित माथिल्लो वर्गलाई फाइदा पुर्‍याएको आरोप लगाए।…

Read More

काठमाडौँ । नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान, नेपाल’ बीच १४ बुँदे सहमति भएको छ । सहमति भएसँगै महाअभियानले गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैदेखि अन्त्य गर्ने निर्णय गरेको छ । काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुल्चोकमा धर्नामा रहेका महाअभियानका प्रतिनिधि र सरकारले गठन गरेको वार्ता टोलीबीच भएको गहन छलफलपछि सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लीलाधर सुवेदी र महाअभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहोरा क्षेत्रीले हस्ताक्षर गरेका छन् । १४ बुँदे सहमतिपछि महाअभियानले सञ्चालन गर्दै आएका धर्ना तथा…

Read More

काठमाडौं । बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीय बालिका गरिमा चौधरीका आमा–बुबासँग गृहमन्त्रालयमा छलफल सुरु भएको छ । केहीबेर अघि गृहमन्त्री सुधन गुरुङसहित गृहमन्त्रालयको टोलीले गरिमाका आमा मानमती चौधरी र बुबा मनोज चौधरीसँग छलफल सुरु गरेको हो। छलफलका लागि आजै दिउँसो सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज र आमा मानमती काठमाडौं आएका थिए ।

Read More

कैलाली । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा रहेकाले सोहीअनुसार स्थानीय तहले सहयोग गर्नुपर्ने बताएकी छन् । कैलालीको धनगढी उपमहानगरपालिकामा आज आयोजित कार्यक्रममा उनले अव्यवस्थित बसोबासी, भूमिहीन परिवारलाई लालपुर्जा वितरणका लागि आवश्यक सहजीकरण तथा समन्वयका लागि सरकार सम्पूर्ण रूपमा तयार रहेको बताइन । मन्त्री रावलले विकासका अन्य गतिविधिजस्तै भूमिसम्बन्धी समस्या समाधानलाई पनि उच्च प्राथमिकतामा राखेर काम गर्न धनगढी उपमहानगरपालिकालाई आग्रह गरिन् । यसअघि भूमि समस्या समाधान समिति कैलालीको बैठकमा उनले ६०० दिनभित्र लालपुर्जा वितरण गरिसक्ने गरी सरकारले काम गरिरहेको जानकारी दिँदै जिल्लाका सबै पालिकामा समस्या समाधानका लागि सहजीकरण गर्न समितिलाई…

Read More

काठमाण्डौं । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सम्पन्न भएको जनाएको छ। यो गत वर्षको तुलनामा १।९२ प्रतिशतले धेरै हो। विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार आजसम्म १३ लाख ४१ हजार ७६४ हेक्टर जमिनमा रोपाइँ भएको छ। विभागले १३ लाख ७० हजार हेक्टर जमिन खेतीयोग्य रहेको जनाएको छ। प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी १०० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। कर्णालीमा ९८।५ प्रतिशत, लुम्बिनीमा ९७।८७ प्रतिशत, गण्डकीमा ९६।६८ प्रतिशत, बागमतीमा ९७।८२ प्रतिशत, मधेसमा ९८।१० प्रतिशत, कोसीमा ९७ प्रतिशत रोपाइँ सकिएको छ। विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले विशेषगरी मधेस प्रदेशलगायतका क्षेत्रमा पर्याप्त पानी नपरेकाले यस वर्ष केही ढिला रोपाइँ भएको बताउँदै…

Read More