Author: Editor
काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को पूर्वतयारीअन्तर्गत आवश्यक परेमा निजी क्षेत्रसँग हेलि, ड्रोन र र्याफ्टिङ उपलब्ध गराउन आग्रह गरिने तयारी गरेको छ । विपदमा परेका व्यक्तिहरूको खोज तथा उद्वारका लागि प्रयोग हुने गरी प्राधिकरणले निजी क्षेत्रसँग गरेको पूर्वसम्झौताबमोजिम हेलि, ड्रोन र र्याफ्टिङ उपलब्धका लागि आग्रह गर्न लागको हो । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेसँगै २१ जिल्लामा बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी पूर्वतयारीलाई सुदृढ बनाएको छ । प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले सम्भावित विपद्को अवस्थामा तत्काल उद्धारका लागि काठमाडौँ, इटहरी,…
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले तीन दल मिलेर प्रदेशको सरकार नबनाउने बताएका छन्। ललितपुरमा आज कृष्णप्रसाद भट्टराईको सालिक अनावरण समारोहलाई सम्बोधन गर्दै सभापति थापा एमाले, कांग्रेस र नेकपाबीच प्रदेशमा गठबन्धन नबन्ने बताएका हुन्। ३ दल मिलेर प्रदेश सरकार बनाउन सुझाव आइरहेको बताउँदै उनले नागरिकको म्याण्डेट त्यस्तो नभएकाले कांग्रेसले तीन दल मिल्नु गलत भएको भनिरहेको बताए। उनले एउटासँग चुनावमा गठबन्धन गरेर अर्कोसँग सत्ता सञ्चालन गरेकाले पनि कांग्रेसले ठूलो मूल्य चुकाएको बताए। ‘तीन दल मिलेर सरकार बनाउनु भनेको प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउनु हो । सरकारमा सहभागी हुनु मात्र कांग्रेसको उद्देश्य होइन । सत्तालाई नै सबैथोक मान्ने सोचले नै विगतदेखि नेपाली…
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न स्थानमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान गरेसँगै बाढी, पहिरो र डुबानको जोखिम भन्दै सचेत रहन आग्रह गरेको छ । यससँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वतयारीलाई तीव्र बनाएको छ । प्राधिकरणका निमित्त कार्यकारी प्रमुख प्रदीपकुमार कोइरालाले नदीमा पानीको बहाव बढेर बाढी जोखिमको अवस्था आएमा आज कोशी ब्यारेजका ढोका क्रमशः खोलिने बताउनुभयो । जल तथा मौसम विज्ञान विभागका बाढीविद् बिनोद पराजुलीले जलप्रवाहको निरन्तर निगरानी भएको र २१ जिल्लामा बाढीको मध्यम जोखिम रहेको जानकारी दिनुभयो । प्राधिकरणले सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा प्रतिकार्यका लागि आवश्यक तयारी थालको छ । प्राधिकरणले स्थानीय…
काठमाण्डौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले नेपाल बाल संगठनमा रहेका २० बालबालिकाको उद्धार गरेको छ। मन्त्रालयका अनुसार, बाल हेल्पलाइन ९१०४० र मन्त्रालयको संयुक्त टोलीले बालगृहमा पुगेर अनुगमन गरेको थियो। अनुगमनका क्रममा बालगृहको सरसफाइ अत्यन्त कमजोर रहेको, शौचालय तथा बाथरुम अस्वच्छ र चिप्लो अवस्थामा रहेको, भवनभित्र पानी जमेको तथा विभिन्न उमेर समूहका बालबालिकालाई एउटै स्थानमा राखिएको भेटिएको थियो। स्थानीय सरोकारवाला, विभिन्न व्यक्ति तथा बालगृहका केही कर्मचारीबाट समेत अवस्थाबारे भिडिओ मन्त्रालयमा प्राप्त भएपछि अनुगमन गरिएको जनाएको छ। यसैका आधारमा मन्त्रालयले बाल हेल्पलाइनको समन्वयमा पहिलो चरणमा दुई वर्षभन्दा कम उमेरका २० बालबालिकालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको जनाएको…
काठमाण्डौं । आगामी तीन दिनसम्म भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले शनिबार बिहान जारी गरेको बुलेटिनमा आगामी तीन दिन नै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ। मनसुनी वायुको प्रभाव र यसको न्यूनचापीय रेखा पनि सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग आसपास र पूर्वामा सरदरस्थान आसपास रहँदा विभिन्न स्थानमा भारी वर्षा भएको हो। शनिबार दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू(भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदुरपश्चिम प्रदेशको एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । राति देशका पहाडी भू(भाग, कोशी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई…
