Author: Editor
काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति पुर्याइएका २० वटा झोलुङ्गे पुलको मर्मतमा सुरु भएको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार बाढीले मुग्लिङदेखि टिमुरेसम्म रहेका ६४ वटा झोलुङ्गे पुलमध्ये ५३ वटामा क्षति पुर्याइएको थियो। “सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका ५३ मध्ये २० वटा झोलुङ्गे पुलको मर्मत गर्नुपर्ने निष्कर्ष निकालेका थिए”, कार्यालयले भनेको छ, “क्षतिग्रस्त पुल मर्मतका लागि सरकारले भदौ १७ गते कार्यादेश जारी गरेको थियो।” जसमध्ये महेश दोभान–मास्टार, कालिकाथान, मलिङ्गा–मझुवाटार, केउरेनी–गहते र पिमलटार–जागराम खोला झोलुङ्गे पुलको मर्मतमा प्रगति भएको छ । यी पाँच वटा झोलुङ्गे पुलहरू एक महिनाभित्र मर्मत सम्पन्न गरिनेछ। पुनःनिर्माण…
काठमाडौं । भदौ १० गते रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भयो। अझै पनि खोज तथा उद्धारको प्रयास जारी छ। बाढीका कारण रसुवामा रहेका विभिन्न जलविद्युत आयोजनामा कार्यरतहरू पनि फसेका थिए। केहीको शव भेटिएको छ भने केहीको अझै अवस्था अज्ञात नै छ। जलविद्युत आयोजनाको सुरुङभित्र धेरै व्यक्ति फसेको सूचनापछि नेपालीसेनासहितको प्राविधिक टोलीले त्यसमा केन्द्रित खोजी जारी राखेको छ। नेपाली सेनाका महासेनानी झविन्द्रबहादुर रेश्मीका अनुसार नेपाली सेनाले अहिलेसम्म ३ हजार २ सय बढी नेपालीको उद्धार गरिसकेको छ। यो संख्या सुरूङभित्र र बाहिरबाट उद्धार भएकाहरूको हो। उनका अनुसार सेनाले २७० जना बढी विदेशी नागरिकको उद्धार गरिसकेको…
काठमाडौं । त्रिशूली ३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङमा जारी उद्धारमा सहयोग गरिरहेका रास्वपाका दुई सांसद सागर ढकाल र श्रीराम न्यौपाने काठमाडौं फर्किएका छन् । उद्धारस्थलमा सांसदहरुको उपस्थितले अवरोध पुगेको गुनासो आएपछि रास्वपाले उनीहरुलाई फर्किन निर्देशन दिएको थियो । सांसदद्वय ढकाल र न्यौपाने दुवै इन्जिनयिर हुन् । न्यौपाने सिभिलरजलस्रोत तथा सुरुङ ९टनेल० इन्जिनियर हुन् । उनले पुल्चोक क्याम्पसबाट सिभिल इन्जिनियरिङमा स्नातक र जलस्रोत इन्जिनियरिङमा स्नातकोत्तर गरेका छन् । उनी नागढुङ्गा सुरुङमार्ग र मेलम्ची खानेपानी आयोजनाजस्ता सुरुङ निर्माण क्षेत्रमा लामो अनुभव भएका विज्ञ हुन् । ढकाल मेकानिकल ९जलविद्युत्० र वाटर साइन्स इन्जिनियर हुन् । उनले पुल्चोक क्याम्पसबाट मेकानिकल इन्जिनियरिङ ९जलविद्युत्० मा स्नातक…
काठमाडौँ । भगवान् श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा आज देशभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै छ। श्रीकृष्ण जन्माष्टमीका अवसरमा बिहानैदेखि ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्ण मन्दिरमा पूजा–अर्चना तथा दर्शन गर्न भक्तजनको घुइँचो लागेको छ। मन्दिर परिसरमा भगवान् श्रीकृष्णको दर्शन तथा पूजा गर्न भक्तजन लामो लाइनमा बसेका छन्। भक्तजनहरू भजन–कीर्तन गर्दै तथा भगवान् श्रीकृष्णको नाम स्मरण गर्दै मन्दिर पुगेका छन्। हिन्दु धर्मावलम्बीले भगवान् श्रीकृष्णलाई धर्म, सत्य, प्रेम र कर्मका प्रतीकका रूपमा श्रद्धा गर्ने गर्छन्। महाभारतमा अर्जुनलाई दिएको उपदेशमार्फत श्रीकृष्णले भक्तियोग, ज्ञानयोग र कर्मयोगको महत्त्वबारे मार्गदर्शन गरेको धार्मिक मान्यता छ। जन्माष्टमीका दिन भक्तजनले व्रत बस्ने, मध्यरातमा श्रीकृष्णको जन्मोत्सव…
