Author: Editor
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक बिहीबार बस्दैछ । सङ्घीय संसद् सचिवालयका अनुसार, प्रतिनिधिसभाको बैठक अपराह्न १ बजे बस्दैछ । यस्तै, राष्ट्रियसभाको बैठक पनि अपराह्न १ः१५ बजे बस्ने कार्यक्रम छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष ९तेस्रो संशोधन० विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्छ्यौट ९पहिलो संशोधन० विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । यस्तै, अर्थमन्त्री डा वाग्लेले ‘कर्मचारी सञ्चय कोष ९दशौँ संशोधन० विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । यस्तै, बैठकमा कानुन, नयाय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरुको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस्’ भन्ने…
काठमाडौँ । सरकारले भोटेकोशी हिमबाढीबाट प्रभावित विभिन्न जिल्लाका ‘होल्डिङ सेन्टर’ मा बसिरहेका परिवारका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सर्वेक्षण सुरु गरेको छ । पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको सहरी विकास तथा भवन निर्माण विभागले प्रभावित जिल्लामा टोली खटाएर सर्वेक्षण सुरु गरिएको प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले जनाएको छ । सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा बाढीपीडित आवास व्यवस्थापन ९सेल्टर क्लस्टर० का प्रमुख इन्जिनियर प्रकाश अर्यालले बाढीपीडितलाई तत्काल सुरक्षित आश्रय दिनु र उनीहरूको वास्तविक आवश्यकता पहिचान गर्ने उद्देश्यले सर्वेक्षण सुरु गरिएको जानकारी दिनुभयो । यस सर्वेक्षणले वास्तविक पीडितको पहिचान तथा बाढीबाट विस्थापित भएका परिवारको सही सङ्ख्या र उनीहरूको लगत सङ्कलन हुने उहाँले स्पष्ट पार्नुभयो ।…
काठमाण्डौं । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनले आक्रान्त बनेको नेपाललाई विश्व समुदायले न्याय दिनुपर्ने बताएका छन्। बीपी कोइरालाको जन्मजयन्तीका अवसरमा बुधबार नेपाली कांग्रेस, भक्तपुरले आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले पछिल्लो समय जलवायु परिवर्तनले निम्त्याएको प्राकृतिक विपत्तिप्रति विश्व समुदायको ध्यानाकर्षण गराउँदै नेपालले जलवायु न्याय पाउनुपर्ने बताए। ‘अहिलेको समयमा जलवायु परिवर्तनको असरबाट नेपाल आक्रान्त छ। यसको असरले नेपालमा मात्र होइन, विश्वभर नै विपत्तिको शृङ्खला निम्त्याइरहेको छ। तर, नेपालजस्ता मुलुकहरूले यसको मार बढी भोग्नुपरेको छ,’ देउवाले भने, ‘जलवायु परिवर्तनको असर कम गर्न र प्राकृतिक विपत्तिबाट नागरिकको सुरक्षा गर्न नेपालले आफ्नोतर्फबाट सक्दो प्रयास गर्नेछ, तर विश्व समुदायको साथ र…
काठमाण्डौं । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्धको महाअभियोगको औचित्य समाप्त भएको सर्वोच्च अदालतले ठहर गरेको छ। बुधबार संवैधानिक इजलासले संसद सचिवालयले दिएको सफाइको पत्रविरुद्धका सबै रिट खारेज गरिदिएको हो। यससँगै चोलेन्द्रले महाअभियोगबाट छुट्कारा पाएका हुन्। अब उनलाई पूर्व प्रधानन्यायाधीशका रुपमा सबै सेवा सुविधा पाउने बाटो पनि खुलेको छ। संसदले महाअभियोग लगाएर पारित नगरी छाडिदिँदा यी सबै सेवा रोकिएका थिए। प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, विनोद शर्मा र शारङ्गा सुवेदीको इजलासले यी रिटमा सुनुवाइ गरेको थियो। २०७८ फागुन ११ गते डा। पुण्यप्रसाद खतिवडा, १३ गते अधिवक्ता त्रिलोकबहादुर चन्द र २०७९ मंसिर २१ गते सर्वोच्च बारका एसोसियसनका…
काठमाडौँ। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यले ‘खरानी ग्याङ’ र ‘टीओबी ग्याङ’को नेतृत्वमा बनेको सरकारले प्रतिशोधको राजनीति गरेको आरोप लगाएकी छन् । बालकोटस्थित ओली निवासमा भएको घटनालाई समेटेर तयार पारिएको ‘स्मृतिमा बालकोट घर सपनाको भग्नावशेष’ स्मृति पुस्तिका सार्वजनिक कार्यक्रममा बोल्दै शाक्यले चुनावपछि बनेको सरकारको पहिलो निर्णय नै ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई गिरफ्तार गर्नु रहेको दाबी गरेकी हुन् । उनकाअनुसार नयाँ सरकार गठन भएपछि दिउँसो सुदन गुरुङ गृहमन्त्री बनेको खबर आएलगत्तै आफूले ओलीलाई तत्काल गिरफ्तार गरिने आशंका गरेकी थिइन् । त्यसपछि ठूलो संख्यामा प्रहरी परिचालन गरेर रातको समयमा बालकोट क्षेत्रलाई घेराबन्दी गरी ओली र लेखकलाई पक्राउ गरिएको उनको…
