Author: Editor
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । यसअघि २० गते शनिबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको बैठक एकदिन पछि सार्दै आइतबार बस्न लागेको हो । बैठक दिउँसो १ बजे बस्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए । बैठकमा रसुवाको भोटेकोसी बाढीमा पार्टीको भूमिका र पार्टीको १५औँ महाधिवेशनको बारेमा छलफल हुने उनले बताए ।
नुवाकोट । भदौ १० को बाढीले त्रिशूली नदीमा रहेका अधिकांश पुल बगाएपछि नुवाकोटका विभिन्न क्षेत्रमा यातायात तथा आवतजावत प्रभावित भएको छ । बाढीका कारण विदुर नगरपालिका– ५, देवीघाटस्थित तादी नदीको पुल तथा सडक संरचनामा समेत क्षति पुगेपछि नेपाली सेनाले आवतजावत पुनःस्थापित गर्न एक्रो ब्रिज निर्माणको काम तीव्र बनाएको छ । नुवाकोटको विदुर नगरपालिका ५, देवीघाटस्थित तादी नदीमा नेपाली सेनाको इन्जिनियरिङ फौजले एक्रो ब्रिज निर्माणको कामलाई तीव्रता दिएको हो । बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रको आवतजावत सहज बनाउन सेनाले ६० मिटर लामो, ५.५ मिटर चौडा तथा ५० टन भारवहन क्षमता भएको एक्रो ब्रिज निर्माण गरिरहेको छ ।…
काठमाडौं । नेपाल प्रहरीका इन्स्पेक्टरदेखि गाउँपालिका अध्यक्षसहित ८ जना क्यासिनोबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पोखरिया, पर्साबाट नेपाल प्रहरीका इन्स्पेक्टर प्रदीप पौडेल र सखुवाप्रसौनी गाउँपालिकका अध्यक्ष ३६ वर्षीय जसवन्त यादवसहित ८ जना क्यासिनोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी पवनुकमार भट्टराईले जानकारी दिए । वीरगञ्ज १४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि नामको क्यासिनोमा उनीहरु प्रवेश गरी जुवा खेलेको आरोप छ । पक्राउ पर्नेहरुमा इन्स्पेक्टर पौडेलसहित पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय जसवन्त यादव, सोही ठाउँका ३० वर्षीय चन्दन सहनी, वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओम प्रकाश बैठा छन् । त्यसैगरी नेपालीहरुलाई क्यासिनोमा प्रवेश गराउने क्यासिनोका कर्मचारीहरु…
बाजुरा । अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ। गए राति लगातार परेको वर्षाका कारण बडीमालिका नगरपालिका–९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायतका स्थानमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। यस्तै, बडीमालिका नगरपालिका–८ को राप्का र वडा नं ६ को जडाङ्गालगायतका स्थानमा समेत पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिए। सडक अवरुद्ध भएको जानकारी प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालय बाजुराबाट प्रहरी सहायक निरीक्षक लक्ष्मी दत्त भट्टको कमान्डमा पाँच जनाको प्रहरी टोली पहिरोस्थलतर्फ खटाइएको छ। प्रहरी टोलीले बडीमालिका नगरपालिका…
काठमाडौँ । नेपाल–चीन सीमामा आएको बाढीका कारण चीनको केरुङ क्षेत्रस्थित इमिग्रेसन तथा भन्सार भवनबाट शुक्रबार बेलुकीसम्म ३१ शव फेला परेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। चिनियाँ अधिकारीलाई उद्धृत गर्दै सिन्ह्वाले ५३१ जना बेपत्ता रहेको जनाएको छ। बेपत्ता हुनेमा विदेशी नागरिक तथा तीर्थयात्रीसमेत रहेका छन्। यसैबिच, भारतीय विदेश मन्त्रालयले शुक्रबार बेलुकीसम्म नेपालबाट १६९ जना भारतीय नागरिकको उद्धार गरिएको जनाएको छ। बाढीमा परी भारतका २७५ जना हालसम्म बेपत्ता रहेको मन्त्रालयले जानकारी दिएको छ ।
