Author: Editor

धनगढी । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासका लागि काम गर्नुपनेमा जोड दिएका छन् । कैलालीको धनगढीमा आज आयोजित शिक्षा क्षेत्रका नीति, कार्यक्रम, बजेट तथा कार्यान्वयन प्रक्रियाबारे प्रदेश र स्थानीय तहका सरोकारवालाहरुको प्रदेशस्तरीय तीनदिने अभिमुखीकरण कार्यक्रममा मन्त्री पोखरेलले सबै तहको समन्वयबाट नै शिक्षामा सुधार सम्भव हुने बताए । मन्त्री पोखरेलले भने, “प्रदेश र स्थानीय तहसँग सहकार्य नगरी शिक्षा क्षेत्रका काम प्रभावकारी रुपमा सम्पादन गर्न सकिँदैन । त्यसैले शिक्षा नियमावलीको १०औँ संशोधन र अन्य ऐेन, कानुनले गरेका व्यवस्थाको परिपालना गर्न मिलेर अगाडि बढौँ ।” शिक्षा ऐन, नीति र कानुन बनाउँदा सबै सरोकारभएकाहरुसँग बढीभन्दा बढी संवाद…

Read More

काठमाण्डौं । नेपाल मेडिकल काउन्सिल ( एनएमसी ) को रजिस्ट्रारमा डा.सुप्रभात श्रेष्ठ नियुक्त भएका छन्। उनले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरदन्त चिकित्सक तथा अर्थोडोन्टिक्स विशेषज्ञ डा.श्रेष्ठसँग काउन्सिलको नियमन,परीक्षा,चिकित्सा शिक्षा र प्रशासनिक काममा लामो अनुभव छ । डा.श्रेष्ठले तमिलनाडुको भीएमएस डेन्टल कलेजबाट बीडीएस तथा रुसको भोल्गोग्राड स्टेट मेडिकल युनिभर्सिटीबाट स्टोमाटोलोजीमा विद्यावारिधि गरेका छन्। नेपाल मेडिकल काउन्सिलसँग पनि उनको लामो संलग्नता छ। उनी सन् २०१४(२०१६ मा काउन्सिलको पदेन सदस्य तथा सन् २०१९–२०२३ मा मनोनीत सदस्यका रूपमा कार्यरत थिए। काउन्सिलमा रहँदा उनले शिक्षा, परीक्षा, आचारसंहिता तथा खरिदसम्बन्धी समितिको संयोजकको जिम्मेवारी सम्हालेका थिए।

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  को केन्द्रीय समिति बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको निर्देशनअनुसार महामन्त्री विपीन कुमार आचार्यले शुक्रबार बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय घन्टीघरमा बस्ने गरी बैठक बोलाएका छन् । आगामी स्थानीय तहको निर्वाचन र पार्टीको आन्तरिक साङ्गठनिक सुदृढीकरणलाई केन्द्रमा राखेर बैठकका कार्यसूचीहरू तय गरिएका छन् । बैठकको मुख्य कार्यसूचीमा आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन गर्ने विषय रहेको छ । रास्वपाले निर्वाचनमा उम्मेदवार तय गर्दा अपनाइने विधि र प्रक्रियालाई यसै बैठकमार्फत अन्तिम रूप दिने तयारी गरेको छ ।यस्तै, रास्वपाले आफ्नो स्थापनाकालदेखि नै उठाउँदै आएको ‘राइट टु रिकल’ ९जनप्रतिनिधि…

Read More

बारा। तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर चर्किएको आन्दोलन पीडित परिवार, स्थानीयवासी, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र प्रशासनबिच भएको पाँचबुँदे सहमतिपछि स्थगित भएको छ। घटनाको अनुसन्धान, दोषीमाथि कारबाही र प्रहरीको भूमिकालाई लिएर उठेका प्रश्नबिच प्रशासनले पीडित पक्षसँग बिहीबार राति करिब ९ः३० बजेदेखि वार्ता थालेको थियो। लामो छलफलपछि पाँचबुँदे सहमति जुटेसँगै आन्दोलनका कार्यक्रम स्थगित गरिएको हो। सहमतिमा घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्नेदेखि पीडित परिवारको राहत तथा सुरक्षासम्मका विषय समेटिएका छन्। सहमति सार्वजनिक गर्दै बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले पाँचबुँदे सहमतिका बुँदा पढेर सुनाउनुभएको थियो। सहमतिअनुसार यस्ता जघन्य अपराधमा संलग्नलाई मृत्युदण्डको व्यवस्था गर्न कानुन संशोधनका लागि…

Read More

काठमाडौं । भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरुले काठमाडौंमा खबरदारी र्‍याली आयोजना गरेको छ । संयुक्त रााष्ट्रिय सुकुम्वासी मोर्चा काठमाडौं उपत्यका विशेष समितिले बिहीबार माइतीघरबाट नयाँ बानेश्वरसम्म र्‍याली निकालेको हो । सहभागीले ‘गरिबमारा सरकार मुर्दावाद’, ‘लोकतन्त्रको सम्मान गर्’,‘‘मानवअधिकारको सम्मान गर्’, ‘सुकुम्वासीको व्यवस्थापन के गरिस् रु’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए । सरकारले करिब चार महिना अगाडि उपत्यकाको विभिन्न नदि तथा खोला किनारबाट अतिक्रमित संरचना हटाउने क्रममा उनीरुलाई हटाइएको थियो । उनीहरुले सरकारसँग आफ्ना आधारभूत अधिकार, सुरक्षित आवास र बसोबासको व्यवस्थापन हुनुपर्ने माग राख्दै आएका छन् । त्यस्तै। आज शान्तिनगर ( गैरीगाउँ )  सुकुम्बासी बस्तीमा डोजर चलाएपछि टिकाथलीमा डेरा गरी बस्दै आएका…

