Author: Editor
पोखरा । पर्यटकीय गाउँ घान्द्रुक घुम्न गएका पर्यटक मोदी खोलामा आएको बाढीले पक्की सडक बगाउँदा अलपत्र परेका छन्। कास्कीको अन्नपूर्ण गाउँपालिका ८ र १० को सीमा स्याउलीबजार नजिक मोदी खोलाले सडक बगाएपछि अहिले नयाँपुल–विरेठाँटी(घान्द्रुक सडकमा यातायात बन्द भएको छ। अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला थुनिपछि आएको बाढीका कारण उर्लिएको मोदी खोलाले सडक बगाउँदा ग्रामीण पर्यटको केन्द्र घान्द्रुकसँगको सडक सम्पर्क टुटेको थियो। सडक बन्द हुँदा घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन्। पैदल यात्राका लागि समस्या नभए पनि सवारीसाधनमा गएका पर्यटक घान्द्रुकमै रोकिएका हुन्। घान्द्रुक पर्यटन व्यवसायी समितिका कोषाध्यक्ष कृष्ण गुरुङले तीन दिन बिदा मनाउने सिलसिलामा घान्द्रुक पुगेका ३०० पर्यटक अहिले…
काठमाडौं । बिहीबार आत्मदाह गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको अन्त्येष्टिका लागि परिवारले शव बुझेको छ । अहिले पशुपति आर्यघाटमा अन्त्येष्टिको तयारी भइरहेको काठमाडौंका प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले जनाएका छन् । त्यसअघि उनको परिवारले ज्यानसम्बन्धी महलमा घटनाको अनुसन्धान माग गर्दै प्रहरी वृत्त कालिमाटीमा जाहेरी दिएका छन् । उक्त जाहेरी दर्ता गरी अनुसन्धान अगाडि बढाइएको एसपी भट्टराईले बताए । तर, जाहेरीमा कसैलाई पनि प्रतिवादी किटान गरिएको छैन । ‘हरेक अप्राकृतिक मृत्युमा प्रहरीमा जाहेरी पर्छ । त्यसपछि कानूनी प्रक्रिया सुरु हुन्छ । पोस्टमार्टम गर्ने र शव सद्गदका लागि परिवारलाई बुझाउने काम हुन्छ । मुद्दा चलाउनुपर्ने अवस्था देखिए सोही अनुसार अघि बढ्छ’,…
काठमाण्डौं । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका आदिकवि भानुभक्त आचार्य केवल कवि मात्र नभएर नेपाली आत्माको स्वर भएको बताएका छन्। आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका अवसरमा भानु प्रतिष्ठानले सोमबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा उनले आचार्य राष्ट्रिय विभूति, नेपाली जातीय चेतनाका प्रतीक र जनताका प्रमुख प्रतिनिधि स्रष्टा भएको उल्लेख गरे। उनले भने, ‘आदिकवि नेपाली चेतनाको आधारशिला र नेपाली भाषाको पहिचान निर्माण गर्ने व्यक्तित्व हुनुहुन्थ्यो। आदिकविका विषयमा खोज अनुसन्धान व्याख्या विश्लेषण र भानु संस्कृति निर्माणमा भानु प्रतिष्ठानको योगदान रहेको छ।’ भानुभक्तले रामायणलाई नेपाली भाषामा अनुवाद गरेर आम नेपालीलाई धर्म, दर्शन, नीति र आदर्शको सहज पहुँच उपलब्ध…
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँगको छलफलका क्रममा उनले प्रमुख सरकारी अस्पतालमा बर्न वार्ड सुदृढीकरणका लागि पनि आवश्यक योजना अघि बढाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्री शाहले गम्भीर प्रकृतिका जलनका बिरामीले समयमै गुणस्तरीय उपचार पाउने व्यवस्था सुनिश्चित गर्न सङ्घ, प्रदेश र सम्बन्धित स्वास्थ्य संस्थाबीच आवश्यक प्रभावकारी समन्वय गर्न सुझाव दिए । उनले गुणस्तरीय, प्रभावकारी तथा नागरिकमैत्री स्वास्थ्य सेवा सरकारको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै अस्पतालमा सरसफाइ, सेवा प्रवाहमा सुधार, ‘डिजिटल’ प्रविधिको प्रयोग र सुशासनको प्रभावकारी कार्यान्वयन गर्न पनि…
काठमाण्डौं । जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई कीर्तिपुरको होल्डिङ सेन्टरबाट बिनाकारण र बिनापुर्जी किन पक्राउ गरिएको भन्दै सरकारसँग प्रश्न गरेका छन्। शनिबार साँझ प्रहरीले उनीसहित अन्य जेनजी युवाहरूलाई पक्राउ गरेको थियो। पक्राउका क्रममा प्रहरीले लछारपछार गर्दा घाइते भएका अन्सारीको हाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ। उपचारका क्रममा सोमबार बिहान अन्सारीले आफूलाई पक्राउ गर्नुको कारण र कानुनी हैसियतबारे गृहमन्त्री तथा प्रहरी प्रमुखसँग जवाफ मागेका छन्। मलाई अहिलेसम्म मेरो पक्राउको कारणबारे कुनै जानकारी दिइएको छैन, न त मलाई कुनै पक्राउ पुर्जी नै देखाइएको छ। मेरो पक्राउको कानुनी हैसियतबारे पनि कुनै स्पष्टता छैन,झ अन्सारीले भनेका छन्, ञके गृहमन्त्री वा प्रहरी…
