Author: Editor

नवलपरासी । अविरल वर्षाका कारण पश्चिम नवलपरासी जिल्लाको सुस्ता गाउँपालिका–५ सुस्तास्थित नारायणी नदीमा जलसतह बढेर बस्ती डुबानमा परेपछि सशस्त्र प्रहरीले २९ जना नागरिकको सकुशल उद्धार गरेको छ। असोज ९ गते परेको वर्षाले नारायणी नदीको बहाव बढेर थारुटोलाका घरहरूमा पानी पसेपछि १० गते बिहान पौने ९ बजे सशस्त्र प्रहरी टोली खटिएको थियो। सशस्त्र प्रहरी बल नेपाल बिओपी सुस्ताका सशस्त्र प्रहरी निरीक्षक मनोज कार्कीको कमाण्डमा खटिएको २१ जनाको टोलीले डुबानमा परेका २९ जना स्थानीयको सकुशल उद्धार गरेको हो। उद्धार टोलीले १ वटा गाई र १३ वटा बाख्रालाई समेत सुरक्षित स्थानमा सारेको छ। उद्धार गरिएका सम्पूर्ण बासिन्दा र चौपायालाई सुस्ता गाउँपालिका–५ स्थित होल्डिङ…

Read More

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ शनिबार स्वदेश फर्किँदै छन्। प्रधानमन्त्री शाहको स्वागतका लागि विमानस्थलमा कुनै तामझाम नगरिने स्रोतले बतायो । यसअघि विदेश भ्रमणबाट फर्किँदा प्रधानमन्त्रीको स्वागतमा विमानस्थलमा रेड कार्पेट बिछ्याउने, सलामी दिने तथा मन्त्री, कूटनीतिज्ञ र उच्चपदस्थ अधिकारीको उपस्थितिमा औपचारिक स्वागत गर्ने प्रचलन थियो। स्रोतका अनुसार विमानस्थलमा रेड कार्पेट नबिछ्याइने, औपचारिक सलामी नदिइने तथा ठूलो संख्यामा मन्त्री, कूटनीतिज्ञ र उच्चपदस्थ कर्मचारीको उपस्थिति नरहने भएको छ। प्रधानमन्त्री विमानस्थलबाट ओर्लिएलगत्तै गाडी चढेर सिधै जानेछन्। स्वागतका लागि गृहमन्त्री सुधन गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्कराज पौडेल जाने स्रोतको दाबी छ। मंगलबार साँझ प्रधानमन्त्री…

Read More

काठमाडौं । देशभर भइरहेको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको छ । विभिन्न जिल्लामा राष्ट्रिय राजमार्ग तथा सहायक सडक अवरुद्ध भएका छन् भने नदीको बहाव बढ्दा बस्तीहरू डुबानमा परेका छन् । जोखिममा रहेका बस्तीका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ । प्राप्त विवरणअनुसार काठमाडौं उपत्यकाबाट बाहिरिने तथा देशका विभिन्न भाग जोड्ने सडकखण्डमा यातायात प्रभावित भएको छ । नारायणगढ–मुग्लिन, पृथ्वी राजमार्ग, बीपी राजमार्ग, सिद्धिचरण लोकमार्ग, चामे–बेँसीसहर सडक र अन्य प्रमुख सडकखण्डमा पहिरो, बाढी तथा सडक कटानका कारण आवागमन अवरुद्ध भएको छ । भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै विभिन्न जिल्ला प्रशासन कार्यालयले रातिको समयमा सवारीसाधन तथा पैदल यात्रुको आवागमनमा रोक…

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट अतिथि तथा विदेशी पाहुनाहरूले इन्द्रजात्रा अवलोकन गरेका छन् । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेका थिए । पौडेल दम्पतीलाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले स्वागत गरिन् । इन्द्रजात्रा अवलोकनमा उपराष्ट्रपति, सभामुख, कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ, पुगेका थिए । प्रधानमन्त्री वालेन्द्र शाह भने संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्कमा छन् । राष्ट्रपति पौडेलले परम्पराअनुसार वसन्तपुरस्थित गद्दी बैठकबाट जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा अवलोकन गरेका थिए । इन्द्रजात्राका अवसरमा विभिन्न सांस्कृतिक तथा धार्मिक गतिविधि प्रस्तुत गरिएको…

Read More

काठमाडौँ । वरिष्ठ अधिवक्ता प्रा. डा. गान्धी पण्डितले संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेन शाहको उपस्थिति र सम्बोधन ऐतिहासिक एवं प्रभावकारी रहेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अधिवक्ता पण्डितले जलवायु परिवर्तन, हिमताल पग्लने समस्या, हिमपहिरो र भोटेकोशी विपद् जस्ता नेपालले प्रत्यक्ष भोगिरहेका गम्भीर समस्यालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रधानमन्त्रीले सशक्त रूपमा उठाएको बताए । “विकसित देशहरूले कार्बन उत्सर्जन गर्दा जलवायु परिवर्तन भई हाम्रा हिमाल पग्लेका छन् । हामीले एक प्रतिशत पनि कार्बन उत्सर्जन नगरे पनि क्षति भोग्नु परेको विषयलाई प्रधानमन्त्रीले ‘नखाएको विष लाग्यो’ भन्ने शैलीमा स्पष्ट पार्नुभयो, जुन निकै सकारात्मक छ,” पण्डितले भने, “अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘न्यूयोर्क टाइम्स’ ले…