Read More

काठमाडौँ । आज न्याय परिषद् बैठक बस्दैछ । सर्वोच्च अदालत र उच्च अदालतको न्यायाधीश नियुक्ति लगायत अन्य विविध विषयमा निर्णय लिनका लागि बैठक बस्न लागेको हो । सर्वोच्चको न्यायाधीश सिफारिस गर्ने निकाय परिषद्मा प्रधानन्यायाधीश डा.मनोजकुमार शर्मा, वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, कानुनमन्त्री सोविता गौतमका साथै महेशकुमार नेपाल ( प्रधानमन्त्रीको सिफारिसमा नियुक्त )  र दामोदर खड्का ( नेपाल बार एसोसिएसनको सिफारिसमा नियुक्त )  सदस्य छन् । न्याय परिषद्को बैठक प्रधानन्यायाधीशले बोलाउने अभ्यास छ ।

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी( रास्वपा ) का सांसद खगेन्द्र सुनारले समाज कल्याण परिषद् सबैभन्दा बदनाम संस्था भएको बताएका छन् । बिहिबार सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षण सम्बन्धमा भएको छलफलमा उनले समाज कल्याण परिषद्मा दर्ता भएका गैरसरकारी संस्था ( एनजीओ)  तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ( आईएनजीओ ) ले प्राप्त गर्ने रकम, सञ्चालन गर्ने कार्यक्रम र त्यसबाट लक्षित समुदायले पाएको लाभको प्रभावकारी अनुगमन हुनुपर्नेमा त्यसो नभएको आरोप लगाए । विशेषगरी दलित, गरिब, सीमान्तकृत तथा पिछडिएका समुदायका नाममा आउने वैदेशिक सहयोग वास्तविक लक्षित समुदायसम्म नपुग्ने गरेको उनले बताए । कार्यक्रम…

Read More

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बिहानदेखि सडक अबरुद्ध गरेर सुरु गरिएको प्रदर्शन आजपनि जारी छ। पीडित परिवार तथा स्थानीयले बुधबार बिहानैदेखि पथलैया–वीरगन्ज सडकखण्डमा टायर बालेर प्रदर्शन गर्दै सडक ठप्प पारेका हुन्। बालिकालाई न्याय दिलाउन माग गर्दै गरिएको प्रदर्शन अहिले पनि जारी रहेको छ। सडक अवरुद्ध भएपछि वीरगन्ज–पथलैया सडकखण्डमा सयौँ सवारीसाधन तथा यात्रु अलपत्र परेका छन्। प्रदर्शनकारीले घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। प्रहरीका अनुसार साउन ३१ गतेदेखि बेपत्ता भएकी तीन वर्षीया गरिमाको सोही दिन हत्या भएको खुलेको छ। घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।…

Read More

हेटौँडा । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ मुख्यमन्त्रीमा एमालेका किरण थापालाई नियुक्त गर्ने भएका छन् । आज ४स्५ बजे मुख्यमन्त्री नियुक्त हुने र ४स्२० मा शपथ समारोह राखिएको प्रदेश प्रमुखको कार्यालयले विज्ञप्तिमार्फत् जनाएको छ । थापालाई मुख्यमन्त्री बनाउन एमाले, नेकपा र राप्रपा गरी तीनवटा दलको समर्थनसहितको निवेदन आएको भन्दै सोही निवेदन अनुरूप सरकार गठनको कारबाही अघि बढाइने प्रदेश प्रमुखको प्रष्टीकरण छ । यहाँ पार्टी निर्णयविपरीत सरकार गठन प्रक्रियामा लागेको भन्दै राप्रपाले संसदीय दलका नेता उद्धव थापालगायतका नेतालाई कारबाही तयारी गरेको छ ।

Read More

काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ। ठमेल पर्यटन विकास परिषद्को नवनिर्वाचित टोलीले आज काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग गरेको भेटमा ठमेललाई २४सै घण्टा पारिवारिक, सुरक्षित र मर्यादित रुपमा सञ्चालन गर्न सहकार्य गर्ने सहमति भएको हो। ठमेल पर्यटन विकास परिषद्का तत्कालीन अध्यक्ष भविश्वर शर्माको पहलमा २०८१ सालमा तत्कालीन गृहमन्त्री रवि लामिछानेले ठमेललाई २४सै घण्टा सञ्चालन भएको घोषणा गरेका थिए। परिषद्का महासचिव पशुपति कँडेलले पर्यटकीय केन्द्र ठमेललाई २४सै घण्टा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँ र ठमेल पर्यटन विकास परिषद्बीच सहकार्य गर्ने सहमति भएको जानकारी दिए।…

Read More