Author: Editor

काठमाडौँ । आज ‘जेन–जी’ सहिद दिवस मनाइँदै छ । २०८२ भदौ २३ गतेको ‘जेन(जी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो । आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो । आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । भदौ १८ गते बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

Read More

काठमाडौँ। रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ताको शीघ्र उद्धार र सकुशलताको कामना गर्दै नेपाल पर्यटन बोर्डमा सोमबार साँझ दीप प्रज्वलन गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’को उपस्थितिमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछाने, विपद् व्यवस्थापन संयोजक हिक्मतसिंह ऐर, नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, बोर्डका पदाधिकारीहरू, पर्यटक प्रहरीका अधिकारी तथा पर्यटन क्षेत्रका विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र पर्यटन व्यवसायीको सहभागिता थियो। कार्यक्रममा सहभागीले बाढीमा ज्यान गुमाएका सबैप्रति मौन धारण गर्दै श्रद्धाञ्जली व्यक्त गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेका थिए । साथै बेपत्ता…

Read More

काठमाडौँ । नेपाल प्रिमियर लिग ( एनपिएल ) को तेस्रो संस्करणको टिकट बिक्री गर्ने अधिकार इसेवाले पाएको छ। नेपाल क्रिकेट सङ्घ ( क्यान ) ले आज तेस्रो संस्करणको एनपिएलको मिडिया र टिकट बिक्री गर्ने अधिकार प्रदान गरेको हो। क्यानद्वारा आज जारी प्रेस विज्ञप्तीमा मिडिया तथा टिकट बिक्री गर्ने अधिकारसम्बन्धी बोलपत्र र खरिद प्रक्रिया पूरा गरी सफल अधिकारधनी कम्पनीहरूलाई अधिकार प्रदान गरेको जनाएको हो। इसेवा लिमिटेडले टिकट बिक्री गर्ने अधिकार ८५ लाखमा प्राप्त गरेको छ। क्यानका अनुसार टिकट बिक्रीबाट प्राप्त आम्दानीको ९५ प्रतिशत क्यानलाई र पाँच प्रतिशत इसेवालाई प्राप्त हुनेछ। क्यानका अनुसार विश्वव्यापी ओटीटी अधिकार नेट टिभी प्रालीलाई १८ करोड ४…

Read More

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागले दिएको जानकारीअनुसार यही भदौ १० गते भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका हुन्। पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका पर्यटक बेपत्ता भएको जानकारी दिए। बेपत्ता भएका विदेशी पर्यटकमध्ये २५६ पुरुष, ३२९ महिला र दुई अन्य रहेका छन्। बेपत्ता भएका विदेशी नागरिकमध्ये सबैभन्दा बढी छिमेकी मुलुक भारतका रहेका छन्। विभागले दिएको जानकारीअनुसार भारतका १८४ नागरिक बेपत्ता भएका छन्। यसबाहेक अष्ट्रेलियाका ३३, बेलारुसका दुई, क्यानडाका ३०, फिनल्यान्डका एक, फ्रान्सका चार,…

Read More

नुवाकोट। राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित एवं प्राकृतिक विपत्तिमा घरबारविहीन भएका, आफन्त गुमाएका, विस्थापित भएका र आफ्नो जीविकोपार्जनका आधार खोसिएका नागरिकहरूको पीडा अत्यन्त गहिरो रहेकाले अहिले उनीहरूलाई राज्यको साथ र भरोसा चाहिएको बताएका छन् । उनले पीडितहरूका गुनासा र मागलाई आलोचना नसम्झी समस्या समाधानको सङ्केतका रूपमा बुझ्न पनि आग्रह गरेका छन् । भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गरी राजधानी काठमाडौँ फर्केपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले बाढीपीडितहरूको उद्धार, खोज, राहत, पुनर्निर्माण र पुनःस्थापनाका सबै कामलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउन सरकारबाट राज्यका स्थानीयलगायत सबै…

Read More

काठमाडौँ। रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले उक्त रकम बराबरको चेक अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो। उक्त प्रतिनिधिमण्डलमा महामन्त्री पौडेलका साथै पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ, प्रवक्ता देवराज चालिसे, रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मोहन आचार्य लगायतका नेताहरू रहेका थिए। केही दिनअघि रसुवा र नुवाकोट क्षेत्र हुँदै बग्ने भोटेकोशी, त्रिशूली नदीलगायतका स्थानमा आएको भीषण बाढीले त्यस क्षेत्रमा ठूलो जनधनको क्षति गरेको थियो। बाढीका कारण कैयौं घरपरिवार विस्थापित हुनुका साथै भौतिक संरचनामा व्यापक नोक्सानी भएको…