Read More

ताप्लेजुङ। ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा बिहीबार भएको आगलागीका कारण रु १४ करोड ५६ लाखको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार घरसहित विभिन्न मालसामान जलेर सो रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कमल बजगाईंले जानकारी दिए । उनका अनुसार आगलागीबाट खाद्यान्न, किरानालगायतका पसल, अलैँची गोदाम, भाँडावर्तनसहितका घरायसी सामाग्री, नगद तथा सुनका गरगहना जलेका छन् । पीडित परिवारले दिएको जानकारी तथा आगलागीले ध्वस्त भएका संरचनाको अवस्था हेरेर प्रारम्भिक क्षतिको विवरण एकिन गरिएको प्रहरी नायब उपरीक्षक बजगाईंले जानकारी दिए । आगलागीबाट ८ परिवारका १० वटा घर जलेका थिए । स्थानीय याम लिम्बू, घनश्याम खरेल,…

Read More

काठमाडौँ। इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’ देवराज इन्द्रलाई सम्झेर मनाइने विशेष पर्व हो । काठमाडौँ ललितपुर, भक्तपुरलगायत नेवा बस्तीमा मनाइने यस पर्वको छुट्टै महत्व तथा परम्परा रहेको छ । वैदिक कालमा भगवान् इन्द्रको ठुलो महत्व रहेको पाइन्छ । नेपालमा मनाइने जात्रा, पर्व विभिन्न कथा र किंवदन्तीसँग जोडिएका छन् । यस्तै इन्द्रजात्राको पनि फरक कथा छ । पृथ्वीलोकमा भदौ महिनामा फुल्ने विशेष फूल हो ‘पारिजात’ । यो फूल स्वर्गमा पाइँदैन । त्यस कारण स्वर्गलोकका राजा इन्द्र पारिजात र एक प्रकारको फल लिन पृथ्वीलोक आउनुभयो । त्यहाँ इन्द्रले पृथ्वीलोकका राजा ‘मुपात्र’ को अनुमतिबिना पारिजात र फल सुटुक्क चोर्ने प्रयास गर्नुभयो तर पृथ्वीका राजा…

Read More

काठमाडौँ । संसदीय सुनुवाइ समितिले विभिन्न देशमा प्रस्तावित १३ राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु गर्दै उजुरी आह्वान गरेको छ । समितिको बिहीबारको बैठकले सुनुवाइ प्रक्रिया प्रारम्भ गर्दै उजुरी आह्वानको निर्णय गरेको सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभयो । समितिको निर्णय अनुसार प्रस्तावित पदाधिकारीविरुद्ध दस दिनको समय सीमाभित्र सरोकारवाला तथा सर्वसाधारण समेतले उजुरी दिन सक्ने छन् । मन्त्रीपरिषद्को असोज २ गतेको बैठकको निर्णय अनुसार सुनुवाइका लागि सङ्घीय संसद्समक्ष पत्राचार भएको थियो । संवैधानिक व्यवस्था अनुसार राजदूत नियुक्तिपूर्व संसदीय सुनुवाइ अनिवार्य रहेको छ । सुनुवाइबाट अनुमोदित वा तोकिएको समयावधि पूरा भएमा मात्र नियुक्तिका अन्य प्रक्रिया सुरु हुने छन् । मन्त्रीपरिषद्ले भारतका लागि डा।…

Read More

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा नेपालले अत्यन्त कम हरितगृह ग्यास उत्सर्जन गरे पनि जलवायु परिवर्तनबाट असमान र गम्भीर क्षति व्यहोरिरहेको बताएका छन्। हालैको भोटेकोशी बाढीलाई विश्वका लागि चेतावनीका रूपमा प्रस्तुत गर्दै उनले प्रभावित देशलाई राहत मात्र होइन, जलवायु न्याय, अनुदानमा आधारित वित्त, पुनर्निर्माण सहयोग र दिगो प्रतिरोध क्षमता आवश्यक रहेको बताएका छन्। महासभालाई सम्बोधन गर्दै शाहले आफू विकास, लोकतन्त्र, शान्ति र उज्यालो भविष्यका आशाबारे बोल्न चाहेको भए पनि अहिले मृत्यु, विनाश र विपद्पछि बेपत्ता आफन्तको प्रतीक्षामा रहेका परिवारबारे बोल्न बाध्य भएको बताए। उनले बाढीले केही मिनेटमै सडक, पुल, विद्यालय, घर, जीविकोपार्जन र विकासका उपलब्धि बगाएको उल्लेख गरे।…

Read More

काठमाडौँ । बिहीबारदेखि परेको अविरल वर्षाका कारण कृष्णभीरमा फेरि पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय गजुरीका अनुसार बिहीबार राति सडकमाथिबाट ठुला ढुङ्गा र चट्टानसहितको पहिरो खसेपछि आवागमन पूर्ण रूपमा ठप्प भएको हो । यसअघि गत भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको भित्ता कटान गर्दा कृष्णभीरमा भीषण पहिरो गएको थियो । पहिरो गएको स्थानभन्दा माथि २ सय ७० मिटर नयाँ ट्र्याक खोलेर ग्राभेल गरिएपछि गत असोज १ गतेदेखि मात्रै सडकमा दुईतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको थियो । तर, फेरि पहिरो खसेपछि सडक पुनः अवरुद्ध बन्न पुगेको छ ।

Read More