काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेल रसुवा बाढीप्रभावित क्षेत्रको अवलोकनमा जाँदै छन् । राष्ट्रपति पौडेल सोमबार बिहान बाढीप्रभावित क्षेत्र नुवाकोट पुग्ने जनाइएको छ ।
शीतलनिवास स्रोतका अनुसार राष्ट्रपति पौडेल नेपाली सेनाको हेलिकोप्टरमार्फत नुवाकोटको मैथिल ब्यारेक पुग्नेछन् । त्यहाँबाट उनी नुवाकोटा विभिन्न स्थानमा पुगेर बाढीको क्षतिको अवलोकन गर्नेछन् । त्यसपछि होल्डिङ सेन्टरमा पुगेर पीडितको अवस्था पनि बुझ्ने जनाइएको छ ।
राष्ट्रपति पौडेल बाढी आएको १३औँ दिनमा अवलोकनमा जान लागेका हुन् । बाढीको १३ दिन पुगेको दिन आज देशभर राष्ट्रिय शोक मनाउने निर्णय सरकारले गरेको छ ।
