Author: Editor
काठमाडौँ। हिन्दु मान्यता अनुसार साउन महिना भगवान् शिवसँग जोडिएको महिना हो । साउन महिनाको अन्तिम सोमबार काठमाडौँको पशुपतिनाथसहित देशभरका शिवालयमा हिन्दु श्रद्धालुको घुइँचो लाग्ने गर्छ । साउन महिनामा पवित्र नदी, तालबाट जल लगेर शिवालयमा चढाउने तथा बोलबम मेला पनि लाग्छ । बोलबम तीर्थालुको पनि देशभरका शिवालयमा घुइँचो छ । विशेष गरी अन्तिम दिन काठमाडौँको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्न बोलबम श्रद्धालुको घुइँचो लाग्ने गर्छ । यो महिना धार्मिक, प्राकृतिक एवं सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण भएकाले हिन्दुहरूले विशेष रूपमा लिने गरेका संस्कृतिविद् गोविन्द टण्डनले बताउनुभयो । उहाँका अनुसार विशेष गरी साउनको सोमबारमा भगवान् शिवको व्रत एवं पूजा गर्ने चलन छ । पार्वतीले साउन महिनामा निराहार रही कठोर…
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५ औँ राष्ट्रिय महाधिवेशनको मिति कुनै पनि हालतमा तलमाथि गर्न नहुने बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकमा सभापति थापाले अगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्नेगरी तय गरिएको कार्यतालिका नै अन्तिम भएको भएको बताएका हुन्। उनले पार्टी विधान र कानूनअनुसार पार्टीले तय गरेको कार्यतालिका परिवर्तन गर्ने अधिकार कसैलाई नभएको तर्क गरे। ‘पार्टीको महाधिवेशनको लागि जुन मिति तय गरिएको छ त्यो तलमाथि गर्ने सुविधा हामी कसैलाई पनि छैन। किनभने हाम्रो विधानको व्यवस्थाले त्यो कुरा तोकिदिएको छ’, उनले भने, ‘नेपालको कानूनको व्यवस्था पनि त्यही छ । त्यसकारण असोज १६–१९…
काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक र पार्टी पङ्क्तिसँग प्रत्यक्ष संवादमा आउनुपर्ने कार्यक्रम तय गरेको छ। लोकतन्त्रको मर्म निर्वाचित नेतृत्व निरन्तर नागरिकको निगरानी, सुझाव र सम्पर्कमा रहनुपर्ने भएकाले जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्न रास्वपाले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम शुरु गर्न लागेको हो। रास्वपाका सहमहामन्त्री असिम शाहले आज विज्ञप्तिमार्फत जारी गरेर भुईंमान्छेका आवाजलाई सिधै राज्यको नीतिनिर्माण र कार्यान्वयनको तहसम्म जोड्ने पुलको काम गर्न यो कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन्। कार्यक्रमको पहिलो चरणमा…
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीले कटान गरिरहेको ठाउँको स्थलगत अवलोकन गरेका छन्। मुख्यमन्त्री आचार्यले आइतबार सुस्ता पुगेर अस्थायी बाँध कटान क्षेत्रको स्थलगत अवलोकन गर्दै कटान रोकथामका लागि प्रदेश सरकारले सहयोग गर्ने बताए। सुस्तामा भइरहेको कटान रोक्न तथा सुस्ताको भूमि जोगाउनका लागि बाँध निर्माणमा प्रदेश सरकारले विपद् व्यवस्थापन कोषबाट सहयोग गर्ने उनले बताए। उनले अस्थायी बाँध निर्माणका लागि आवश्यक पर्ने तारजाली, बोरालगायत सामग्री उपलब्ध गराइने उल्लेख गरे। सो अवसरमा मुख्यमन्त्री आचार्यले सुस्तामा तटबन्ध निर्माणको काम गरिरहेको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुर चितवन कार्यालयका आयोजना इन्जिनियर बेलबहादुर विश्वकर्मालाई तटबन्ध निर्माण गर्न प्रदेश सरकारले सहयोग…
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले सरकारले काम नगरे दलले कान समात्ने क्षमता राख्ने टिप्पणी गरेका छन्। नेपाली युवा उद्यमी मञ्चको २२औँ वार्षिक साधारण सभामा शनिबार लामिछानले सरकार लिकबाट बाहिर गए पुनस् लिकमा ल्याउने बताए। सरकारले आफ्नो वाचा र लक्ष्यअनुसार काम गर्छ। सरकारले काम गरेनछ भने हामीसँग राजनीतिक पार्टी छ, लामिछानेले भने, बाटो बिरायो भने सरकारलाई जतिखेर पनि कान समात्ने क्षमता राजनीतिक दलले जहिले पनि राख्छ । उनले जहाज बादलमा छिर्दा टर्बुलेन्स महसुस हुने भए पनि दुर्घटनाको डर मान्नुपर्ने अवस्था नरहेको बताए। सुनिन्छ, कहिलेकाहीँ गडबड भयो कि, केही बिग्रियो कि१ अलिकति राजनीतिक रूपमा अफ्ठ्यारो पर्यो कि, झगडा पो…
काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुककको संविधानले विविधतामा एकतालाई आत्मसात् गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताएका छन्। बत्तिसौँ विश्व आदिवासी दिवसका अवसरमा आदिवासी जनजाति आयोगद्वारा आयोजित कार्यक्रममा उनले एक बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुक भएको बताए। उनले परापूर्वकालदेखि बसोबास गर्दै आएका आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नै नेपालको राष्ट्रिय गौरव भएको उल्लेख गरे। उनले भने, ‘आदिवासी जनजातिहरू यस धर्तीका धर्तीपुत्रहरु हुन्, जसको जल, जमिन र प्राकृतिक स्रोतसँग अटुट र आध्यात्मिक सम्बन्ध रहेको छ।’ राष्ट्रपति पौडेलले राज्यको नीतिनिर्माण र निर्णायक तहमा आदिवासी जनजातिको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सरकारको दायित्व भएको भन्दै पछिल्लो तथ्याङ्कअनुसार स्थानीय तहमा…
बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह मृत फेला परेका छन् । उनी तीन दिनदेखि सम्पर्कविहिन थिए । सिंहको शब कपिलबस्तु जिल्लाको गोरुसिंगे जंगलमा आइतबार फेला परेको कपिलवस्तुका प्रहरी प्रमुख, एसपी मनोहर भट्टले बताए । ६५ वर्षीय सिंह शुक्रबार अन्दाजी २ बजेतिर कपिलवस्तु–३ स्थित घरबाट निस्किएका थिए । पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटरभित्र जंगल क्षेत्रमा उनले चढ्ने गरेको लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको थियो । सिंहको खोजीका लागि गौतमबुद्ध विमानस्थलबाट तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो ।
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। पार्टीका अनुसार बैठक आज दिउँसो १ बजेदेखि ललितपुरस्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्दैछ। आज बैठकले पार्टीको १५औं महाधिवेशनसहित समसामयिक विषयमा छलफल हुने जनाइएको छ।
काठमाडौं । विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्रसङ्घको महासभाले हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको हो । सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्रसङ्घको आदिवासी जनसङ्ख्यासम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्ट ९ मा भएकाले सोही दिनलाई दिवसका रूपमा छनोट गरिएको हो । संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वका ९० देशमा करिब ४७ करोड ६० लाख आदिवासी जनजाति बसोबास गर्छन् । उनीहरू विश्वको कुल जनसङ्ख्याको छ प्रतिशतभन्दा कम भए…
कप्तानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनामा संलग्न हुन सक्ने आशंकामा साउन २३ गते पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले दिनुभएको जानकारी अनुसार घटनामा संलग्न भएको हुनसक्ने आशंकामा सनिबार पाँच जनालाई पक्राउ गरेको हो । डिजे काण्डदेखि गोलीकाण्डसम्ममा र त्यस पछिल्लो परिस्थितिमा विभिन्न तोडफोडमा संलग्न भएको हुनसक्ने आशंकामा नेपाल–भारत सीमा पार गर्ने क्रममा चार जना र सीमावर्ती क्षेत्रमा लुकिछिपि बसेका एक जनालाई पक्राउ गरि सोधपुछ र अनुशंधान प्रारम्भ गरेको जानकारी दिनु भएको छ । यस्तै, घटनामा संलग्न घटनाबारे थप अनुसन्धान तथा पक्राउ परेकाहरूको संलग्नताबारे आधिकारिक पुष्टि हुन बाँकी रहेको…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क