काठमाण्डौं । श्रम संस्कृतिक पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछाने लक्षित गर्दै शब्द प्रहार गरेका छन्।सामाजिक सञ्जालमार्फत अध्यक्ष साम्पाङले रास्वपाले देश चलाउन सक्दैन भन्ने कुरा सय पटक प्रमाणित भइसकेको दाबी गरेका हुन्।
सभापति लामिछानेलाई सम्बोधन गर्दै सांसद साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘रवी जी.. are you still alive or… ? अब नि हस्तक्षेप नगर्ने हो भने आउने चुनावमा टाइँ टाइँ फिस् हुनेछ ’
काठमाडौंको सुकुम्बासी होल्डिङ सेन्टरमा बाढी पसेर सुकुम्बासीहरूको बिचल्ली भएको घटनातर्फ संकेत गर्दै सांसद साम्पाङले सरकारको कार्यशैलीमाथि पनि प्रश्न उठाए। ‘सुकुम्बासी व्यवस्थापनमा असफल बनेको सरकारले अब के गर्ला रुरुरु’, उनले प्रश्न गरे।
