चितवन । नारायणगढ–मुग्लिन सडकअन्तर्गत चितवनको जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बसले सोही दिशातर्फ गइरहेको ट्रकलाई उछिन्ने क्रममा विपरीत दिशाबाट आइरहेको बससँग ठोक्किँदा दुर्घटना भएको हो।
घाइतेमध्ये २१ जनाको चितवन मेडिकल कलेज र नौ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। दुर्घटनाका कारण केही समय सडकमा रोकिएका सवारीसाधन अवरोध हटेसँगै गन्तव्यतर्फ लागेका छन्।
