Author: Editor
काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यसअघि टोकन लिएर तोकिएको दिनमा मात्रै स्वीकृति दिने व्यवस्था थियो । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहको उपस्थितिमा बसेको बैठकले सहज रुपमा श्रम स्वीकृति दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ । पूर्व प्रस्थान अभिमूखीकरण तालिम पाठ्यक्रममा आधारित श्रव्य दृश्य सामाग्री निर्माण गरी डिजिटल माध्यममा उपलब्ध हुने व्यवस्था गरिने भएको छ । अभिमूखीकरण तालिम पनि पूर्ण रुपमा अनलाइन प्रणालीमा आधारित बनाइने जनाइएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई आवद्ध गर्न अभियान सञ्चालन…
काठमाडौँ । सोमबार मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री बालेन शाहले आज अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाउनुभएको हो । बैठक सिंदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
काठमाडौं । काठमाडौं जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको छ । न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलासले आज ५ दिन म्याद थपको अनुमति दिएको हो । सरकारी वकिलको कार्यालयले १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन माग गरेको थियो । लेखक आफैँ अदालतमा उपस्थित भएका थिए भने ओली बिरामी भएका कारण त्रिवि शिक्षण अस्पतालमार्फत भर्चुअल रूपमा सहभागी भएका थिए । भदौ २३ र २४ गतेको जेन(जी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित कार्की आयोगको सिफारिसका आधारमा प्रहरीले शनिबार एकाबिहानै ओली–लेखकलाई पक्राउ गरेको थियो । आइतबार आज प्रहरीले उनीहरुलाई अदालतमा…
काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाह ( बालेन ) ले शासकीय सुधारका योजना अघि बढाउन मन्त्रीहरूसँग छलफल थालेका छन् । आइतबार मन्त्रिपरिषद्को कार्यालयमा उनले पालैपालो मन्त्रीहरूसँग भेटेर छलफल गरिरहेका छन्। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, शिक्षामन्त्री सस्मित पोखरेलसँग छलफल गरिसकेका छन्। मन्त्रिपरिषद्को पहिलो बैठकले शासकीय सुधारका एक सय कार्यसूची बनाएको थियो। शनिबार सार्वजनिक गरिएको कार्यसूचीमा तीव्र गतिमा लागू गर्न उनले निर्देशन दिएका छन्। त्यसका लागि प्रधानमन्त्री कार्यालयले पनि सबै मन्त्रालयहरूलाई त्यहीअनुसार योजना बनाएर अघि बढ्न निर्देशन दिइसकेको छ। जनताले नयाँ सरकारको अनुभूति हुने गरी काम गर्न प्रधानमन्त्री शाहले कर्मचारीलाई पनि निर्देशन दिइसकेका छन्।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई थुनामुक्तको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ । गैरकानूनी पक्राउ गरी थुनामा राखिएको भन्दै ओलीकी श्रीमती राधिका शाक्यको तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको हो । आज दर्ता भएको रिटमाथि बहस भने सोमबार हुनेछ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता लेखक चैत १४ गते शनिबार पक्राउ परेका थिए । एमालेले ओली र लेखकको गिरफ्तारी ‘गैरकानुनी’ र पूर्वाग्रही भएको जिकिर गर्दै राजनीतिक र कानुनी रूपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । पक्राउ परेसँगै ओलीलाई त्रिवि शिक्षण अस्पतालमा…
चितवन । सचतवनको कालिका नगरपालिकाले आजदेखि आफ्नै नवनिर्मित प्रशासकीय भवनबाट सेवा सुरुआत गरेको छ । नगरपालिकाका प्रमुख विनोद रेग्मीका अनुसार आजदेखि नियमित काम नयाँ भवनबाट सुरु गरिएको हो । निर्माणको छ वर्षपछि भवन सम्पन्न भएको हो । निर्माण कम्पनीले विसं २०७६ फागुन १५ गते दुई वर्षभित्र काम सम्पन्न गर्नेगरी ठेक्का लिएको थियो । निर्धारित समयमा काम नसकिएपछि चारपटक म्याद थप गर्दै अन्तिम म्याद २०८१ कात्तिक ३० गतेसम्म पु¥याइएको थियो । नगरपालिकाले म्याद थप नगरी जरिवाना लिने निर्णय कार्यपालिकाको बैठक र परिषद्बाट गरेको छ । नगरपालिकाले निर्माण कम्पनीसँग रु एक करोड १६ लाख जरिवाना गरेको छ । प्रमुख रेग्मीका अनुसार रु…
काठमाडौं । जेनजी आन्दोलनमा शहीद भएका २७ जना शहिद परिवारले नेपाल विद्युत प्राधिकरणमा रोजगारी पाउने भएका छन्। आइतबार प्राधिकरण रोजगारी आवेदकहरूको नाम समेत सार्वजनिक गरेको छ। कसैको हकदाबी रहेमा ३५ दिनभित्रमा प्राधिकरणमा सम्पर्क गर्न पनि प्राधिकरणले आग्रह गरेको छ। निवर्तमान उर्जामन्त्री कुलमान घिसिङले समेत यसको स्वागत गरेका छन्। उनले सामाजिक सञ्जालबाट भनेका छन्, ‘भदौ २३(२४ गतेको सम्पन्न जेनजी आन्दोलनका शहीद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय कार्यान्वयनमा आएको खबरले अत्यन्त खुसी लागेको छ, ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रीको जिम्मेवारीमा रहँदा, मेरो अध्यक्षतामा गत पुस २२ गते बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले यो…
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन् । पेरिसडाँडामा आज बसेको संसदीय दलको बैठकले प्रचण्डलाई सर्वसम्मत दलको नेता चयन गरेको हो । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट नेकपाको प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ९ गरी १७ सीट रहेको छ ।
काठमाण्डौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा नेकपा ( एमाले ) ले प्रदर्शन गरेका छन्। एमालेका जनवर्गीय संघसंगठले आईतबार माइतीघरमा प्रदर्शन गरेका हुन्। पूर्वप्रधानमन्त्री ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्। उनीहरूले प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै प्रदर्शन गरेका छन्। उनीहरूले अध्यक्ष ओलीलाई विना शर्त रिहा गर्न पनि माग गरेका छन्। अध्यक्ष ओली र लेखकलाई सरकारले जेनजी आन्दोलन छानबिन गर्न गठित आयोगको प्रतिवेदनको आधारमा शनिबार पक्राउ गरेको थियो। पक्राउपछि शनिवार पनि एमालेले राजधानीमा प्रदर्शन गरेको थियो। एमालेले आईतबार देशभरका जिल्ला प्रशासन कार्यालयबाट सरकारको विरोधमा ज्ञापनपत्र समेत…
काठमाडौं । तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ( प्रचण्ड ) को सम्पत्ति छानबिनको प्रक्रिया अघि बढेको हो । सम्पत्ति शुद्धीकरण विभागले केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआईबी ) लाई पत्राचार गरेपछि सीआईबीले अनुसन्धान प्रक्रिया अघि बढाएको हो । विभागकै पत्राचारअनुसार आइतबार कांग्रेस नेता तथा पूर्वउर्जा मन्त्री दीपक खड्का पक्राउ परेका हुन् । प्रहरी स्रोतका अनुसार जेनजी आन्दोलनका क्रममा घरमा आगजनी हुँदा केही नेताको घरमा रकम भेटिएको आधारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको प्रारम्भिक अनुसन्धानलाई पूर्णता दिँदै थपमाथि पनि प्रहरी अनुसन्धान अगाडि बढ्न लागेको हो । आइतबार बिहान नेपाली…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क