काठमाडौं । त्रिशूली थ्री ‘ए’को सुरुङबाट जीवित्तै उद्धार गरिएका सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य रहेको पाइएको छ । उद्धार गरिपछि नेपाली सेनाले उनको स्वास्थ्य जाँच गराउँदा सामान्य रहेको देखिएको हो । यसबारे नेपाली सेनाले जानकारी दिँदै अवस्था सामान्य रहेको बताएको छ । उनीसँगै उद्धार गरिएका अर्का व्यक्ति कवीर महर्जनलाई भने उपचारका लागि छाउनी अस्पताल ल्याइँदै छ । उनलाई हेलिकप्टरमार्फत ल्याइँदै छ । रसुवा बाढीको १० दिनपछि नेपाली सेना, सशस्त्र प्रहरीसहितको संयुक्त टोलीले कविर महर्जन र सञ्जय साहको जीवित्तै उद्धार गरेको थियो । त्रिशूली थ्री ‘ए’को सुरुङबाट जीवित्तै उद्धार गरिएका कविर महर्जनलाई काठमाडौंस्थित छाउनी अस्पताल ल्याइँदै छ । नेपाली सेनाका प्रवक्ता…
काठमाण्डौं । सशस्त्र प्रहरी बल नेपालले संगठनको तर्फबाट प्रधानमन्त्री दैबी प्रकोप उद्दार कोषमा १५ करोड ५० लाख रकम जम्मा गर्ने भएको छ । कर्मचारीको तलब कट्टा गरि राहत कोषमा जम्मा गर्नुका साथै बाढिमा परि मृत्यु भएका कर्मचारिका आश्रीत परिवारलाई तत्काल २५ लाख रुपैयाँ उपलब्ध गराइने भएको छ । जस अनुसार सशस्त्र प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरूले १५ दिनको, नायव महानिरीक्षक र वरिष्ठ उपरीक्षकले १२ दिनको, उपरीक्षक, नायव उपरीक्षक र निरीक्षकहरुले १० दिनको, जुनियर अधिकृतहरूले ७ दिनको, वरिष्ठ हवलदार देखि जवान सम्मले ५ दिनको र सशस्त्र प्रहरी परिचरले ३ दिनको तलब बराबरको रकम योगदान गर्नेछन् । बि।ओ।पि। टिमुरे र सुरक्षा बेस…
काठमाडौँ। पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर क्षेत्रमा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण सडक अवरुद्ध भएपछि काठमाडौँ उपत्यकामा एलपी ग्यासको ढुवानी तथा वितरण प्रभावित भएको छ। सडक अवरुद्ध भएसँगै वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता भएपछि ग्यास ढुवानी लागत बढेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। गत भदौ १४ गते कृष्णभीर क्षेत्रमा आएको बाढीले पृथ्वी राजमार्गको केही भाग कटान गरेपछि काठमाडौं उपत्यका तथा आसपासका जिल्लामा एलपी ग्यास सिलिन्डरको बिक्री–वितरण चुनौतीपूर्ण बनेको संघले जनाएको हो। समस्या समाधानका लागि सोही दिन नेपाल आयल निगम र नेपाल एलपी ग्यास उद्योग संघबीच छलफल भएको थियो। छलफलपछि काठमाडौं उपत्यकामा बजार व्यवस्थापन गरिरहेका ग्यास उद्योगलाई मकवानपुर, पर्सा, बारा,…
काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् । ज्ञान योग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेषगरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं श्रीकृष्णका…
काठमाडौं । त्रिशूली थ्री एको सुरुङबाट अर्का एक व्यक्तिको पनि जीवितै उद्धार गरिएको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार कवीर महर्जनलाई उद्धार गरिएको हो । यसअघि आजै सञ्जय साहको उद्धार गरिएको थियो । शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत छन् । दुवै जना लाई उपचारका निम्ति काठमाडौँ ल्याउने तयारी भइरहेको छ ।
काठमाडौं । एसीसी पुरुष प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । मलेसियाको बाङ्गीस्थित वाईएसडी यूकेएम ओभलमा बिहीबार भएको खेलमा नेपालले घरेलु टोलीलाई ६ विकेटले पराजित गरेको हो । यसअघि, पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको थियो । १०४ रनको लक्ष्य नेपालले २१।४ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । नेपालका लागि अर्जुन कुमालले नटआउट ४५ र दीपेन्द्र सिंह ऐरीले नटआउट १२ रन बनाए । इशान पान्डेले २०, रोहित कुमार पौडेलले १० र देव खनालले २ रन जोडे । आसिफ शेख गोल्डन डकआउट भए । मलेसियाका लागि सैयद अजिज, अरिफ उल्लाह, विरनदीप सिंह र प्रशान्त मधुकरले…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क