काठमाडौँ । नेपाल प्रिमियर लिग ( एनपिएल ) को तेस्रो संस्करणको टिकट बिक्री गर्ने अधिकार इसेवाले पाएको छ। नेपाल क्रिकेट सङ्घ ( क्यान ) ले आज तेस्रो संस्करणको एनपिएलको मिडिया र टिकट बिक्री गर्ने अधिकार प्रदान गरेको हो। क्यानद्वारा आज जारी प्रेस विज्ञप्तीमा मिडिया तथा टिकट बिक्री गर्ने अधिकारसम्बन्धी बोलपत्र र खरिद प्रक्रिया पूरा गरी सफल अधिकारधनी कम्पनीहरूलाई अधिकार प्रदान गरेको जनाएको हो।
इसेवा लिमिटेडले टिकट बिक्री गर्ने अधिकार ८५ लाखमा प्राप्त गरेको छ। क्यानका अनुसार टिकट बिक्रीबाट प्राप्त आम्दानीको ९५ प्रतिशत क्यानलाई र पाँच प्रतिशत इसेवालाई प्राप्त हुनेछ। क्यानका अनुसार विश्वव्यापी ओटीटी अधिकार नेट टिभी प्रालीलाई १८ करोड ४ लाखा प्रदान गरेको छ। त्यसैगरी नेपालभित्र टेलिभिजन प्रशारण अधिकार भने हिमालयन टेलिभजनले प्राप्त गरेको छ।
यसका लागि हिमालनय टेलिभिजनले १४ करोड ६४ लाखको बोलपत्र पेश गरेका थियो। एनपिएल आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म राजधानीमा आयोजना हुँदैछ।
