Author: Editor

काठमाण्डौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षामा प्रस्ताव गरिएको समता करले गरिब तथा भुइँमान्छे वर्गलाई कुनै असर नपर्ने बताएका छन्। आइतबार प्रतिनिधि सभा आर्थिक विधेयक, २०८३ माथि छलफलमा क्रममा उठेका प्रश्नको जबाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले नेपालका करिब ८० प्रतिशत बालबालिका गैरनिजी विद्यालयमा अध्ययन गर्ने भएकाले उनीहरूलाई यो कर नलाग्ने स्पष्ट पारे। केही निजी विद्यालयमा मात्र समता शुल्क प्रस्ताव गरिएको उल्लेख गर्दै उनले त्यहाँ मासिक १० हजार रुपैयाँ शुल्क तिर्ने अभिभावकले करिब ३ सय रुपैयाँ अर्थात ३ प्रतिशत योगदान गर्ने व्यवस्था गरिएको बताए। उक्त रकम सार्वजनिक शिक्षाको गुणस्तर सुधार तथा भुइँमान्छे, सीमान्तकृत, दलित र न्यून आय भएका समुदायका…

Read More

काठमाडौं। जेठ २८ गतेदेखि सुरु भएको फिफा विश्वकपको नकआउट चरणमा पुग्ने सबै ३२ वटै टीमको टुंगो लागेको छ। समूह जे का दुई खेलहरु सम्पन्न भएसँगै समूह चरणका सम्पूर्ण खेलहरु सकिएका हुन्। योसँगै राउन्ड अफ ३२ को समीकरण पनि पूरा भएको छ। पहिलोपटक ४८ टोली सहभागि यस प्रतियोगितामा दुई पटकको विजेता उरुग्वे समूह चरणबाटै बाहिरियो भने पहिलोपटक विश्वकप खेलेको केप भर्डले अन्तिम ३२ मा स्थान बनायो। कुन टीमको प्रतिद्वन्द्वी को ?  दक्षिण अफ्रिका र क्यानडा ब्राजिल र जापान जर्मनी र पाराग्वे नेदरल्यान्ड्स र मोरक्को आइभरी कोस्ट र नर्वे फ्रान्स र स्विडेन मेक्सिको र इक्वेडर इंग्ल्यान्ड र डीआर कंगो बेल्जियम र सेनेगल…

Read More

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र ( बालेन शाह )  ले सीमा सम्बन्धी बोलेको अभिव्यक्ति राष्ट्रको हितमा छ भने रेकर्डबाट नहटाइयोस् भन्दै सभामुखमाथि कटाक्ष गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले आफूहरूले प्रमको उक्त अभिव्यक्ति विरोधका लागि विरोध मात्र नगरेको बताए । उनले भने,‘के प्रमले बोलेको उक्त अभिव्यक्ति राष्ट्रको हितमा थियो रु थियो भने रेकर्डबाट नहटाइयोस् र राष्ट्रघाती भए तुरुन्त हटाइयोस् ।’ उनले पार्टी भन्दा ठुलो देश भएको भन्दै संसदमा जवाफ मागिरहेका बेला प्रधानमन्त्रीले चितवनतिर गएर स्पष्टीकरण दिनु उचित नभएको उल्लेख गरे ।

Read More

काठमाडौं । नेकपा एमालेका सांसद पुष्प कँडेलले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई रिहाई गर्न माग गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । ‘एकजना उहाँ प्रतिस्पर्धी र वर्तमान प्रधानमन्त्रीलाई गत निर्वाचनमा गाडी उपलब्ध गराउने व्यक्तिका पोलको आधारमा समातिएको भन्ने समाचारहरू आएका छन्। उहाँको गिरफ्तारी गत चैतमा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको प्रतिशोधी गिरफ्तारीको अर्को रूप हो’, उनले भने । गिरफ्तारी सम्पूर्ण विपक्षीलाई तर्साउन र एमालेलाई बद्‌नाम गर्ने उदेश्यले प्रेरित भएको उनको भनाइ छ ।

Read More

काठमाण्डौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले बालबालिकाहरूलाई पार्टी सदस्य बनाएकोप्रति कांग्रेसले संसद्‍मा प्रश्न उठाएको छ। प्रतिनिधि सभाको आज बैठक सुरु हुनासाथ कांग्रेस सांसद रेनुका काउँचाले रास्वपाको भर्खरै सम्पन्न महाधिवेशनमा ३५ हजार भन्दा धेरै सदस्य बालबालिका रहेको तथ्यप्रति साभामुखको ध्यानाकरर्षण गराएकी हुन्। ‘रास्वपाको महाधिवेशनमा सार्वजनिक भएको तथ्यांकले १८ वर्षभन्दा मुनीका ३५ हजार भन्दा धेरै बालबालिका सो पार्टीको सदस्य रहेको देखिन्छ,’ उनले भनिन्, ‘हाम्रो संविधानले बालबालिकालाई पार्टी सदस्य बनाउन बन्देज गरेको छ। १८ वर्षभन्दा मुनीका बालबालिकालाई पार्टी सदस्य र राजनीतिक गतिविधिमा सहभागी गराए ८० हजार जरिवाना र ३ वर्ष कैद हुने व्यवस्था छ। के रास्वपा संविधान भन्दा माथि होरु’ उनले कुनै…

