Author: Editor

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को चितवनमा जारी प्रथम ऐतिहासिक महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि भइरहेको निर्वाचन सम्पन्न भएको छ । पार्टी सभापति रवि लामिछानेले मतदान गरेसँगै निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान सम्पन्न भएको हो । महाधिवेशन अन्तर्गत गएराति १२ बजेदेखि मतदान सुरु भएको थियो। केन्द्रीय सदस्य पदको निर्वाचनमा ३७९ जनाले आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको छ । निर्वाचन समितिले दिएको जानकारी अनुसार केन्द्रीय सदस्यको मतदान सम्पन्न भएसँगै अब पदाधिकारी चयनको निर्वाचन प्रक्रिया सुरु हुने छ ।

Read More

काठमाडौँ । भेनेजुएलामा लगातार दुई वटा शक्तिशाली भूकम्प जाँदा व्यापक जनधनको क्षति भएको छ । भूकम्पका कारण राजधानी काराकासका गगनचुम्बी भवन भत्किँदा कम्तीमा १६४ जनाको मृत्यु भएको छ भने झन्डै एक हजार व्यक्ति घाइते भएका छन् । विपद्का कारण देशमा ठुलो सङ्कट उत्पन्न भएपछि कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले देशव्यापी रूपमा सङ्कटकाल घोषणा गर्नुभएको छ । उहाँका अनुसार भूकम्पबाट ठुलो भौतिक क्षति पुगेका कारण काराकासस्थित सिमोन बोलिभर अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा बन्द गरिएको छ । बुधबार साँझ गएका ७.२ र ७.५ म्याग्निच्युडका यी भूकम्प भेनेजुएलामा एक शताब्दीभन्दा बढी समययताकै सबैभन्दा शक्तिशाली भएको बताइएको छ । यसको धक्का छिमेकी देशहरू ब्राजिल र…

Read More

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद् प्रतिनिधि सभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८३’ प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा ( २ ) बमोजिम बिहीबार सो विधेयक प्रमाणीकरण गर्नुभएको हो । कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै विधेयक प्रमाणीकरण भएको जानकारी दिएको हो । सङ्घीय संसद्‌का दुवै सदनबाट पारित भएर आएका विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनका रूपमा लागु हुने संवैधानिक व्यवस्था छ ।

Read More

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको मतपरिणाम सार्वजनिक भइरहेको छ । कुल ९९ सदस्यीय केन्द्रीय समिति गठनका लागि विभिन्न समावेशी समूह र प्रदेशबाट निर्वाचित हुने व्यवस्था गरिएको छ। महाधिवेशनमा ३७९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन समितिका अनुसार खुला तथा समावेशी समूहबाट ६४ जना र सात प्रदेशबाट पाँच/ पाँच जनाका दरले ३५ जना निर्वाचित हुनेछन्। खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । समावेशी समूहअन्तर्गत खस–आर्यतर्फ १० जना निर्वाचित हुनेछन्, जसमा ५ पुरुष र ५ महिला रहने व्यवस्था छ। आदिवासी जनजातितर्फ ९ जना निर्वाचित हुनेछन् । यस समूहबाट ५ पुरुष…

Read More

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको खुल्ला केन्द्रीय सदस्यका लागि भएको मतदानमा डा. स्वर्णिम वाग्लेले सर्वाधिक मत ल्याएका छन् । पार्टीका उपल्लो स्तरका चर्चित नेतालाई राम्रो मत आएको छ । डा. वाग्लेले २ हजार ६ सय ७ मतका साथ पहिलो भएका हुन् । उनलाई पछ्याउँदै सोविता गौतमले २ हजार ५ सय ९४ मत ल्याइन् । यस्तै, शिशिर खनाललाई २४९५ मत र सागर ढकाललाई २३३३ मत आएको छ । खुल्लामा ३५ केन्द्रीय सदस्यका लागि मतदान भएको हो । हेर्नुस चर्चित उम्मेदवारहरुले ल्याएको मतः डा. स्वर्णिम वाग्ले – २६०७ मत गणेश पराजुली –२०४५ बिराजभक्त श्रेष्ठ २०९४ सस्मित पोखरेल १८३३ मनिष झा २२३७ सोविता…

