Author: Editor

पोखरा । पोखरामा अविरल वर्षाका कारण खसेको पहिरोले सेती नदी थुनिएको छ। पोखरा महानगरपालिका–१५ र १७ सीमानास्थित रातोपैह्रोमा नदीले कटान गरेपछि खसेको पहिरोले नदीको केही भाग थुनिएको हो । पहिरो खसेको खबरपछि कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी नवीन कार्की, पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ लगायतको टोली आइतबार बिहान निरीक्षणमा पुगेको थियो। पहिरोले थुनिएपछि पानी पूर्ण रुपमा निकास हुन सकेको छैन।पहिरोले थुनिए भन्दा माथिल्लो भागमा पानीको सतह करिब ५० मिटर बढेको उपप्रमुख गुरुङले बताइन्।

Read More

काठमाडौँ । कानून, न्याय तथा मानव अधिकार समितिले बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकार, उचित खानपान र पोषणको अवस्था सुधार गर्न सरकारलाई भनेको छ। आइतबार सिंहदरबारमा बसेको समितिको बैठकमा ‘बाल सुधार गृहमा रहेका बालबालिकाहरुको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमिति’ को प्रतिवेदन, २०८३ माथि भएको छलफलका क्रममा सभापति समीक्षा बाँस्कोटाले यस्तो निर्देशन दिएकी हुन्। सभापति बाँस्कोटाले सुधार गृहमा रहेका बालबालिकाहरूलाई कैदीबन्दी सरहकै खाना उपलब्ध गराउनु अनुपयुक्त भएको भन्दै उनीहरुको शारीरिक र मानसिक विकासका लागि छुट्टै पोषणयुक्त खानाको व्यवस्था गर्नुपर्ने बताइन्। विशेषगरी रूपन्देही लगायत क्षमताभन्दा बढी बालबालिका रहेका सुधार गृहको अनुगमन गरी ती समस्या समाधान गर्न उनले सम्बन्धित मन्त्रालयको…

Read More

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन्। प्रचण्ड जुलाई १५ मा श्रीलंका गएका थिए। भ्रमणका क्रममा उनले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा उद्घाटन र समापन दुवै सत्रलाई सम्बोधन गरेका थिए। उद्घाटन सत्रमा उनले विश्व शक्ति सन्तुलनमा आएको परिवर्तन, साम्राज्यवाद र नवउदारवादका चुनौती, दक्षिण एसियाली जनआन्दोलनका अनुभव तथा २१औँ शताब्दीको समाजवादबारे धारणा राखेका थिए। समापन सत्रमा उनले एसियाली जनताबीच एकता, शान्ति, सामाजिक न्याय र प्रगतिशील शक्तिबीच सहकार्य आवश्यक रहेको बताएका थिए। भ्रमणका क्रममा प्रचण्डले ग्लोबल साउथ एकेडेमिक फोरमलाई अन्तर्वार्ता दिँदै…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा )  का नेता ज्ञानेन्द्र शाहीले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी र गृह प्रशासनमाथि कडा प्रहार गर्दै संसद्‌मा आफूले उठाएका प्रश्नहरूको सामना गर्न खुला चुनौती दिएका छन्। जापान भ्रमणमा रहेका नेता शाहीले टिकटक लाइभमार्फत सम्बोधन गर्दै ओसाकामा आफूमाथि भौतिक आक्रमण भएको भनी सामाजिक सञ्जालमा फैलाइएको दाबीलाई पूर्णरूपमा ‘झुटो अफवाह’ भएको स्पष्ट पारेका छन्। रास्वपाका कार्यकर्ताहरूले आफ्नो बद्‌नाम गराउने नियोजित उद्देश्यका साथ यस्तो भ्रमपूर्ण प्रचार गरेको उनको आरोप छ। संसद्‌मा आफूले उठाएका ज्वलन्त मुद्दाहरूको तथ्यपरक जवाफ दिन नसकेपछि आफ्नो चरित्रहत्या गर्न खोजिएको दाबी गर्दै शाहीले आक्रोश पोखे। उनले प्रश्न गरे, ‘सहकारी ठग्ने र जेलबाट भाग्नेहरू मर्यादापालक…

Read More

काठमाण्डौं । फिफा विश्वकप २०२६ को गोल्डेन बुट र विश्वकपकै सर्वाधिक गोलकर्ताको दौडमा फ्रान्सेली स्टार किलियन एम्बाप्पेले अर्जेन्टिनी स्टार लियोनल मेसीलाई पछि पारेका छन्।आइतबार बिहान विश्वकप २०२६ को तेस्रो स्थानका लागि इंग्ल्याण्ड विरूद्धको खेलमा एमबाप्पेले दुई गोल गर्दै दुवै दौडमा मेसीलाई पछि पारेका हुन्। उनले एउटा असिस्ट पनि गरे। योसँगै एम्बाप्पेले जारी विश्वकपमा १० गोल चार असिस्ट आफ्नो नाममा गरेका छन्। फाइनल खेलअघि मेसीको नाममा ८ गोल र ४ असिस्ट छ। गोल्डेन बुट प्राप्त गर्न मेसीले फाइनल खेलमा कम्तिमा २ गोल गर्नुपर्ने छ। तर दुई गोलभन्दा कम गरे एमबाप्पे दोस्रो पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बन्नेछन्। दुवै खेलाडीबीच विश्वकप…