Read More

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टी ( नेकपा ) का प्रमुख सचेतक युवराज दुलालले रास्वपा महाधिवेशनबाट पारित दस्ताबेजमा लोकतन्त्र हल्लाउने गन्ध आइरहेको बताएका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले रास्वपाको पहिलो महाधिवेशनबाट पारित दस्ताबेजमा ‘लोकतन्त्रको आधारलाई हल्लाउने गन्ध’ आइरहेको टिप्पणी गरे। गणतन्त्रको संरचनालाई जिस्काई–जिस्काई कपट र षड्यन्त्र गरिरहेको आरोप लगाउँदै उनले भने, ‘लोकप्रियताको सुन्दर घुम्टोले केमोफाइज भएर जनमत जितेको शक्तिले हाम्रो गणतन्त्रको संरचनालाई जिस्काइ जिस्काई सेबेटोज गर्न बढ्दै गएको कपट र षडयन्त्रप्रति हामी गम्भीर र सचेत छौं’। यस्तै, उनले नेकपा रास्वपाको प्रतिस्पर्धी शक्ति बन्ने दाबी गरे। यसपालिको निर्वाचनको हार सधैंका लागि नभएको बताउँदै उनले भने, ‘हामी आवधिक चुनावमा यो पटक…

Read More

काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरणका खेल सकिएका छन्। यसपटकको सबैभन्दा ठूलो र अप्रत्याशित धक्का पूर्व विश्व विजेता उरुग्वेलाई लागेको छ। उ तेस्रो स्थानमा रहेर पनि समूह चरणबाटै घर फर्कियो। १२ वटा समूहका तेस्रो स्थानमा रहेका टोलीहरूको तुलनात्मक तालिका (Third Place Standings)  हेर्दा, शीर्ष ८ टोलीहरू अर्को चरणमा जान सफल भए भने पुछारमा रहेका ४ टोलीको यात्रा समाप्त भयो। समूह एच मा संघर्ष गरेको उरुग्वेले ३ खेलमा मात्र २ अंक जोड्न सक्यो र तेस्रो स्थानको सूचिको सबैभन्दा अन्तिम  १२ औँ स्थानमा रहँदै बाहिरियो। स्कटल्याण्ड समूह सी बाट ३ अंक मात्र जोडेर यो सूचीको ११ औँ स्थानमा रहँदै बाहिरियो।…

Read More

काठमाण्डौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेदेखि शुरु भएको छ । आजको बैठकका लागि २६ बुँदे कार्यसूची सार्वजनिक गरिएको छ। कार्यसूची अनुसार बैठकमा राष्ट्रपतिबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाइने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस गरिने तथा नागरिकता, स्वास्थ्य, आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि आवश्यक प्रक्रिया अघि बढाइनेछ। बैठकको अन्त्यमा शोक प्रस्ताव पनि प्रस्तुत गरिने कार्यसूची रहेको छ। https://www.youtube.com/watch?v=lMIIAbbURfw

Read More

काठमाडौँ । तत्कालीन एमाले महासचिव मदन भण्डारीको ७५ औँ जन्मजयन्ती । यसै सन्दर्भमा मदन भण्डारी फाउन्डेसनले आइतबार अपराह्न काठमाडौँमा विशेष कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय सभा गृहमा आयोजित उक्त कार्यक्रमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । अतिथिका रूपमा पूर्व प्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र जसपा नेता उपेन्द्र यादवले ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ शीर्षकमा आफ्नो विचार राख्नेछन् । सोही कार्यक्रममा मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण गरिने कार्यक्रम रहेको छ ।

Read More

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको दोस्रो अधिवेशनको २८ औँ बैठक आज बस्दैछ। संसद् सचिवालयका अनुसार बैठक आज बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो। तेस्रो पटक स्थगित बैठक आज बस्ने छ। राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को महाधिवेशन लम्बिँदा प्रतिनिधिसभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएको थियो। मन्त्री तथा रास्वपा सांसदहरू महाधिवेशनमै व्यस्त भएपछि संसदका महत्वपूर्ण विधेयक र बजेटसम्बन्धी कार्यसूची प्रभावित बनेका छन्। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को महाधिवेशन नसकिँदा प्रतिनिधि सभा बैठक तेस्रो पटक सूचना टाँसेर स्थगित गरिएको थियो। सभामुख डोलप्रसाद अर्यालको निर्देशनमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले शुक्रबार दिउँसो दोस्रो सूचना…

Read More