Author: Editor
बागलुङ । बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार निसी खोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन जना छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको हो । केहीबेर अघि तीन जनाको शव निकालिएको हो । रासस
म्याग्दी । बेनी–जोमसोम–कोरला सडकअन्तर्गत अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगर र वडा नम्बर– २ भुरुङ्ग–तातोपानीको नौलीबगर जोड्ने पुल कालीगण्डकीले बगाएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार अन्नपूर्ण गाउँपालिकाका वडा २, ३, ४ का साथै मुस्ताङसँगको यातायात सम्पर्कबाट विच्छेद भएका छन् । यसैगरी, अन्नपूर्ण गाउँपालिका–५ गिवाङमा एक र वडा ३ को फगाममा एउटा घर पहिरोमा पुरिएको छ । पुरिएका घरका दुई जनाको खोजी जारी छ । बेनी–जोमसोम सडकअन्तर्गत खामभित्तामा पनि कालीगण्डकीले सडक कटान गरेको छ । अन्नपूर्ण गाउँपालिका–४ घरापमा रहेको निलगिरि आधारभूत विद्यालयमा क्षति भएको छ ।
चितवन। नारायणी नदी तथा यसका प्रमुख सहायक नदीमा जलसतहले खतराको तह पार गरेपछि उच्च बाढीको जोखिम बढेको छ। जल तथा ऊर्जा आयोगको सचिवालय, जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र ( बाढी पूर्वानुमान महाशाखा ) ले विशेष बाढी पूर्वानुमान तथा परामर्श बुलेटिन जारी गर्दै तटीय तथा तल्लो क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा जान आग्रह गरेको छ। बुलेटिनअनुसार नारायणी नदीमा जलसतह खतराको तह नौ मिटरभन्दा माथि पुगी करिब ११ मिटर दर्ता भएको छ । जलसतह अझै बढ्दो क्रममा रहेको छ। देवघाट बाढी मापन केन्द्रका अनुसार आज दिउँसोसम्म नदीको बहाव अझै बढ्ने र अधिकतम जलसतह करिब १३ मिटरसम्म पुग्ने अनुमान…
नारायणगढ । नारायणगढ–मुग्लिन सडकको सिमलतालमा सडक भासिएको छ । आइतबार बिहान ८ः४५ बजेतिर मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल भन्ने स्थानमा त्रिशूली नदीले कटान गर्दा सडक भासिएको सडक डिभिजन कार्यालयले जनाएको छ । सडक भासिएपछि एकतर्फी मात्रै सडक सञ्चालन भएको छ । यता, अविरल वर्षाका कारण चितवनका विभिन्न क्षेत्रमा डुबानको समस्या देखिएको छ । भरतपुर महानगर पालिका वडा नम्बर–१६ को गुम्बाचोक, झनझने र शरणपुर क्षेत्र र १७ को मजुवा क्षेत्रमा नारायणी नदीले डुबान गरेको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार यो क्षेत्रमा अहिले सम्म २६० घर डुबानमा परिसकेको छ । नारायणगढ र देवघाटमा पनि डुबान भएको छ ।…
काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१, शिवपुरी– नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको धाप बाँधलाई विशेष निगरानीमा राखिएको छ। बंगालको खाडीमा उत्पन्न न्यूनचापीय क्षेत्रका कारण तीन दिनदेखि देशभर वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण धाप बाँधको सुरक्षालाई लिएर चर्चा परिचर्चा हुन थालेपछि जलस्रोत तथा सिँचाइ विभागले निगरानी थालेको हो। विभागले बाँधको नियमित निगरानी भइरहेको जनाएको छ। ‘हाल पछिल्लो केही समयदेखि वर्षाको मात्रा क्रमशः घट्दै गएको अवस्था रहेको छ,’ विभागले भनेको छ, ‘वर्षा घट्दै जाँदा बाँधमा आउने इनफ्लो समेत क्रमशः घट्न सक्ने अवस्था रहेकोले हाल जलाशयको पानीको सतह तथा पानीको लेभललाई विशेष निगरानीमा राखिएको छ।’ यससँगै जलाशयको पानी नियमित रुपमा व्यवस्थापन भइरहेको पनि…
