Author: Editor
काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । दुईपटक मृगौला प्रत्यारोपण गरेका ओलीको ‘मल्टिपल हेल्थ इस्यु’ का कारण जोखिम हुन सक्ने भन्दै अस्पतालको ५०१ नम्बरको बेडमा भर्ना गरिएको हो । यसअघि मृगौला प्रत्यारोपण पछि पनि ओलीलाई सोही बेडमा भर्ना गरेर उपचार भएको थियो । अस्पताल स्रोतका अनुसार प्रारम्भिक रिपोर्टमा ‘चेष्ट पेन र पाल्पिटेशन’ भएको रिपोर्ट आएको छ । ओलीलाई इसीजी मनिटर जोडेर त्यसमा मुटुको चालको थप अनुगमन भइरहेको छ । मिर्गौला सम्बन्धी चिकित्सकले पनि ओलीको स्वास्थ्यको अनुगमन गरिरहेका छन् । आज शनिवार परेकाले अदालतमा म्याद थपका लागि आइतवारमात्र लैजाने र…
काठमाडौँ । जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि प्रहरीले ज्यानसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनीहरुलाई लापरबाहीपूर्ण र हेलचेक्र्याईपूर्ण क्रियाकलाप र व्यवहार गरेका कारण मानवीय क्षति भएको भन्दै आयोगले फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले त्यो सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो र बेलुकीबाटै कार्यान्वयन गर्न गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी प्रमुख दानबहादुर कार्की र सशस्त्र प्रहरी प्रमुख राजु अर्यालसँग कुराकानी थालेका थिए । उनीहरुले पक्राउ गर्नुअघि कानुनी प्रक्रिया पूरा गर्नुपर्ने सुझाएका थिए । त्यसपछि मन्त्रालयले नै ओली र लेखकविरुद्ध जाहेरी दिएको…
काठमाण्डौं । नेकपा ९एमाले०ले अध्यक्ष केपी शर्मा ओलीको पक्राउप्रति विरोध जनाउँदै सडक आन्दोलन सुरु गरेको छ । शनिबार बिहानदेखि काठमाडौंको चाबहिल क्षेत्रबाट पार्टीका कार्यकर्ता र समर्थकहरू प्रदर्शनमा उत्रिएका हुन् । प्रहरीका अनुसार बिहान करिब साढे ९ बजेदेखि सुरु भएको प्रदर्शनमा एक सयभन्दा बढी व्यक्तिको सहभागिता रहेको छ । उनीहरूले पक्राउको विरोध गर्दै नाराबाजी गरेका छन् । यसअघि शनिबार बिहानै भक्तपुरको गुन्डुस्थित निवासबाट ओलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सो घटनापछि एमालेले तुरुन्तै विरोध कार्यक्रम अघि बढाएको हो । यता, ओली पक्राउबारे आधिकारिक धारणा तय गर्न पार्टीको सचिवालय बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी रहेको छ । बैठकले आगामी आन्दोलनका कार्यक्रमबारे…
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले कानुनभन्दा माथि कोही पनि नरहेको बताएका छन् । गत भदौ २३ गतेको जेनजी आन्दोलनका बारेमा छानबिन गर्न गठित आयोगले दोषी ठहर गरेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइनु प्रतिशोध नभएको स्पष्ट पार्दै उनले कानुनभन्दा माथि कोही नरहेको जनाएका हुन् । ‘कानुनभन्दा माथि कोही छैन । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई नियन्त्रणमा लिएका छौं, यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुआत होु, मन्त्री गुरुङले फेसबुकमा लेखेका छन् । गुरुङले अब देशले नयाँ दिशा लिने विश्वाससमेत व्यक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता…
काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले राजनीति प्रतिशोध र पूर्वाग्रही ढंगले आफूलाई पक्राउ गरेको भन्दै यसविरुद्ध राजनीति र कानुनी लडाइँ लड्ने बताएका छन् । शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट प्रहरीले पक्राउ गरेपछि लेखकले यस्तो बताएका हुन्। उनले भने,’राजनीतिक पूर्वाग्रह र प्रतिशोधपूर्ण ढंगले मलाई पक्राउ गरेको छ । यसको राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु ।मन्त्रिपरिषद्को निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास थालेर कानुनको मजाक उडाइएको लेखकको टिप्पणी छ । ‘क्याविनेटबाट निर्णय गरेर पक्राउ गरिएको छ। यस्तो कहिले हुँदैन संसारमा,’ उनले भने ।