Read More

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदको मतपरिणाम सार्वजनिक भइरहेको छ । कुल ९९ सदस्यीय केन्द्रीय समिति गठनका लागि विभिन्न समावेशी समूह र प्रदेशबाट निर्वाचित हुने व्यवस्था गरिएको छ। महाधिवेशनमा ३७९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन समितिका अनुसार खुला तथा समावेशी समूहबाट ६४ जना र सात प्रदेशबाट पाँचरपाँच जनाका दरले ३५ जना निर्वाचित हुनेछन्। खुलातर्फ ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । समावेशी समूहअन्तर्गत खस–आर्यतर्फ १० जना निर्वाचित हुनेछन्, जसमा ५ पुरुष र ५ महिला रहने व्यवस्था छ। आदिवासी जनजातितर्फ ९ जना निर्वाचित हुनेछन् । यस समूहबाट ५ पुरुष…

Read More

काठमाण्डौं । प्रतिनिधिसभाको यही असार ११ गते बिहीबारका लागि पूर्वनिर्धारित बैठक यही असार १२ गते शुक्रबारका लागि सरेको छ। सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले आज एक सूचना जारी गरेर सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम असार १२ गते शुक्रबार दिउँसो १ः०० बजेका लागि बैठक तोकेको जानकारी दिएका हुन्। चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन लम्बिएका कारण बैठक सरेको आकलन गरिएको छ। राष्ट्रियसभाको बैठक भने पूर्वनिर्धारित असार ११ गते नै बस्नेछ। रासस

Read More

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा )  को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि विद्युतीय माध्यमबाट मतदान गर्ने तयारी अन्तिम चरणमा पुगेको छ। महाधिवेशनको चौथो दिन हुने निर्वाचनका लागि ८० वटा विद्युतीय मतदान मेसिन ( इलेक्ट्रोनिक भोटिङ मेसिन )  तयारी अवस्थामा राखिएको निर्वाचन समितिले जनाएको छ। प्रतिनिधिहरूले विद्युतीय प्रणालीमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको र मतदान प्रक्रिया सहज बनाउन आवश्यक प्राविधिक तयारी पूरा गरिएको बताइएको छ। निर्वाचन समितिका अनुसार एक प्रतिनिधिले आफ्नो मत दिन करिब १० देखि १५ मिनेटसम्म समय लाग्न सक्ने अनुमान गरिएको छ। सोही आधारमा बुधबार राति ८.३० बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ। मतदानअघि प्रतिनिधिहरूलाई विद्युतीय…

Read More

रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/ ८४ का लागि ३ अर्ब ९९ करोड २२ लाख २१ हजार २ सय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुधबार नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् । ‘समानता, स्वाभिमान र अवसर स् बस्न योग्य बुटवल शहर’ भन्ने नारालाई आत्मसात् गर्दै ल्याइएको बजेटमा कुल खर्चमध्ये ५२ प्रतिशत चालु तथा ४८ प्रतिशत पुँजीगत खर्च रहने अनुमान गरिएको छ। बजेटमा सामाजिक विकासतर्फ २८ प्रतिशत र आर्थिक विकासतर्फ १२ प्रतिशत बजेट विनियोजन गरिएको उपमहानगरपालिकाले जनाएको छ । स्रोत व्यवस्थापनतर्फ सङ्घीय सरकारबाट समानीकरण अनुदान २९ करोड २२ लाख रुपैयाँ, सशर्त अनुदान ९चालु०…

Read More

काठमाडौं । स्थानीय तहको कार्यकाल सकिन एक वर्षभन्दा कम समय बाँकी रहँदा जनप्रतिनिधिहरूमा दल परिवर्तनको लहर देखिएको छ । पद स्वतः गुम्ने कानुनी व्यवस्था थाहा हुँदाहुँदै आगामी निर्वाचनको टिकट, राजनीतिक भविष्य र शक्ति सन्तुलनको हिसाबमा लागेका जनप्रतिनिधिले पार्टी परित्याग गर्ने क्रम बढेपछि पछिल्ला केही महिनामै १९ जनाको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ । ती १९ जनामा २०७९ साल वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा विजयी हुने हाल नेपाल कम्युनिष्ट पार्टीका १६ जना जनप्रतिनिधि र नेपाली काग्रेसबाट विजयी हुने तीन जना जनप्रतिनिधि रहेका छन्। गत वैशाख ३१ गते १६ जना जनप्रतिनिधिको पद रिक्त भएको घोषणा गरेको आयोगले दुई…

Read More