Author: Editor

डडेलधुरा । भीमदत्त राजमार्गअन्तर्गत पर्ने डडेल्धुराको अमरगडी नगरपालिका–७ खस्र्याखानमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ। धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सु।प।प्र ०१–००१ ज १८५० नम्बरको बोलेरो जीप आज बिहान करिब २ बजेको समयमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो भने चालकसहित ३ जना घाइते भएका छन्। दुर्घटनामा परी मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाउँपालिका –१ का अन्दाजी ४५ सुगन लोथ्याल र सोही ठाउका अन्दाजी २८ वर्षीय हनु लोथ्याल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिए। प्रहरीका अनुसार घाइते हुनेमा दार्चुलाको मार्मा गाउँपालिकाका ५० वर्षीय अमरसिंह ठगुन्ना र अपिहिमाल गाउँपालिका–१ का वर्ष ३५ वर्षीय सरस्वती लोथ्याल…

Read More

काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध चलाइएको सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले साधारण तारेखमा रिहा गर्न आदेश दिएपछि कानुन व्यवसायीसमेत रहेका रास्वपा सांसद यज्ञमणि न्यौपानेले न्यायालयबारे निर्मम समीक्षा गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन् । फेसबुकमा स्ट्याटस लेख्दै न्यौपानेले न्यायालय पुनरसंरचना बिना सुशासन र भ्रष्टाचारको अन्त्य सम्भव नभएको धारणा राखेका हुन् । न्यौपानेले न्यायालयमा आवश्यक सुधार नगरे आम नागरिकले समेत न्यायको प्रत्याभूति गर्न नसक्ने अवस्था रहने चेतावनी दिए। उनले सुधारको प्रक्रिया जति ढिला गरिन्छ, त्यसको असर त्यति नै गम्भीर र अकल्पनीय हुने अवस्था सिर्जना हुन सक्ने धारणा राखे। उनका अनुसार देश परिवर्तनका लागि न्यायालयसहित राज्यका सबै निकायले समयअनुकूल परिवर्तनलाई आत्मसात…

Read More

काठमाडौँ। नेपाल टेलिभिजन ( हाल, सार्वजनिक सेवा प्रसारण संस्था )  को स्याटेलाइट ब्याण्डविथ खरिदसम्बन्धी छानबिन गर्न गठित अध्ययन समितिले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ । समितिले शुक्रबार सूचना तथा सञ्चार मन्त्री डा विक्रम तिमिल्सिना समक्ष बुझाएको प्रतिवेदनले विभिन्न समयमा भएका स्याटेलाइट ब्याण्डविथ खरिद तथा सम्झौतामा कानुनविपरीत कार्य, प्रक्रियागत कमजोरी, वित्तीय अनुशासन उल्लङ्घन तथा संस्थालाई आर्थिक हानि पुग्ने जस्ता गम्भीर प्रकृतिका कैफियत फेला परेको निष्कर्ष निकालेको छ । स्याटेलाइट ब्याण्डविथ खरिदका सन्दर्भमा विभिन्न निकायमा परेका उजुरी, महालेखापरीक्षकको कार्यालयका प्रतिवेदन तथा सार्वजनिक सरोकारका विषयलाई आधार बनाएर सञ्चार मन्त्रालयले २०८३ जेठ २२ गते अध्ययन समिति गठन गरेको थियो । उक्त समितिले शुक्रबार मन्त्रालयलाई…

Read More

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागले शनिबार देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई आसपास तथा पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले आगामी तीन दिनसम्म उल्लेख्य वर्षाको सम्भावना रहेको छ । आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा भारी वर्षा तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा…

Read More

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको लडेर हात भाँचिएको भन्ने समाचारप्रति सचिवालयले गम्भीर आपत्ति जनाएको छ। शुक्रबार विज्ञप्ति जारी गर्दै सचिवालयले‘‘पूर्वप्रधानमन्त्री लडेर हात भाँचिएको’ भन्ने खबर पूर्णतः निराधार, असत्य र भ्रामक भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘उक्त समाचार पूर्ण रूपमा असत्य र निराधार रहेको स्पष्ट पार्न चाहन्छौँ। सम्बन्धित व्यक्तित्व न त लड्नुभएको छ, न त उहाँको हात भाँचिएको छ। कुनै पनि आधिकारिक पुष्टि बिना यस्ता हल्ला फैलाउनु गैरजिम्मेवार कार्य हुनुका साथै समाजमा भ्रम सिर्जना गर्ने प्रयास हो।’ सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सर्वसाधारणमा कुनै पनि सूचना वा समाचार साझा गर्नु अघि त्यसको सत्यता आधिकारिक स्रोतबाट पुष्टि…