काठमाण्डौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन कार्यकर्तालाई आग्रह गरेका छन्। उज्यालो नेपाल पार्टी खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चको प्रथम भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले डिजिटल सदस्यता वितरणसँगै गाउँ–गाउँमा पुगेर जनतासँग प्रत्यक्ष संवाद गर्ने अभियान सञ्चालन गरिने बताए । उनले भने, ‘देशभरी आगामी तीन महिनामा तीन लाख सदस्यता वितरण गर्ने भनेर डिजिटल सदस्यता वितरण र गाउँ–गाउँमा पुगेर जनतासँग संवादको एउटा बाटो पनि हुन्छ । सदस्यता वितरणले व्यापक रूपमा उज्यालो नेपाल पार्टीलाई जनतासम्म पुग्ने कार्यक्रममा धेरै सहयोग पुग्नेछ । आगामी तीन महिनाभित्र व्यापक रूपमा सदस्यता वितरण र…
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान सरकारको नियतमा कुनै पनि शङ्का नगर्न आग्रह गरेका छन्। रौतहटका पार्टी नवप्रवेशीहरूलाई स्वागत गर्दै उनले सरकारका निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्ने र त्यसलाई सच्याउन तयार रहेको बताएका हुन् । खराब नियत भएमा सच्याउन गाह्रो हुने उल्लेख गर्दै उनले असल सोच राखेर काम गर्दागर्दै पनि कहिलेकाहीँ विवाद आउन सक्ने धारणा राखे। सभापति लामिछानेलेकहिलेकाहीँ किसानको पक्षमा भनेर गरिएका निर्णयहरू व्यावहारिक रूपमा फिल्डमा जाँदा विपक्षमा परिणत हुन सक्ने स्वीकार गरे । सरकारले जसको लाभका लागि निर्णय गरेको हो, त्यसबाट हानि पुगेको खण्डमा निर्णयहरू परिवर्तन हुने उनले स्पष्ट पारे। कुनै कामले धेरै ठुलो क्षति पुर्याएमा तत्काल…
हेटौडा । बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ मन्त्रीलाई राजीनामा दिन एमाले प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले निर्देशन दिएका छन्। दलका नेता थपलियाले सरकारमा रहेका एमालेका सबै मन्त्रीलाई तत्काल राजीनामा बुझाउन निर्देशन दिएको एमाले स्रोतले जानकारी दिएको हो। केन्द्रमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम तथा प्रदेश सरकारको सत्ता समीकरण परिवर्तन हुने सम्भावनाबिच उक्त निर्देशन दिइएको बताइएको छ। एमाले केन्द्रको राजनीतिक निर्णयअनुसार प्रदेशमा पनि सत्ता समीकरण परिवर्तन हुने भएकाले सरकारमा निरन्तर बस्नु उपयुक्त नहुने निष्कर्ष निकालिएको दलका नेता थपलियाले बताए। यसअघि बिहीबार मन्त्रिपरिषद् बैठकपछि नै एमालेका मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरेका थिए। तर अन्तिम समयमा पार्टीको केन्द्रीय निर्देशन नआएकाले…
राजविराज । सप्तरीको राजविराज कारागारमा पाँचजना कैदीबन्दीले आत्मदाहको प्रयास गरेका छन् । शनिबार विहान राजविराज कारागारमा विवाद भएपछि पाँचजना कैदीबन्दीले मट्टितेल छेर्केर आत्मदाहको प्रयास गरेका हुन् । दुईरतीन दिनदेखि कैदीबन्दीहरूको आन्तिरक विवाद भइरहेको र सोही विषयमा असन्तुष्ट पक्षले आत्मदाहको प्रयास गरेको कारागारका रुपक मण्डलले जानकारी दिए । उनका अनुसार अहिले आन्तरिक छलफल भइरहेको छ । आत्मदाहको प्रयास भएपनि च्याम्बरमै चिकित्सक टोली र एम्बुलेन्स भएको हुनाले कुनै क्षति नभएको उनले बताए । यद्यपी विवाद हुनुको कारण भने खुलाइएको छैन ।
काठमाण्डौं । फिफा विश्वकपमा सबैभन्दा धेरै चर्चा हुने खेल फाइनल हो। त्यसअघि हुने तेस्रो स्थानको खेल भने प्रायः ओझेलमा नै पर्छन्। धेरैका लागि यो त्यस्तो खेल हो, जुन खेल्न पनि मन लाग्दैन र हेर्न पनि विशेष आकर्षण रहँदैन। किनभने यो उपाधिको लडाइँ होइन। अधुरो सपनापछि सान्त्वना खोज्ने प्रयास बन्छ। इङ्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेलले पनि यही यथार्थ स्विकार्छन्। धेरै समर्थक पनि यस्तो खेलमा खासै रुचि राख्दैनन्। अमेरिकाको मियामी शनिबार राति यस्तै एउटा खेल हुँदै छ। जहाँ विश्वकपका दाबेदार मानिएका फ्रान्स र इङ्ल्यान्ड भिड्दै छन्। न त इङ्ल्यान्डका खेलाडीहरू यो खेल खेल्न चाहन्छन्, न त फ्रान्सका। दुवैको लक्ष्य विश्वकपको फाइनल खेल्नु…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क