Read More

चितवन । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बसले सोही दिशातर्फ गइरहेको ट्रकलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आइरहेको बससँग ठोक्किँदा दुर्घटना भएको हो। घाइतेमध्ये २१ जनाको चितवन मेडिकल कलेज र नौ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनाका कारण केही समय सडकमा रोकिएका सवारीसाधन अवरोध हटेसँगै गन्तव्यतर्फ लागेका छन्।

Read More

गण्डकी । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले म्याग्दीको बेनी–दरबाङ सडकअन्तर्गत फापरखेतको पहिरो नियन्त्रणका लागि सक्दो प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। आज आफ्नो निर्वाचन क्षेत्रमा आउनुभएका मन्त्री पुनले सडकको निरीक्षणपछि यस्तो प्रतिबद्धता व्यक्त गरे। “चालु आर्थिक वर्षमा पहिरो नियन्त्रणका लागि सङ्घबाट चार करोड विनियोजन भएको छ, एक वर्ष भित्रमा समस्या समाधान हुनेमा विश्वस्त छु,” उनले भने। करिब ३० वर्षदेखि उक्त स्थानमा पहिरोको समस्या छ। सडक माथिबाट खसेको पहिरोका कारण वर्षायाममा सडक अवरुद्ध हुँदा मङ्गला, मालिका र धवलागिरि गाउँपालिकावासीले आवतजावतमा सास्ती खेप्दै आएका छन्। आजै मन्त्री पुनले प्रदेश अस्पतालको निर्माणाधीन भवनबारे जानकारी लिए। उनले अस्पतालमा विशेषज्ञ चिकित्सकको व्यवस्था र उपकरणका…

Read More

नेपालगन्ज । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब तीन महिनादेखि लिन्याक ( लिनियर एक्सेलेरेटर )  मेसिन बन्द हुँदा रेडियोथेरापी सेवा ठप्प भएको छ । सेवा अवरुद्ध भएपछि दैनिक उपचारका लागि आउने क्यान्सरका बिरामी भारतका विभिन्न अस्पताल धाउन बाध्य भएका छन् । रेडियोथेरापी सेवा बन्द हुँदा पश्चिम नेपालका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका बिरामी सबैभन्दा बढी प्रभावित भएका छन्। अस्पतालमा दैनिक २५ भन्दा बढी बिरामीले रेडियोथेरापी सेवा लिँदै आएका थिए। तर मेसिन बन्द भएपछि उनीहरू भारतका बहराइच, लखनउ, दिल्लीलगायतका अस्पतालमा उपचारका लागि जान बाध्य भएका छन्। सुशील कोइराला प्रखर क्यान्सर अस्पताल लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका लागि सरकारी क्यान्सर उपचार सेवा…

Read More

काठमाण्डौं । फिफा विश्वकपको फाइनल आज स्पेन र अर्जेन्टिनाबीच खेल हुँदैछ। ६० वर्षमा प्रतियोगितामा यी दुई टोली पहिलो पटक आमनेसामने भएका छन्। यो खेल न्यूयोर्कको न्यु जर्सी स्टेडियममा बिहान १२.४५ बजे सुरु हुनेछ। स्पेन २०१० पछि दोस्रो पटक विश्व च्याम्पियन बन्ने लक्ष्यमा हुनेछ। यसैबीच, डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनासँग चौथो पटक र लगातार दोस्रो पटक विश्वकप जित्ने मौका हुनेछ। जितले अर्जेन्टिना इटाली ( १९३८ )  र ब्राजिल ( १९६२ )  पछि लगातार दुई विश्वकप जित्ने तेस्रो टोली बन्नेछ। यस फाइनलको सबैभन्दा ठूलो कथा लियोनेल मेस्सी र लामिन यमलको हो। मेस्सी अर्जेन्टिनाका सुपरस्टार हुन् भने यमल स्पेनका युवा सनसनी हुन्। मेस्सीले स्पेनी क्लब…

Read More

काठमाडौं । नेकपा ९एमाले० ले संसद्मा आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आज संघीय संसद्का आफ्ना सांसदहरूसँग अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम आयोजना गर्दैछ । पार्टीको संसदीय विभागले बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा आयोजना गर्ने कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेका सांसदहरूलाई संसद्मा निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिनेछन् । त्यस्तै, संसद् सचिवालयका पूर्व सचिव हर्कराज राईले संसद् सचिवालयका काम कर्तव्य र अधिकारका बारेमा सांसदहरूलाई जानकारी गराउने छन् । उनले संसदीय समितिहरूका अधिकार क्षेत्र र समितिमा उठाउनु पर्ने विषयका बारेमा समेत जानकारी दिनेछन् । पार्टी महासचिव शंकर पोखरेलले पार्टीको नीति र सांसदहरूको कर्तव्यका विषयमा प्रशिक्षण दिनेछन् । कार्यक्रममा सहभागी…

Read More