Author: Editor
काठमाण्डौं । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो। आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने छ। आइतबार साँझसम्म प्रहरी प्रधान कार्यालय नक्सालले जनाए अनुसार भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५३ जनाको शव फेला पारिएको छ। यस्तै, बाढीमा परी अझै तीन हजार ९९२ जना सम्पर्कविहीन छन्। बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी, उद्धार तथा शव व्यवस्थापन कार्यलाई सुरक्षा निकायले…
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ५ बजेसम्म एक हजार ३५१ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा १६९ जना, नुवाकोटमा १९६ जना, धादिङमा ६९ जना, चितवनमा ३६२ जना, गोरखामा ७४ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २२२ जना र नवलपरासी पश्चिम २२१ जना गरी एक हजार ३५१ जनाको शव फेला परेको हो । फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पूरा गरी हाल सम्म एक हजार ४४ वटा शव व्यवस्थापन ९माटो मुनि सुरक्षित राखिएको० गरिएको छ । शव पहिचानका लागि मृतकका एक हजार १८१ र आफन्तका एक हजार २३८ गरी…
काठमाडौँ । सैनिक पोशाक र नेपाली सेनासँग मिल्दोजुल्दो संरचना प्रयोग गरेको भन्दै विवादमा आएको ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज भएको छ। भोटेकोशी–त्रिशूली बाढीपछि सैनिकजस्तो पोशाकमा फिल्डमा देखिएपछि संस्थामाथि प्रश्न उठेको थियो। कम्पनी रजिष्ट्रारको कार्यालयमा गैरनाफामूलक कम्पनीका रूपमा २०७७ साउनमा दर्ता भएको उक्त संस्थाले सामाजिक तथा विपद् व्यवस्थापनका गतिविधि गर्दै आएको थियो। सैनिक स्रोतका अनुसार दर्ता खारेज भएसँगै संस्थाका गतिविधिमा समेत प्रतिबन्ध लागेको छ। यसअघि संस्थालाई हरियो प्यारामिलिटरी पोशाक तथा सैनिक शैलीका दर्ज्यानी चिह्न प्रयोग गर्न अनुमति दिइएको विषयमा समेत विवाद भएको थियो। संस्थाका प्रमुख सल्लाहकारमा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल रहेको बताइएको छ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र कांग्रेस नेता डा. शेखर कोइरालाबीच आज भेटवार्ता भएको छ । भेटघाटका क्रममा दुई नेता बिच कांग्रेस पार्टीभित्रको आन्तरिक समस्या समाधानका विषयमा कुराकानी भएको थियो । डा. शेखर कोइरालाले अहिले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस पार्टी एक ढिक्का हुनुको विकल्प नरहेको भन्दै यसका लागि आफ्नो तर्फबाट जे जति त्याग गर्न पनि आफू तयार रहेको प्रष्ट पारे । जवाफमा सभापति थापाले आफू पनि पार्टी एकताकै पक्षमा रहेको बताए । साथै उनीहरूबीच यहि २०८३ भाद्र १० गते बुधवारका दिन नेपाल(चीन सिमाना रसुवामा आएको विनाशकारी बाढी र त्यसपछि रसुवा, नुवाकोट र धादिङको पछिल्लो…
काठमाण्डौं । साउदी अरेबियालाई ५ विकेटले हराउँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जित दर्ता गरेको छ। लगातार जितसँगै नेपाली टोली एक खेल अगावै सेमिफाइनलमा स्थान बनाएको छ। जितसँगै नेपालले ३ खेलबाट ६ अंक जोड्दै समूह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ। समूह चरण को अन्तिम खेलमा नेपालले मंगलबार हङकङसँग खेल्नेछ। नेपालले समुह चरणको पहिलो खेलमा बहराइनलाई ७ विकेटले तथा दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो। आइतबार साउदी अरेबियाले दिएको १ सय ९१ रनको लक्ष्य नेपाली टोलीले ४१ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। नेपालका लागि गुल्सन झा ४४ र रोहित पौडेल २४ रनमा अविजित रहे। गुल्सनले ३५…
काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा तथ्यपरक र वैज्ञानिक दाबीसहित प्रस्तुत हुन प्रधानमन्त्री बालेन्द्र साहलाई आग्रह गरेका छन् । आइतबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित केन्द्रिय कार्यसम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले यस्तो आग्रह गरेका हुन् । उनले प्रधानमन्त्री बालेन्द्र साहको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकतामा सीमित नगर्न सुझाव दिए । थापाले नेपालले जलवायु परिवर्तनका कारण भोग्नुपरेका समस्याहरूलाई विश्व मञ्चमा सशक्त ढंगले उठाउनुपर्ने बताए । विशेषगरी भोटेकोशीमा आएको बाढी जस्ता प्राकृतिक विपत्तिहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले नेपालको न्युन हरित ग्यास उत्सर्जनका बावजुद भोग्नुपरेको क्षतिलाई वैज्ञानिक प्रमाणका साथ अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्नेमा जोड दिए । प्रधानमन्त्रीलाई…
काठमाण्डौं । परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ। परराष्ट्र मन्त्रालयमा आज भएको द्विपक्षीय भेटवार्ताका क्रममा यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता हुनुभएका गणतन्त्र कोरियाका नागरिकहरूको खोजी तथा उद्धार कार्यका विषयमा पनि गम्भीर छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो अवसरमा परराष्ट्रमन्त्री खनालले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग पुर्याउन अन्तरनिकाय द्रुत प्रतिकार्य टोली तथा कोरियाको ‘डिजास्टर रिलिफ टिम’ पठाउनुभएकामा गणतन्त्र कोरिया सरकारप्रति आभार व्यक्त गरे । उनले बाढीपीडित नागरिकका लागि गणतन्त्र…
गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको छ । यसबाट चुमनुब्रीवासी समस्यामा परेका छन् । पहिरोसहित आएको बाढीले मनास्लु पदमार्गका दुई पुल र दुई जलविद्युत् आयोजना बगाएको स्थानीयले जानकारी दिए । थेराङ खोलाको बाढीले नाम्रुङबाट मनास्लु क्षेत्रतर्फ जाने पुल बगाएको छ भने सो बाढीले बूढीगण्डकीको बहाव बढ्न गई नाम्रुङभन्दा तल जङ्गलस्थित पुल पनि बगाएको जनाइएको छ । “बाढी पहिरोले हामीलाई जोखिममा पा¥यो”, उनले भने , “गाउँबाट तल जाने पुल पनि लग्यो, माथि जाने पुल पनि लग्योे । कतै जान पनि नमिल्ने भयो ।” साथै स्थानीयले उपभोग गर्दै आएका…
काठमाण्डौं । सिम्रन खड्का र अरूण क्षेत्री अभिनीत फिल्म गौंथलीले प्रदर्शनको ५१ औं दिन पूरा गरेको छ। साउन १ गतेदेखि प्रदर्शनमा आएको फिल्मले शनिबार उक्त सफलता हासिल गरेको हो। यो वर्ष हालसम्म सर्वाधिक कमाउने नेपाली फिल्म बनेको ुगौंथलीुले काठमाडौं उपत्यकासहित देशभरका तीन दर्जनभन्दा बढी हलमा ५१ औं दिन मनाएको हो। निर्माता सुमन गिरीका अनुसार ुगौंथलीु शनिबार ४३ हलमा ५९ शोसहित प्रदर्शन भएको थियो। उनका अनुसार फिल्मले हालसम्म २५ करोड ८० लाख रूपैयाँभन्दा माथिको ग्रस कलेक्सन गरेको छ। धेरैजसो नेपाली फिल्मलाई एक सातासम्म पनि हलमा टिक्न कठिन भइरहेको अवस्थामा ‘गौंथली’ले भने प्रदर्शनको ५१ औं दिनसम्मको यात्रा तय गरेको हो। फिल्मले हालसम्मको…
काठमाडौ । रसुवामा बाढीपछि हैजा तथा अन्य पानीजन्य रोगको जोखिम बढेसँगै हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको छ। विश्व स्वास्थ्य संगठन ( डब्लूएचओ ) को सहयोगमा प्राप्त उक्त खोप नेपाली सेनाको हेलिकोप्टरमार्फत आइतबार बिहान रसुवा पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोग फैलिन नदिन आवश्यक औषधि, खोप, स्वास्थ्य सामग्री तथा जनस्वास्थ्य सेवा तत्काल उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले निर्देशन दिएकी छन्। मन्त्रालयका अनुसार प्रभावित क्षेत्रमा खोप तथा औषधि पठाउनेसँगै रोग निगरानी प्रणालीलाई थप प्रभावकारी बनाउने काम भइरहेको छ। सुरक्षित खानेपानी र सरसफाइमा विशेष ध्यान दिनुका साथै आवश्यकताअनुसार स्वास्थ्यकर्मी परिचालन…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क