काठमाडौँ । सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यका लागि ‘संसदीय प्रक्रिया र अभ्यास’सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। सो कार्यक्रम यही असार १५ र १६ गते सिंहदरबारस्थित सङ्घीय संसद् भवनको निर्माणाधीन उत्तरपश्चिमको सभा हलमा हुनेछ।
सचिवालय अन्तर्गतको संसदीय प्रशिक्षण शाखाले आज सूचना जारी गर्दै उक्त अभिमुखीकरणमा उपस्थित हुन प्रतिनिधिसभा सदस्यहरुलाई आग्रह गरेको छ।
उक्त कार्यक्रम असार १५ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म र असार १६ गते बिहान ११ देखि अपराह्न ३ः३० सम्म सञ्चालन हुने शाखाका उपसचिव बाबुराम बस्यालले जानकारी दिए।
