Author: Editor

काठमाण्डौं । गत भदौ २३ गते भएका घटनामा अनुसन्धान गर्न पक्राउ गरिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राख्न माग गरिएको छ। उनीहरूलाई म्याद थपको निम्ति आइतबार बिहान काठमाडौं जिल्ला अदालत पेस गरिएको थियो। न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा अहिले बहस जारी छ। स्वास्थ्य समस्याका कारण टिचिङ अस्पताल महाराजगन्ज भर्ना भएका ओलीलाई भर्चुअलु रूपमा अदालतमा पेस गरिएको थियो भने लेखकलाई भौतिक रूपमै अदालतमा लगिएको थियो। सरकारी वकिलको कार्यालयले १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागेको छ।

Read More

ताप्लेजुङ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वगृहमन्त्री रमेश लेखकको अविलम्ब रिहाइको माग गर्दै नेकपा एमाले ताप्लेजुङले सरकारलाई ज्ञापनपत्र बुझाएको छ। ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँमार्फत यस्तो ज्ञापनपत्र नेपाल सरकारलाई बुझाइएको नेकपा एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमू ( दीपेन )  ले जानकारी दिए। ज्ञापनपत्रमा नवगठित सरकारले ‘कथित कार्की आयोग’ को प्रतिशोधात्मक र अपूर्ण प्रतिवेदनका आधारमा ओली र लेखकसहितका नेतालाई पक्राउ गरी मुलुकलाई द्वन्द्व र मुठभेडतर्फ धकेल्न खोजेको आरोप लगाइएको छ। जेनजी आन्दोलनलाई योजनाबद्ध र सङ्गठित रूपमा दुरुपयोग गरी असंवैधानिक बाटोबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारद्वारा गठित कार्की आयोगको प्रतिवेदनका आधारमा नेताहरूमाथि गरिएको धरपकड प्रतिशोध साँध्ने काम बाहेक अरू…

Read More

काठमाण्डौं । नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको सम्पत्ति छानविनमा सरकार अगाडी बढेको छ। जेन जी आन्दोलनको क्रममा जलेको देउवाको घर समते प्रमाण नष्ट हुन सक्ने आशंकामा भत्काउने क्रमलाई प्रहरीले रोक लगाएको छ। सरकारमा हुदाँ सत्ताको आडमा रहेर अस्वाभाविक तथा गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा देउवा परिवारविरुद्ध यसअघि नै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको थियो। अनुसन्धानका क्रममा पछिल्लो समय जयवीर देउवा लगायत नातेदारहरूको नाममा खरिद गरिएको करिब ७३ रोपनी जग्गाको विवरण संकलन गरिएको बताइएको छ।

Read More

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबार ४० अर्ब निक्षेप खिच्दैछ। अधिक तरलता कायमै रहेपछि २१ दिनका लागि राष्ट्र बैंकले आज फेरि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप ७७ खर्ब भन्दा बढी पुगेको छ। केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यस्थापनका लागि निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत तरलता खिच्दै आएको छ। बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। दीर्घकालीन निक्षेप संकलन रकम बाँडफाँ गर्दा काउण्टर पार्टीहरूले बोल गरेका ब्याजदरअनुसार सबैभन्दा कम दर बोल गर्ने रकम प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड…

Read More

काठमाडौँ । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेकपाका सह–संयोजक माधवकुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ हुँदैछ । उक्त मुद्दा विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासमा सुनुवाइ हुँदैछ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो । नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय माग दाबी गरेको छ । तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएको तथा भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप…

Read More

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन पेस भएको छ । गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओ‌लीको हकमा उनको पत्नी राधिका शाक्यले बन्दी प्रत्यक्षीकरण निवेदन पेस गरेकी छिन् । सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार बन्दीप्रत्यक्षीकरण निवेदन पेस भए पनि अध्ययनको क्रममा रहेको छ । आज निवेदन दर्ता भयो भने भोलि सुनुवाइ हुनेछ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक चैत १४ गते शनिबार पक्राउ परेका थिए ।

Read More

काठमाडौँ । पूर्वप्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई भर्चुअल ( भिडियो कन्फ्रेन्सिङ )  माध्यमबाट अदालतमा उपस्थित गराउने भएको छ । ओलीको स्वास्थ्य अवस्थाका कारण भौतिक रुपमा अदालतमा उपस्थित गराउन नसकिने भएकोले भिडियो कन्फ्रेसिङको माध्यमबाट उपस्थित गराउन लागिएको जिल्ला अदालत काठमाडौँका रजिष्टार तीर्थराज अधिकारीले जानकारी दिए । शनिबार बिहानै गुन्डुबाट पक्राउ परेका ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । शनिबार साँझ र आज बिहान उनको स्वास्थ्य परीक्षण गर्दा डुलाउनको साटो उनलाई अस्पतालमा राख्न चिकित्सकहरुले सुझाव दिएका थिए ।

Read More

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न मागसहितको निवेदन लिएर शोभा पाठक प्रहरीकहाँ पुगेकी छन् । बस्नेतविरुद्ध बलात्कारको आरोप लगाउँदै उनले यसअघि उजुरीसमेत दिएकी थिइन् । आज बिहान जिल्ला प्रहरी परिसर काठमाडौं र सरकारी वकिल कार्यालयमा बस्नेतलाई तत्काल पक्राउ गर्न माग लिएर पाठक पुगेकी हुन् । पाठकले विगत ११ वर्षदेखि आफूलाई बस्नेतले यौन शोषण तथा दुर्व्यवहार गरेको बताउँदै उनलाई पक्राउ गर्न माग गर्दै आएकी छन् ।

Read More

काठमाण्डौं । शनिबार जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आइतबार काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको छ। आजै पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अदालत उपस्थित गराइँदै छ। गत भदौ २३–२४ गते जेनजी पुस्ताको प्रदर्शनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकसहित जिम्मेवार पदमा रहेका व्यक्तिहरूलाई दोषी ठहर्‍याउँदै कारबाही सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा उनीहरू शनिबार बिहान पक्राउ परेका थिए।

Read More

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको मुद्दा आज पनि पेसी चढेको छ । ‘हेर्दाहेर्दै’ रहँदै आएको उक्त मुद्दामा आज सर्वोच्च अदालतले फैसला गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।  सर्वोच्च अदालत स्रोतका अनुसार दुई तर्फी बयान सकिएको अवस्थामा फेरि पनि मुद्दा लम्ब्याउनुपर्ने कारण नभएकोले सम्भवतः आज कुनै न कुनै फैसला आउने भएको हो । उक्त मुद्दा न्यायाधीशहरु विनोद शर्मा र अब्दुल अजीज मुसलमानको बेञ्चमा छ । अधिवक्ताहरु दिनेश त्रिपाठी, आभास रेग्मी, युवराज पौडेलसहितले अभियोग संशोधन प्रचलित कानूनविपरीत रहेको भन्दै रिट दायर गरेका थिए ।

Read More