Author: Editor
काठमाडौँ । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सहकारी ठगी तथा संगठित अपराध मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश दिएको छ। तर, अदालतले उनलाई रिहा गर्नका लागि विदेश जान पूर्वजानकारी गराउनुपर्नेदेखि बैंक ग्यारेन्टी राख्नुपर्नेसहितका ५ वटा कडा सर्तहरू अघि सारेको छ। बिहीबार न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले रुपन्देही जिल्ला अदालतको थुनामा पठाउने आदेशलाई बदर गर्दै लामिछानेलाई सर्तसहित धरौटीमा रिहा गर्ने आदेश सुनाएको हो। अदालतले पीडित बचतकर्ताको रकम फिर्ताको सुनिश्चिततालाई नै पहिलो प्राथमिकता मान्दै लामिछानेले आफ्नो भागमा पर्ने दायित्व बराबरको बैंक जमानत स्वीकार गरेको जनाएको छ। उनलाई अदालतले शर्तसहित थुनामुक्त गर्न आदेश गरेको छ ।…
काठमाडौं — नेकपा (एमाले) को अध्यक्ष पदमा केपी शर्मा ओली लगातार तेस्रो पटक निर्वाचित भएका छन्। पार्टीको ११औँ महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा ओलीले आफ्ना प्रतिस्पर्धी ईश्वर पोखरेललाई पराजित गरेका हुन्। निर्वाचन आयोगका अनुसार कुल २ हजार २ सय २७ मतमध्ये ओलीले १ हजार ६ सय ६३ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी पोखरेलले ५ सय ६४ मतमा सीमित भए। निर्वाचन प्रक्रियामा ३६ प्रतिनिधि अनुपस्थित रहेको आयोगले जनाएको छ। यससँगै ओलीले पार्टी नेतृत्वमा आफ्नो प्रभाव कायम राख्दै एमालेको अध्यक्ष पदमा तेस्रो कार्यकाल सुरक्षित गरेका छन्। यसअघि उनी २०७१ सालको ९औँ महाधिवेशनबाट पहिलो पटक अध्यक्ष बनेका थिए भने २०७८ सालको १०औँ महाधिवेशनबाट दोस्रो…
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार ( पुस ४ ) विश्वासको मत लिने भएका छन्। आज ( बुधबार ) उनले प्रदेश सभा सचिवालयलाई पत्र लेखेर विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन्। पत्रमा शुक्रबार अपराह्न ४ बजे विश्वासको मत लिने व्यवस्था मिलाइदिन अनुरोध गरेका छन्।
काठमाडौँ । नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छन्दुस्थित नेपाली महावाणिज्यदूतावासले आज जनाएको छ । त्यस क्रममा नेपाली चिया, कफी, फेल्ट, पश्मिना, धूप, सिङिङ बाउल, थान्कालगायतका नेपाली उत्पादनहरूको प्रदर्शनी गरिएको थियो । सांस्कृतिक आदानप्रदानअन्तर्गत चिनियाँ परम्परागत वाद्ययन्त्र ‘गुछिन’को वादन तथा नेपाली विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूद्वारा परम्परागत नृत्यहरू प्रदर्शन गरिएका थिए । महावाणिज्यदूतावासको संयोजनमा भएका ती कार्यक्रममा छोङछिङ युझोङ जिल्ला सरकार, छोङछिङ नगरपालिका र नेपाल पर्यटन बोर्डका पदाधिकारीलगातय ५० जना सहभागी थिए । रासस
काठमाण्डौं । काठमाण्डौको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११ औ महाधिबेशनको चर्चा जति चुल्लीएको छ । त्यो भन्दा बढी चर्चा लोकगायिका ज्योती मगर एमाले महाधिबेशनस्थलमा प्रचारमा जुटेको बिषयले पाएको छ । महाधिवेशनमा उम्मेदवारको प्रचारका लागि पुगेकी गायिका ज्योति मगरले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भलाकुसारी गरेकी छिन् । मंगलवारदेखि भृकुटीमण्डपमा प्रचार–प्रसारमा ब्यस्थ रहेकी गायिका मगरले बुधबार महाधिवेशनस्थल भृकुटीमण्डपमा एमालेका अध्यक्ष पदका उम्मेदवार तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेकी हुन् । पछिल्लो समय सुझबुझपूर्ण राजनीतिक स्टाटस लेखेर मगर चर्चामा छिन् । उनी मंगलबारदेखि भृकुटीमण्डपमा नेताहरूको प्रचारमा खटिएकी थिइन् । तर, उनले आफू एमालेको कार्यकर्ता नभएको स्पष्टोक्ती दिइन् । भृकुटीमण्डपमा भेटिएकी ज्योतीले संचारकर्मीसँग…
