काठमाडौं । त्रिशूली थ्री एको सुरुङबाट अर्का एक व्यक्तिको पनि जीवितै उद्धार गरिएको छ । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयका अनुसार कवीर महर्जनलाई उद्धार गरिएको हो । यसअघि आजै सञ्जय साहको उद्धार गरिएको थियो ।
शाह मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत छन् । दुवै जना लाई उपचारका निम्ति काठमाडौँ ल्याउने तयारी भइरहेको छ ।