काठमाण्डौं । प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन्। गत असोज ६ गते कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेका प्रधानमन्त्री शाहले नेपाली समयअनुसार असोज ९ गते शुक्रबार बिहान संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग शिष्टाचार भेटवार्ता गरेका थिए। त्यसलगत्तै उनले संयुक्त राष्ट्रसङ्घको महासभालाई नेपालको तर्फबाट सम्बोधन गरेका थिए। भ्रमणका क्रममा न्युयोर्कस्थित नेपाली स्थायी नियोगमा आयोजित विभिन्न ब्रिफिङ तथा औपचारिक स्वागत समारोहमा सहभागी भएका प्रधानमन्त्री शाह न्युयोर्कबाट दोहा हुँदै काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेरअघि अवतरण गरेका हुन्।
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा यही असोज २२ र २३ गते मुख्यमन्त्री सम्मेलन हुने भएको छ। कोशी प्रदेश सरकारको आयोजनामा हुने सो सम्मेलनमा सङ्घीयता कार्यान्वयनमा देखिएका समस्या र समाधानका उपाय, सङ्घीय शासन व्यवस्थाको सुदृढीकरण, प्रदेश सरकार गठन तथा सञ्चालनका क्रममा भएका असल अभ्याससहित अनुभवको आदानप्रदान, प्रदेशस्तरीय एवं तीन तहका सरकारबीचको समन्वय एवं सहकार्य, सुशासन र आर्थिक समृद्धिलगायतका विषयमा छलफल केन्द्रित हुने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले सातै प्रदेशका मुख्यमन्त्रीको सहभागिता रहने विराटनगर सम्मेलनलाई व्यवस्थित एवं सफल बनाउन आवश्यक पूर्वतयारीको काम सुरु भइसकेको जानकारी दिए। मुख्यमन्त्री कार्कीका आर्थिक सल्लाहकार मोहन सुवेदीले सडक…
कैलाली। लगातारको वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुदूरपश्चिमका पहाडी जिल्ला ( कैलाली –कञ्चनपुरबाहेक सबै ७ जिल्ला ) मा सवारीसाधन आवागमनमा रोक लगाइएको छ । सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले सूचना जारी गर्दै शनिबार बिहान ७ बजेदेखि आइतबार बिहानसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक( एसपी ) नवराज कार्कीले लगातारको वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारीसाधन सञ्चालनमा रोक लगाइएको जानकारी दिएका छन् । उनकाअनुसार सम्बन्धीत जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै सवारीसाधन चलाउनमा रोक लगाएका हुन् । पहाडी जिल्लामा छोटो तथा लामो दूरीका कुनै पनि सवारी साधन सञ्चालन गर्न नपाइने भएको…
काठमाडौँ । नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलमा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र सेनेगलका परराष्ट्रमन्त्री शेख नियाङले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा आज हस्ताक्षर गरेका परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ। त्यसअघि दुवै मन्त्रीबीच भेटवार्ता भएको थियो। उनीहरूले पारस्परिक हितका विविध विषयमा विचारविमर्श गरेका जनाइएको छ। योसँगै नेपालको कूटनीतिक सम्बन्ध १८८ देशमा विस्तार भएको छ।
काठमाडौँ । पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९ मिलिमिटर वर्षा भएको छ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार पाल्पाको अर्चलेमा १७२ मिलिमिटर, गुल्मीको भार्सेमा १७० दशमलव आठ मिलिमिटर, म्याग्दीको कुहुनमा १६५ दशमलव दुई मिलिमिटर र दर्वाङमा १६१ मिलिमिटर वर्षा मापन भएको छ । अहिले कैलालीको भजनी र धनगढी विमानस्थल, म्याग्दीको बेनी, पर्वतको कार्कीनेटा, पाल्पाको अर्चले, स्याङ्जाको पाँचमूल वर्षा भइरहेको मापन केन्द्रले जनाएका छन् । वर्षाका कारण बाँके, म्याग्दी, पर्वत, लमजुङ, चितवन र भोजपुरका विभिन्न नदीनालामा जलसहत सतर्कता तह नजिक पुगेको छ । बाढी मापन केन्द्रका अनुसार बाँकेको किरन नाला नदी र म्याग्दीका मङ्गलघाटमा नदीले जलसहत सतर्कता…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क