Author: Editor
काठमाडौं । लगातारको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाब बढेर खतराको तहमा पुगेको छ। पानीको तह १ लाख ७३ हजार ५ सय ९० क्युसेक पुगेपछि बिहीबार अपरान्हसम्म ब्यारेजका २२ वटा ढोका खोलिएको छ। अहिले पनि पानी परिरहेको र नदीमा जलसतह बढ्दो क्रममा रहेको ब्यारेजका प्राविधिकहरुले जनाएका छन्। नदीमा खतरा बढेपछि सुरक्षा निकायले कोशी ब्यारेज हुँदै आवतजावत गर्ने सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ।
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी वरिष्ठ नेता चयन भएकी छिन्। केन्द्रीय कमिटीको बैठकअघि आजै भएको सो पार्टीको सचिवालयको बैठकले वरिष्ठ नेतामा भण्डारीसहित केन्द्रीय सदस्यमा मनोनयन हुने सूची पारित गरेको थियो। पार्टीका पूर्वउपाध्यक्ष भण्डारीलाई पार्टीको सदस्यता दिनेरनदिने विषयमा आन्तरिक बहस चलेकामा हाल सर्वम्मतिले वरिष्ठ नेताको जिम्मेवारी दिने निर्णय भएको छ। एमालेका सचिव हिक्मत कार्कीले भण्डारी अब वरिष्ठ नेताको भूमिकामा रहने र उनको राजनीतिक तथा सांगठनिक अनुभवले पार्टीको आगामी कार्यभारलाई प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। बैठकपछि प्रतिक्रिया दिँदै सचिव पद्मा अर्यालले भण्डारीजस्तो अनुभवी र सम्मानित नेतालाई सदस्यता दिइसकेपछि विशुद्ध पार्टी सदस्य बनाएर…
काठमाण्डौ. । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले प्रधान कार्यालयमा कार्यरत कर्मचारीलाई सार्बजनिक बिदामा समेत उपत्यका नछाड्न निर्देशन दिएको छ । हालको मौषमलाई मध्यनजर गरी प्रधान कार्यालयमा स्टाण्डबाई डिउटी बाहेकका कर्मचारिलाइ समेत उपत्यका बाहिर नजान निर्देशन दिइएको हो । यसका साथै सार्बजनिक बिदाको दिनमा समेर बोलाएको बखत तुरुन्त हाजिर हुने गरी सम्पर्कमा रहन समेत प्रधान कार्यालयले आदेश दिएको छ । बिपद प्रतिकार्यका लागि प्रधान कार्यालयमा समेत ठूलो संख्यामा सुरक्षाकर्मी तयारी अबस्थामा राखिएको छ ।
काठमाडौं । नेपाल प्रहरीले यही असोज ९ देखि ११ गतेसम्म विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने सम्भावनालाई लक्षित विभिन्न राजमार्गमा रात्रि समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ । प्रहरी प्रधान कार्यालयले आज दिउँसो सार्वजनिक गरेको सूचनाअनुसार पृथ्वीराजमार्गसहित विभिन्न राजमार्गमा रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ । पृथ्वीराजमार्ग भएर सञ्चालन हुने सवारीसाधन पनि आज बेलुका ८ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म आवागमनमा पूर्ण रोक लगाइएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार देशभर मनसुन भइरहेकाले सिद्धिचरण लोकमार्गमा आजदेखि असोज १२ गतेसम्म बेलुकी ६ः०० देखि विहान ६ः०० बजेसम्म अत्यावश्यक बाहेकका सम्पूर्ण सवारीसाधन तथा पैदलयात्रीको रात्रिकालीन आवतजावत पूर्ण रूपमा रोक लगाइएको जनाएको छ ।…
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले समसामयिक विषयमा २२ वटा निर्णय गरेको छ। केन्द्रीय कमिटीको बैठकपछि महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत बैठकको निर्णय सार्वजनिक गरेका हुन्। प्रेस वक्तव्य नेकपा ( एमाले ) केन्द्रीय कमिटीको तेस्रो बैठक अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ५–८ असोज, २०८३ ललितपुरको भनिमण्डल स्थित रामबाग महलमा महत्वपूर्ण निर्णयहरुसहित सम्पन्न भएको छ । बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ । बैठकले ११ औं महाधिवेशनपछि केन्द्रीय कमिटीमा मनोनित हुन बाँकी केन्द्रीय सदस्यहरू मनोनित गरेको छ । केन्द्रीय सदस्यहरु मनोनितसँगै पार्टीका पूर्वउपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी नेतृत्वको दोस्रो वरियतामा रहने गरी वरिष्ठ नेतामा…