Read More

काठमाण्डौं । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। शुक्रबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले पौडेललाई थुनामा नराखी साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो। सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा उनीविरुद्ध दायर मुद्दाको प्रारम्भिक सुनुवाइपछि अदालतले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै थुनछेक आदेश जारी गरेको हो। आदेशअनुसार पौडेल अब साधारण तारेखमा उपस्थित हुँदै मुद्दाको सुनुवाइ प्रक्रिया सामना गर्नेछन्।

Read More

काठमाण्डौं । विगत ९ दिनदेखि जारी मिटरब्याज विरुद्धको आन्दोलन अन्ततः स्थगित भएको छ। मिटरब्याज पीडित पक्ष र सरकारबीच आज ९ बुँदे सहमति भएसँगै आन्दोलन स्थगित भएको हो। गत असार २५ गते जनकपुरको त्रितियागाछीबाट सुरु भएको ‘पैदल न्याय मार्च’ बाराको निजगढ पुगेपछि असार ३२ गते गृहमन्त्री सुदन गुरुङ र पीडित प्रतिनिधिबीच काठमाडौंमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। सोही सहमति बमोजिम हिजो नै काठमाडौं आएको पीडित पक्षको वार्ता टोली र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव पुष्कर सापकोटा नेतृत्वको सरकारी टोलीबीच भएको सघन वार्ताले यो सहमति जुटाएको हो। सहमतिपत्रमा सरकारी वार्ता टोलीकातर्फबाट सचिव सापकोटा र पीडित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर…

Read More

काठमाण्डौं । बर्ड फ्लु निर्मूल भएपछि आजदेखि चिडियाखाना खुलेको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष(सदर चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरूमा बर्ड फ्लु संक्रमण देखिएपछि बन्द गरिएको थियो। हाल बर्ड फ्लु निर्मूल रहेको भन्दै आजदेखि चिडियाखाना खुलेको छ। चिडियाखाना खुल्ने समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म हो।

Read More

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०५८ जेठ १९ गते राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्ड दीपेन्द्र शाहले नगरेको जिकिर गरेका छन्। शुक्रबार पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा आफ्ना आमाबुवासहित सबै परिवार नै सखाप बनाउने गरी दीपेन्द्रले दरबार हत्याकाण्ड गरी आत्महत्या गरेको भनी फैलाइएको हल्लामा कुनै सत्यता नरहेको बताएका हुन्। ‘२०५८ साल जेठ १९ गते दरबार हत्याकाण्ड भयो। दरबार हत्याकाण्ड हुने वित्तिकै विश्वव्यापी रूपमा एउटा फैलियो, फलानो फलानोको लभ थियो, त्यो लभमा यस्तो भएको थियो, एउटा यस्तो रेडिमेड स्टोरी र दीपेन्द्र युवराज दीपेन्द्रले बाबु, आमा, भाइ, बहिनी, काका, काकीसहित वंशनाश गरेर आफूले पनि…

Read More

श्रीलंका । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित हेण्ड्स अफ एशिया अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरेका छन्। सम्मेलनको उद्घाटन सत्रमा प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै संयोजक प्रचण्डले एसियाली कम्युनिस्ट आन्दोलनका ऐतिहासिक उपलब्धि, चुनौती र त्यसबाट सिकिएका महत्त्वपूर्ण पाठबारे गम्भीर विश्लेषण गरेका थिए। बदलिँदो वैश्विक शक्ति सन्तुलन र महाशक्तिहरूबीच बढ्दो प्रतिस्पर्धाकाबीच असंलग्नताको नीति तथा समाजवादी निर्माण उत्पीडित राष्ट्रहरूको साझा ऐतिहासिक आवश्यकता रहेको उल्लेख गर्दै उनले त्यसको राजनीतिक रूपरेखासमेत प्रस्तुत गरेका थिए। सम्मेलनमा श्रीलंकाका वातावरण मन्त्री डा। दम्मिका पाताबेन्दीले अन्तर्राष्ट्रिय मुद्रा कोषको ऋण कार्यक्रमका कडा सर्त र अनुशासनको सामना गर्दै जनपक्षीय विकासको वैकल्पिक मार्ग कसरी निर्माण…

Read More