काठमाडौँ । उद्योगमन्त्री गौरीकुमारी यादवले परीक्षण उत्पादन भइरहेको हेटौँडा कपडा उद्योगको अवलोकन गरेकी छन्। उनले शनिबार बिहान उद्योगको अवलोकन गरेकी हुन्।
अनुगमनमा पुगेकी मन्त्री यादवलाई नेपाली सेनाले कारखानाको अवस्थाको जानकारी गराएको थियो। सरकारले नेपाली सेनालाई उद्योगको मर्मतको जिम्मा दिएको छ।
करिब साढे दुई दशकपछि कपडा उद्योगको प्रारम्भिक परीक्षण उत्पादन सुरु गरिएको छ।
