काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवावारी दिएका छन्। प्रधानमन्त्री शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन अमेरिका जाने भएपछि वाग्लेलाई कार्यवाहकको जिम्मा दिइएको हो। महासभामा भाग लिन प्रधानमन्त्री शाह आज मंगलबार साँझ ७ बजे अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने तालिका छ।
उनले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री वाग्लेलाई दिन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा यही असोज ८ गते सम्बोधन गर्ने कार्यतालिका छ। उनी असोज १० गते स्वदेश फिर्ता हुनेछन्।
