चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित भएका छन्। चितवनमा जारी महाधिवेशनबाट उनी निर्वाचित भएका हुन्।
उनी यसअघि रास्वपाको सहमहामन्त्री हुन् । निर्वाचित भएलगत्तै उनले ३ दिनको महाधिवेशन व्यवस्थापकीय कमजोरीका कारण ५ दिनभन्दा बढी समय लागेको भन्दै माफी पनि मागे । त्यस्तै उनले नेपाली जनताले रास्वपालाई चुनावमा दिएको जिम्मेवारी पूरा गर्न आफू खरो रुपमा उत्रिने पनि बताए ।
उनले पार्टी सञ्चालन कसरी हुन्छ भन्ने कुराले सरकार सञ्चालनमा पनि प्रभाव राख्ने हुन्छ । मेरो ध्यान यसमा पनि हुन्छ ।’पदाधिकारीका लागि दोस्रो चरणमा मतदान भएको थियो।