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङलाई वासिङ्टन पुग्नेबित्तिकै विमानस्थलमै पुगेर स्वागत गरे । न्यानो पारस्परिक सम्बन्ध नभएको प्रतिस्पर्धी राष्ट्रका राष्ट्रपतिलाई अमेरिकाले दिएको यो दुर्लभ आतिथ्यता अहिले विश्वभर चर्चाको विषय बनेको छ । सामान्य शिष्टाचारका हिसाबले हेर्दा यो एउटा आतिथ्यपूर्ण व्यवहार मात्रै देखिन सक्छ । तर अमेरिका–चीन सम्बन्धको इतिहास, दुई देशबीचको रणनीतिक प्रतिस्पर्धा र अमेरिकी राष्ट्रपतिको प्रोटोकललाई हेर्ने हो भने यसको अर्थ निकै गहिरो छ । सीलाई स्वागत गर्न ट्रम्प पत्नी मेलेनियासहित मेरील्यान्डस्थित जोइन्ट बेस एन्ड्रुज पुगेका हुन् । अमेरिकी राष्ट्रपतिले विदेशी राष्ट्राध्यक्षलाई विमानस्थलमै पुगेर स्वागत गर्ने अभ्यास अहिले सामान्य छैन । अमेरिकी राष्ट्रपतिहरू प्रायः विदेशी नेताको…
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले देशभरका प्रमुख नदीहरूमा जलसतह उल्लेख्य रूपमा बढ्ने पूर्वानुमान गरेको छ। बिहीबार बिहान विशेष बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै महाशाखाले आगामी पाँच दिनसम्म कोशी, नारायणी, कर्णाली र महाकाली लगायतका नदी प्रणालीमा पानीको बहाव बढ्ने आकलन गर्दै सतर्कता अपनाउन सङ्केत गरेको हो। महाशाखाको बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तहभन्दा उल्लेख्य रूपमा तल रहेको छ। यद्यपि आज गतेदेखि १२ गतेसम्म यी सबै नदीहरूको बहाव निरन्तर बढ्ने क्रममा रहने बुलेटिनमा उल्लेख छ। कोशी जलाधार अन्तर्गतका सप्तकोशी, तमोर, अरुण, दूधकोशी, तामाकोशी…
बुटवल । सम्भावित भारी वर्षाका कारण बाढी तथा डुबानको जोखिम बढ्न सक्ने भन्दै बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुखस्तरीय निर्णयअनुसार असोज ८ गते दिवा सत्रका सबै कक्षा बन्द रहनेछन्। यस्तै, असोज ९ गते बिहानी र दिवा दुवै सत्रका कक्षा सञ्चालन नहुने उपमहानगरपालिकाले जनाएको छ । सम्भावित बाढी, डुबान तथा प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राखेर विद्यालय बन्द गर्ने निर्णय गरिएको उपमहानगरपालिकाले जनाएको हो । उपमहानगरपालिकाले जोखिमयुक्त समयमा बालबालिकालाई सुरक्षित राख्न अभिभावकलाई आग्रह गरेको छ। साथै, बालबालिकालाई खोला किनार तथा अन्य जोखिमपूर्ण क्षेत्रमा जान नदिन र उच्च सतर्कता…
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र आइसल्यान्डकी परराष्ट्रमन्त्री पोर्गदर क्याट्रिन गुनार्सदोतिरबिच संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सत्रका अवसरमा उहाँहरूबिच भेटवार्ता भएको हो। भेटवार्ताका क्रममा दुवै परराष्ट्रमन्त्रीले जलवायुजन्य विपदबाट उत्पन्न अभूतपूर्व आर्थिक तथा मानवीय क्षतिबारे विचार आदानप्रदान गर्नुभयो। नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिका साथै जलवायु परिवर्तनका कारण बढ्दो जोखिमबारे पनि छलफल भएको थियो।उहाँहरूले विपद्पछिको समयमै पुनःस्थापना, पुनर्मिलन तथा पुनर्निर्माणका लागि सरकारका सबै तह तथा समाजका सबै पक्षको समन्वित प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो। विपदबाट प्रभावित समुदायलाई शीघ्र राहत तथा दीर्घकालीन पुनर्निर्माणतर्फ अघि बढाउन समग्र सरकारी तथा सामाजिक संयन्त्र परिचालन गर्नुपर्नेमा…
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । बिहीबार बिहान ११ बजेदेखि सुरु भएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । यसैगरी, बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३ माथि विचार गरियोस् ’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । https://www.youtube.com/watch?v=93sNmI_rrmI
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क