Read More

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला क्षेत्रमा आज देखि दैनिक १० घण्टा सवारी आवागमन रोकिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार तुइन खोला क्षेत्रमा सडक मर्मत तथा भित्तो काट्ने ( माटो कटान )   कार्यका लागि निश्चित समय तोकेर आजदेखि दैनिक १० घण्टा सवारी आवागमन बन्द गर्न लागिएको जनाएको हो। प्रशासनका अनुसार मुग्लिन–काठमाडौं सडकखण्डअन्तर्गत कृष्णभीरमा सडक मर्मत तथा नयाँ ट्रयाक खोल्ने काम भइरहेकाले हाल उक्त सडकमा सवारी चाप न्यून छ। यही अवस्थालाई उपयोग गर्दै नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला परियोजनाअन्तर्गत भित्तो काट्ने काम अघि बढाउन लागिएको हो। निर्धारित कार्यतालिकाअनुसार बिहान ६ बजेदेखि ८ बजेसम्म, ८ः३० देखि १०ः३० बजेसम्म, ११ बजेदेखि दिउँसो…

Read More

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेल रसुवा बाढीप्रभावित क्षेत्रको अवलोकनमा जाँदै छन् । राष्ट्रपति पौडेल सोमबार बिहान बाढीप्रभावित क्षेत्र नुवाकोट पुग्ने जनाइएको छ । शीतलनिवास स्रोतका अनुसार राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरमार्फत नुवाकोटको मैथिल ब्यारेक पुग्नेछन् । त्यहाँबाट उनी नुवाकोटा विभिन्न स्थानमा पुगेर बाढीको क्षतिको अवलोकन गर्नेछन् । त्यसपछि होल्डिङ सेन्टरमा पुगेर पीडितको अवस्था पनि बुझ्ने जनाइएको छ । राष्ट्रपति पौडेल बाढी आएको १३औँ दिनमा अवलोकनमा जान लागेका हुन् । बाढीको १३ दिन पुगेको दिन आज देशभर राष्ट्रिय शोक मनाउने निर्णय सरकारले गरेको छ ।

Read More

चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर सडक यातायात अवरुद्ध बनेपछि भरतपुर–काठमाडौँ हवाई उडानमा यात्रुको चाप बढेको छ। यात्रुको चाप बढेसँगै भरतपुरबाट काठमाडौँ उडान दोब्बरभन्दा बढी गरिएको छ। भरतपुरबाट काठमाडौँ लागि बुद्ध एयरको मात्रै जहाज सञ्चालन हुँदै आएका छन्। बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा भरतपुरबाट काठमाडौँका लागि दैनिक पाँच उडान हुँदै आएका थिए। अहिले पृथ्वी राजमार्ग अवरुद्ध बनेसँगै उडान सङ्ख्या बढाएर ११ वटासम्म पुर्‍यायाइएको छ। दैनिक उडान आवश्यकताअनुसार ९ देखि ११ सम्म पुर्‍याइएको बस्नेतले बताए। भरतपुरबाट काठमाडौँ आवतजावत गर्ने बुद्ध एयरको ‘एटिआर ७२’ जहाज हो। यसले काठमाडौँबाट भरतपुर ६५ देखि ७० जना र भरतपुरबाट…

Read More

तनहुँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि डिएनए नमूना सङ्कलन गर्न तनहुँ प्रहरीले बेपत्ताका आफन्तलाई सम्पर्कमा आउन आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बाढीमा बेपत्ता भएका व्यक्तिका आफन्तलाई आवश्यक डिएनए नमूना उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिए। हालसम्म बेपत्ता व्यक्तिको पहिचानका लागि कसैले डिएनए नमूना नदिएको उनले बताए। बाढीले बगाएका शवमध्ये तनहुँ जिल्लाका आँबुखैरेनी र देवघाटस्थित त्रिशुली नदीबाट हालसम्म ३९ शव फेला परेका छन्। तीमध्ये २४ शव पोखरा पठाइएको थियो भने १५ शव व्यास नगरपालिका–५ चनौली क्षेत्रमा व्यवस्थापन गरिएको छ। यसैबीच, तनहुँ घर भएका ३३ जना व्यक्ति बाढीपछि…

Read More