नारायणगढ । काठमाडौँ उपत्यकामा ग्यास अभाव बढेपछि उपत्यकाबाहिरका जिल्लाबाट अहिले दैनिक औसत ३५ हजार सिलिन्डर पठाउन थालिएको उद्योगीले बताएका छन् । कृष्णभिरसहित पृथ्वी राजमार्गका विभिन्न खण्डमा सडक अवरुद्ध भएपछि ग्यास बुलेट काठमाडौँ पुग्न सम्भव नभएपछि अहिले काठमाडौँबाहिरबाटै सिलिन्डर भरेर पठाउन थालिएको छ । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्द काठमाडौँ उपत्यकामा ग्यासको अभावलाई हटाउन उद्योगीले चितवन, मकवानपुर, बारा, पर्सालगायतका क्षेत्रमा सिलिन्डर भरेर काठमाडौँ पठाउँदै गरेको जानकारी दिनुभयो । “हामीले बिहीबार २४ हजार शुक्रबार ३४ हजार सिलिन्डर काठमाडौँ पठाएका छौँ,” उहाँले भन्नुभयो, “शनिबार पनि ३५ हजार सिलिन्डर काठमाडौँ पुगेको छ ।” नेपाल आयल निगमले उपत्यकाबाहिर पनि सिलिन्डर भरेर ल्याउने अनुमति दिएपछि बिहीबारबाटै वैकल्पिक…
काठमाण्डौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राजनीति, कर्मचारीतन्त्र र राज्यका सम्पूर्ण निकायहरू अन्योलको अवस्थाबाट गुज्रिरहेको बताएका छन्। वर्तमान सरकारको शैलीप्रति असन्तुष्टि जनाउँदै उनले अहिले देखिएका राजनीतिक तथा प्रशासनिक लक्षणहरू राम्रो नभएको बताएका हुन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले सरकारका राम्रा काममा सहयोग रहने भए पनि गलत कामको विरोध र खबरदारी गर्ने आफ्नो स्पष्ट नीति रहेको दोहोर्याए। ‘अहिले कता(कता नेपाली राजनीति पनि, नेपाली कर्मचारीतन्त्र पनि र सबै राज्यका निकायहरू अलि बढी अन्योलमा भएको देखिन्छ,’ पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण गर्दै दाहालले भने, ‘सुरुदेखि हामीले भनेका छौं, राम्रो गर्नुस् सहयोग हुन्छ, समर्थन…
नुवाकोट । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको २२५ मिटर लामो सुरुङभित्र फसेका एक चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ। नेपाली सेना र विदेशी प्राविधिकसहितको संयुक्त उद्धार टोलीले चिनियाँ नागरिक लुहाईताओ लाई सुरुङभित्रबाट जीवितै उद्धार गरेको हो। उद्धारपछि उनको स्वास्थ्य परीक्षण भइरहेको छ। घटनास्थलमा थप सम्भावित व्यक्तिको खोजी तथा उद्धार कार्यसमेत जारी रहेको जनाइएको छ।
काठमाडौं । गत १० भदौमा गएको बाढीपछि चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाहरूको उद्धारका लागि प्रयास जारी छ । भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल पूर्ण रूपमा विच्छेद हुँदा उद्धारका लागि आवश्यक जनशक्ति, सामग्री तथा उपकरण घटनास्थलसम्म पुर्याउन कठिनाइ भइरहेको बताइएको छ । हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्रै प्रवेश गरी म्यानुअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने काममा खटिएका छन् । २५० मिटर लामो सुरुङमध्ये करिब १०० मिटर भाग सफा गरिएको छ । तर, म्यानुअल रूपमा मात्रै उद्धार कार्य अघि बढाउन कठिन हुने भएकाले ठूलो एक्स्काभेटर घटनास्थलसम्म पुर्याउने तयारी भइरहेको छ । एक्स्काभेटर लैजान स्याफ्रुबेँसीदेखि पावरहाउस…
नुवाकोट । भोटेकोशी बाढीपछि बेपत्ता एक वृद्वाको सशस्त्र प्रहरीले जिवित उद्धार गरेको छ । उद्धार हुनेमा बिदुर नगरपालिका–१० की चन्डिका श्रेष्ठ रहेकी छन् । उनलाई बेत्रावती बजारको एक घरबाट उद्धार गरिएको सशस्त्रका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० की श्रेष्ठलाई सशस्त्र प्रहरी बल, नेपालका प्रहरी निरीक्षक सुमन बिकको कमान्डमा खटिएको टोलीले उद्धार गरेको हो। उद्धारका क्रममा श्रेष्ठ अचेत अवस्थामा भेटिएकी थिइन्। उद्धारपश्चात् उनलाई हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेक ल्याइँदैछ। प्रारम्भिक उपचार गरेपछि आवश्यकता अनुसार थप उपचारका लागि उनलाई मैबल ब्यारेकबाट काठमाडौँ लगिनेछ।
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क