काठमाण्डौं । अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा ९एमाले०को सचिवालय बैठक सुरु भएको छ। बैठकमा सहभागी हुन शीर्ष नेताहरू ललितपुरको च्यासलस्थित पार्टी कार्यालय पुगेका छन्। पार्टीका सचिव महेश बस्नेतका अनुसार बैठकमा ओलीको पक्राउप्रति पार्टीको आधिकारिक धारणा तय गर्नुका साथै आगामी रणनीतिबारे छलफल हुनेछ । उनले आन्दोलनका कार्यक्रमसमेत तय हुन सक्ने संकेत गरेका छन् । ओलीको पक्राउलाई लिएर एमालेभित्र असन्तुष्टि बढिरहेको छ । नेताहरूले यसलाई राजनीतिक उद्देश्यबाट प्रेरित कदम भएको दाबी गर्दै विरोध जनाउँदै आएका छन् । बैठकपछि पार्टीले औपचारिक निर्णय सार्वजनिक गर्ने बताइएको छ ।
काठमाण्डौं । पूर्वगृहमन्त्रीसमेत रहेका आफ्ना नेता रमेश लेखकलाई प्रहरीले पक्रेपछि नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। आज ( शनिबार ) बिहान ११ बजेका लागि पार्टी कार्यालय सानेपामा पदाधिकारी बैठक बोलाइएको कांग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरीले जानकारी दिए। जेनजी आन्दोलनमा हिंसात्मक दमन गरेको अभियोगमा तत्कालीन लेखकलाई प्रहरीले शनिबार बिहानै भक्तपुरको कटुन्जेस्थित घरबाटै गिरफ्तार गरेको हो। तीनकुनेस्थित कान्तिपुर अस्पतालमा स्वास्थ्य परीक्षणपश्चात् उनलाई अहिले महाराजगन्जस्थित प्रहरीको २ नम्बर गणमा राखिएको छ। सोही अभियोमा आजै बिहान तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि प्रहरीले पक्रेको छ। भक्तपुरको गुण्डुस्थित निवासबाटै गिरफ्तार गरिएका ओलीलाई काठमाडौँ जिल्ला प्रहरी परिसरबाट स्वास्थ्य परीक्षणका लागि अहिले महाराजगन्जस्थित त्रिवि शिक्षण…
काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको छ । भक्तपुरको गुण्डु र कटुञ्जेस्थित आ(आफ्नो निवासबाट २ नेतालाई प्रहरीले गिरफ्तार गरेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको छ । प्रहरीले नियमित स्वास्थ्य परीक्षण अन्तर्गत उनीहरूलाई त्रिवि शिक्षण अस्पताल लगेको बताइएको छ । अस्पतालबाट ल्याएर उनीहरूलाई हिरासतमा राखिनेछ । आज सार्वजनिक बिदा भएकाले म्याद थप सम्बन्धी सरकारी वकिल र अदालती प्रक्रियाका लागि भोलिसम्म कुर्नुपर्ने प्रहरीले अधिकारीले बताएका छन् ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निवासबाटै पक्राउ परेका छन् । अध्यक्ष ओलीलाई पक्राउ गर्न प्रहरीले मध्यरातिदेखि नै एसएसपी सन्तोष खड्काको नेतृत्वमा टोली खटाएको थियो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी खड्काको टोली भक्तपुर प्रहरीका विभिन्न युनिटसहित ओली निवास गुण्डु पुगेका थिए । टोली पुग्दा ओली सुतिसकेका थिए । त्यसैले उनको निवास वरपर प्रहरीले तैनाथ गरेर बसेको थियो र बिहान उठ्नेबित्तिकै नियन्त्रणमा लिइएको हो । उनलाई पक्राउ गरी महाराजगन्जस्थित प्रहरी प्रतिष्ठानमा लगिने र थप कानूनी प्रक्रिया आइतबार पूरा गरिने प्रहरी स्रोतले जनाएको छ । ओली आफ्नै गाडीमा प्रहरीसँग गएका छन् । प्रहरी आइजीपीको नक्सालस्थित निवासमा गृहमन्त्री सुधन…
काठमाडौं । नेपालको ४३औँ प्रधानमन्त्रीमा बालेन्द्र शाह ९बालेन० नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का संसदीय दलका नेता शाहलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। नेपालको संविधानको धारा ७६ ( १ ) अनुसार बहुमतप्राप्त संसदीय दलको नेताका रुपमा राष्ट्रपति पौडेलले केहीबेरमा शाहलाई पद तथा गोपनीयताको शपथ गराउँदै छन्। नवनियुक्त प्रधानमन्त्री शाह गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा क्षेत्र नं ५ बाट निर्वाचित भएका थिए। उनले त्यस निर्वाचनमा नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीलाई ठूलो मतान्तरले पराजित गरे। नवनियुक्त प्रधानमन्त्री शाह आयुर्वेदिक चिकित्सक डा रामनारायण शाह र धु्रवादेवी शाहका सुपुत्र हुन्। उनको जन्म…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क