काठमाडौं । देशभर अबिरल बर्षासँगै आएको बाढीले ४ जनाको ज्यान गएको छ । बागलुङमा घरको पर्खाल भत्किँदा एक बालकको मृत्यु भएको छ। ढोरपाटन नगरपालिका–२ सलामकोटमा घरको पर्खाल आइतबार साँझ भत्किँदा च्यापिएर बडिगाड गाउँपालिका–५ का पाँच वर्षीय आशिष भण्डारीको मृत्यु भएको हो। मावलीघर सलामकोटमा बस्दै आएका भण्डारी आँगनमा खेल्दै गर्दा अचानक घरको पर्खाल भत्किएर पुरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी नायब निरीक्षक सुदीप भट्टराईले जानकारी दिए। जाजरकोटको भेरी नगरपालिका–२, राङ्सीमा पहिरोले अस्थायी टहरा पुरिँदा एकवृद्धाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार हिजो साँझ करिब ७ बजे घरमाथिबाट खसेको पहिरोले टहरा पुरिँदा ७१ वर्षीया वृद्धा…
काठमाण्डौं । आदिकवि भानुभक्त आचार्यको २ सय १३औँ जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ। संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ। पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको बताइन्छ। विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए। त्यसैगरी, ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो ।…
काठमाडौँ । संघीय संसदअन्तर्गतका चार समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभाका अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो । यस्तै, राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आजै बस्नेछ । अर्थ समितिको बैठक बिहान साढे ८ बजे बस्नेछ । बैठकमा राष्ट्रिय योजना आयोगसँग आर्थिक वर्ष २०८२–८३ मा आयोगबाट भएका मुख्य–मुख्य कामकारबाही, १६औँ आवधिक योजनाको कार्यान्वयन अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयन तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनासहित विकास आयोजनाहरूको प्रगतिको अवस्थाबारे छलफल हुने कार्यसूची छ । त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्नेछ…
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबिच समसामयिक राजनीतिक सन्दर्भ, सरकार एवं पार्टी सञ्चालनका विषयमा परामर्श भएको छ । उहाँहरूबिच पार्टीका पदाधिकारी एवं केन्द्रीय सदस्य मनोनयनका विषयमा पनि छलफल भएको छ । पूर्वमहामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार प्रधानमन्त्री शाह र सभापति लामिछानेबिचको भेट नियमित हो । उहाँले भन्नुभयो, “सरकार र पार्टी सञ्चालन, समसामयिक विषयमा छलफलको सिलसिला नियमित चलिरहन्छ । यद्यपि प्रधानमन्त्री र सभापतिबिचको छलफलबारे पूर्ण अपडेट छैन । पक्कै नियमित बैठक नै हो ।” रास्वपाले केन्द्रीय समितिलाई पूर्णता दिएर सङ्गठनलाई सशक्त बनाउने तयारी थालेको छ । रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनपछि सम्पूर्ण ध्यान आन्तरिक संरचनालाई केन्द्रदेखि वडास्तरसम्मै…
मुक्तिनाथ ( मुस्ताङ ) । प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा तीन महिनाका लागि बन्द गरिएको छ। निरन्तरको वर्षाका कारण दृश्य क्षमता ( भिजिबिलिटी ) कम भएपछि जेठको तेस्रो सातादेखि भदौको पहिलो सातासम्म यात्रु उडान स्थगित गरिएको हो। जोमसोम विमानस्थलका प्रमुख दीपक पोखरेलका अनुसार नियमित उडान गर्दै आएका निजी वायुसेवा कम्पनी यती एयरलाइन्सको भगिनी संस्था तारा एयर र समिट एयरले सेवा स्थगित गरेका छन्। विमानस्थल प्रमुख पोखरेलले भन्नुभयो, “बर्खा र जाडोयाममा हवाई उडान नियमित हुँदैन। आपत्कालीन र चार्टर उडान भने आवश्यकताअनुसार हुन सक्छ।” उहाँका अनुसार भदौको पहिलो सातादेखि नियमित उडान सुरु गर्ने जानकारी निजी वायुसेवा कम्पनीले दिएका छन्। बर्खाको समयमा…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क