काठमाण्डौं । नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको माग गरेको रिटको सर्वोच्च अदालतले सुनुवाइ गर्ने भएको छ। कांग्रेसका विघटित प्रतिनिधि सभाको संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरे, सचेतक सुशीला थिङसहित ८ जनाले मंसिर २३ गते दर्ता गरेको रिटमाथि बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुनेछ। इजलासमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, मनोजकुमार शर्मा र नहकुल सुवेदी छन्। रिट निवेदन दिनेमा कांग्रेसका निवर्तमान सांसदहरू आशा विक, दीपक खड्का, सीताकुमारी राना, नागिना यादव, शान्ति विक र श्रवणकुमार श्रेष्ठ छन्। उनीहरूले आफ्नो रिटमा निर्वाचनका सबै गतिविधि रोक्न माग गरेका छन्। निर्वाचन रोक्न माग गर्दै पेस गरिएको रिटमा…
काठमाण्डौं । विभिन्न देशमा गरिँदै आएको इन्टरनेसनल ओपन फेन्डसिप तेक्वान्दो च्याम्पियनसिप ९आइओएफटिसी० को १५औं संस्करण नेपालमा हुने भएको छ । आइओएफटिसी नेपालको आयोजनामा आगामी बिहीबारदेखि पुस ५ गतेसम्म उक्त च्याम्पियनसिप काठमाडौंमा हुन लागेको हो। दुई वर्षको अन्तरमा विभिन्न देशमा गरिँदै आएको यो च्याम्पियनसिप नेपालमा पाँचौंपल्ट हुँदै छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा उक्त तीनदिने प्रतियोगिता हुनेछ। आइओएफटिसी नेपालले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ। यस प्रतियोगितामा नेपालसहित दक्षिण कोरिया, फिलिपिन्स, अस्ट्रेलिया, अमेरिका, अस्ट्रिया, क्यानडा, पाकिस्तान, भारत, हङकङ, चीन, मेक्सिको, माल्दिभ्स र बंगलादेशका एक हजार खेलाडीले चुनौती प्रस्तुत गर्नेछन्। तेक्वान्दो मार्फत विभिन्न देशहरूसँग…
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । ललितपुर महानगरपालिकाको १०७औं स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचनलेमात्रै मुलुकलाई संविधानसम्मत अघि बढाउन सकिने बताएकी हुन् । ‘मुलुकलाई संविधानसम्मत, लोकतान्त्रिक विधि र सुशासनको मार्गमा सुरक्षित तवरले अघि बढाउन हाम्रा सामु रहेको एकमात्र विकल्प भनेको निर्वाचन नै हो,’ प्रधानमन्त्री कार्कीले भनिन् । उनले २१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्ने अर्जुनदृष्टिका साथ सरकारले अहोरात्र खटेर तयारीका काम धेरै अगाडि बढाइसकेको बताइन् । निर्वाचनमार्फत् व्यक्त हुने नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आफू आतुर रहेको प्रधानमन्त्री कार्कीको भनाइ थियो । ‘निर्वाचनलाई कम खर्चिलो,…
काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको नतिजा आजै राति सार्वजनिक हुने भएको छ । एमाले नेता राजेन्द्र गौतमले राति साढे १० बजेअघि नै नतिजा सार्वजनिक हुने बताए । मतदान स्थल भृकुटीमण्डपमा बुधबार बिहान प्रेस ब्रिफिङको क्रममा गौतमले मतदान सकिएको दुई घण्टाभित्र नतिजा सार्वजनिक हुने बताए । ‘हाम्रो जम्मा मतदाताहरुको संख्या र भोटिङ मेसिनलाई लाग्ने समयलाई काउन्ट गर्दाखेरी एक जना व्यक्तिलाई एक जना व्यक्तिलाई २० मिनेट लाग्ने र एकपटकमा ८० जनाले भोट खसाल्न पाउने व्यवस्था गरिएको छ,’ उनले भने, ‘यसरी हेर्दा टेन्टेटिभ्ली आठ–साढे आठ घण्टामा हामीले मतदान क्काउँछौं भन्ने तयारी अनुसार, निर्वाचन आयोगले दिएको सूचना अनुसार हामी…
जनकपुरधाम । भारत र नेपालबिच नयाँ प्रविधि तथा स्टार्टअप क्षेत्रमा सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित भारत–नेपाल सहकार्य विषयक गोलमेच छलफल जनकपुरधाममा सफलतापूर्वक सम्पन्न भएको छ । भारतको वीरगञ्जस्थित महावाणिज्य दूतावास र नेपाल यंग इन्टरप्रेनर्स फोरम ९एनवाईईएफ० का वीरगञ्ज तथा जनकपुरधाम अध्यायहरूको सहकार्यमा पीएचडीसीसीआई भारत नेपाल सेन्टरद्वारा आयोजित यस कार्यक्रममा स्टार्टअप संस्थापकहरू, युवा उद्यमीहरू तथा एमएसएमई ९साना तथा मझौला उद्यम० प्रतिनिधिहरूको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा ४० भन्दा बढी प्रतिनिधि उपस्थित थिए । कार्यक्रमलाई सम्बोधन गर्दै विरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत देवीसहाय मिणाले भारत(नेपालबिच नयाँ प्रविधि र स्टार्टअप क्षेत्रमा सहकार्य विस्तार गर्न यस्ता संवाद कार्यक्रमहरू अत्यन्त महत्वपूर्ण हुने बताउनुभयो…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क