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) की सांसद रचना खतिवडा खत्रीले प्रधानमन्त्री बालेन शाहलाई लक्षित गर्दै सरकारसमक्ष दुई महत्वपूर्ण प्रश्न उठाएकी छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद खतिवडाले जेनजी आन्दोलनका सहिदले न्याय कहिले पाउने र सहिद तथा घाइतेका परिवारलाई भेट्न सरकारलाई अझै कति समय लाग्ने भन्ने प्रश्न गरेकी हुन्। जेनजी आन्दोलन भएको एक वर्ष पूरा भएको प्रसंग उल्लेख गर्दै उनले प्रधानमन्त्रीले लामो समयपछि सामाजिक सञ्जालमार्फत मात्र सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरेको बताइन्। ‘जेनजी आन्दोलन भएको एक वर्ष भयो। देशले सहिद पायो, एक दिन बिदा पनि पायो। बिहान ७ बजेदेखि निमन्त्रणा दिएर आउनुस्, केही बोलिदिनुस्, जेनजी सहिदका नाममा केही लेखिदिनुस्…
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछानेले भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको पक्षमा आफूलाई उभ्याउँदै पीडितमाथि सामाजिक सञ्जालमार्फत हुने अपमान र साइबर बुलिङप्रति कडा आपत्ति जनाएका छन्। संसद् बैठकलाई सम्बोधन गर्दै लामिछानेले भदौ १० गते बुधबार भोटेकोशीमा आएको बाढीका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको उल्लेख गरे। उनले यो घटना सामान्य बाढी मात्र नभई जलवायु परिवर्तनबाट सिर्जित ठूलो अन्यायका रूपमा लिनुपर्ने बताए। उनका अनुसार भोटेकोशी घटनामा ज्यान गुमाउनेहरू जलवायु परिवर्तनबाट उत्पन्न अन्यायको बलिदानी बन्न बाध्य भएका छन्। ठूलो विपद्का बीच पनि प्रभावित क्षेत्रका नागरिकले एकअर्कालाई साथ दिँदै पुनः उठ्ने प्रयास गरिरहेको उनले बताए। लामिछानेले विपद्का कारण…
काठमाडौ । खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न माग गर्दै नेकपा निकट अखिल क्रान्तिकारी विद्यार्थी संघले बुधबार सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गरेको छ। विद्यार्थीहरूले ग्यासका सिलिन्डर बोकेर प्रदर्शन गर्दै बजारमा देखिएको ग्यास अभाव तत्काल अन्त्य गर्न सरकारसँग माग गरेका हुन्। प्रदर्शनमा सहभागी विद्यार्थीहरूले ग्यासको अभावका कारण विद्यार्थी तथा सर्वसाधारणले दैनिक जीवनमा समस्या भोग्नुपरेको भन्दै सरकारले आपूर्ति व्यवस्थापनमा तत्काल ध्यान दिनुपर्ने बताएका थिए। उनीहरूले बजारमा पर्याप्त मात्रामा ग्यास उपलब्ध गराउन, कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्ने कार्य नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए। विद्यार्थीहरूले ग्यासको आपूर्ति सहज बनाउन दीर्घकालीन योजना ल्याउनसमेत सरकारसँग माग गरेका छन्। साथै, अभावको मौका छोपेर…
काठमाडौं । गत भदौ १० गतृ आएके बाढीपछि रसुवास्थित चिलिमे जलविद्युत् आयोजनामा उद्धार कार्य जारी छ । उद्धार टोलीलाई मद्दत गर्न आज उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ पनि त्यहाँ पुग्दै छन्। सेनाको अनुरोधमा घिसिङ आज बिहान त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । विदेशी विज्ञसहित त्यहाँ खटिएको उद्धार टोली सुरुङ छिचोलेर पावर हाउसभित्र जान प्रयासरत छ। यही क्रममा आवश्यक समन्वय र सुझावका लागि पूर्वऊर्जामन्त्री घिसिङलाई पनि नेपाली सेनाले बोलाएको हो।
काठमाण्डौं । सरकारले रसुवा बाढीका कारण अवरुद्ध विद्युत् सेवा पुनस् सञ्चालनमा ल्याउन जारी राखेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले भदौ १० मा आएको विनाशकारी बाढीको भोलिपल्टैदेखि सम्भव भएसम्म सबै स्रोत साधन र जनशक्ति परिचालन गरेर विद्युतीकरणको काम अगाडि बढाएको थियो।विनाशकारी बाढीले विद्युत् पूर्वाधारमा ठूलो क्षति पुगेका बेला मन्त्रालयले वैकल्पिक उपाय अपनाइ विद्युतीकरणलाई तीव्रता दिइएको मन्त्रालयले जनाएको छ। यसैक्रममा मंगलबार बाढी प्रभावित नुवाकोटको विदुर नगरपालिकाको वडा नम्बर १० र ११ मा विद्युत् सेवा पुनस् सुचारु गरिएको छ। ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठकाअनुसार बाढी प्रभावित विदुर–१० र विदुर–११ मा पनि विद्युत् सेवा पुनःसुचारु भएको हो । यसैगरी बाढीले विद्युत् प्रभावित भएको…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क