Author: Editor

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगन्ज गाउँपालिका कप्तानगन्ज लगायत तराई मधेसका विभिन्न जिल्लामा देखिएको विषम परिस्थितिका बारेमा प्रथम राष्ट्रपति रामवरण यादव र प्रथम उपराष्ट्रपति परमानन्द झासँग छलफल गरेका छन्। राष्ट्रपति भवन शीतलमा शुक्रबार भएको छलफलमा उक्त घटनाप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम सबैले पहल गर्नुपर्ने धारणा राखेको प्रेस सल्लाहकार किरण पोखरेलले बताए। प्रथम राष्ट्रपति यादवले सरकारले यो विषम अवस्थामा सबै राजनीति दल, नागरिक समाज, धार्मिक अगुवा तथा आम नागरिकको साथ लिएर समस्या समाधान गर्ने क्षमता राख्नुपर्ने बताएका थिए।

Read More

वीरगञ्ज। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जमा पुनः निषेधाज्ञा जारी गरेको छ । शुक्रबार साँझ ५ बजेदेखि भोलि शनिबार बिहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । प्रशासनले वीरगञ्ज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकाराचार्य गेटमा पाँच जनाभन्दा बढी भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी निषेधाज्ञा जारी गरेको हो । यसअघि बिहीबार पनि प्रशासनले रातिको समयमा निषेधाज्ञा जारी गरेको थियो । सुनसरी घटनालाई लिएर वीरगञ्जमा पनि प्रदर्शन चर्किन थालेपछि प्रशासनले बिहीबारदेखि रातिको समयमा निषेधाज्ञा लगाउँदै आएको छ ।

Read More

सिराहा । सिरहाको गोलबजारमा प्रदर्शनको क्रममा गोली लागेर मृत्यु भएका बालकको घरअगाडि स्थानीय र सुरक्षा निकायको टोलीबीच तनाव उत्पन्न भएको छ। गृहमन्त्रीको सुरक्षाका लागि पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा जिल्ला प्रशासन कार्यालय सिराहाका सवारीसाधन स्थानीयले मृतकको घरअगाडि घेराउ गरेका छन्। गृहमन्त्री सुदन गुरुङ मृतकको परिवारलाई भेट्न जाने कार्यक्रम थियो। सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको प्रदर्शनका क्रममा बिहीवार औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको थियो। स्थानीयले आन्दोलनका क्रममा न्यायको माग गर्दै प्रदर्शन गरिरहेका केही व्यक्तिलाई ‘साम्प्रदायिक सद्भाव खलबल्याएको’ आरोपमा नियन्त्रणमा लिइएको भन्दै उनीहरूको तत्काल रिहाइको माग गरेका छन्।

Read More

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीलगायत जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट पारेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तराई–मधेसका विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सांसदहरूसँग आज भएको छलफलमा प्रधानमन्त्री शाहले राज्य संयन्त्रका सम्पूर्ण अङ्ग उच्च सतर्कताका साथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयमता अपनाउन आग्रह गरे । प्रधानमन्त्री शाहले सरकारको प्राथमिक ध्यान प्रभावित नागरिकसम्म पुग्नु, उनीहरूलाई सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नु रहेको उल्लेख गरे । शान्ति–सुरक्षालाई चुस्त–दुरुस्त राख्न र…

Read More

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले मधेस प्रदेशमा पछिल्लो समय सिर्जित हिंसात्मक घटनाक्रम, सामाजिक सद्भाव र सङ्घीयताको विषयमा मधेस केन्द्रित राजनीतिक दलका नेताहरूसँग गहन छलफल गरेका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा मधेसी नेताहरूले सुनसरीमा सानो विवादबाट सुरु भएको घटना मधेसका अन्य जिल्लाहरूमा फैलिनुमा सरकारी संयन्त्रको ढिलासुस्ती र निष्क्रियता जिम्मेवार रहेको भन्दै आलोचना गरे। छलफलमा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसहितका नेताहरूले रास्वपाको चितवन महाधिवेशनले सङ्घीयताविरोधी सन्देश प्रवाह गरेको प्रसङ्गसमेत उठाएका थिए। नेताहरूले चुनावका बेला सङ्घीयता बलियो बनाउने प्रतिबद्धता जनाए पनि सोअनुसार काम नहुँदा जनतामा आक्रोश बढेको टिप्पणी गरे। मधेसी नेताहरूको चासो…

Read More

जनकपुर । सुनसरीको कप्तानगञ्जमा भएको तनाव मधेस प्रदेशका जिल्लाहरूमा फैलिएपछि धनुषामा सर्वपक्षीय बैठक सुरु भएको छ। जिल्ला प्रशासन कार्यालयको सभाकक्षमा शुक्रबार प्रमुख जिल्ला अधिकार प्रेमप्रसाद लुइँटेलले आह्वान गरेको बैठकमा हिन्दु–मुस्लिम समुदायको धार्मिक अगुवा तथा विभिन्न दलबाट निर्वाचित जनप्रतिनिधिहरू सहभागी रहेको छ। दुई समुदायबिच उत्पन्न विवाद आपसी समझदारीमा मिलाएर सद्भाव र्‍याली निकाल्ने उद्देश्यले सर्वपक्षीय बैठक बोलाइएको छ। बैठकमा चारै निकायका सुरक्षाकर्मीहरू उपस्थिति रहेको छ। बिहीबार जनकपुरमा हिन्दु संघसंस्थाका युवाहरू प्रदर्शनमा उत्रेपछि दिउँसो ३ः३० बजेदेखि कर्फ्यु जारी गरेको छ। कर्फ्यु जारी गरेपछि शुक्रबार जनकपुर सुनसान बनेको छ। बिनाकाम घरबाट बाहिर निस्किने मानिसलाई सेनाले केरकार गरिरहेका छन्।

Read More

सुनसरी । सुनसरीको देवानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाको अन्त्येष्टि फेरि अन्योलमा परेको छ। सरकार र पीडित पक्षबीच औपचारिक सहमति भइसके पनि मृतकका परिवार तथा स्थानीयले शव बुझ्न अस्वीकार गरेपछि शुक्रबारका लागि तय गरिएको अन्त्येष्टि कार्यक्रम अनिश्चित बनेको हो। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बिहीबार राति भएको वार्तामा सरकारले पीडित परिवारका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो। सोही सहमतिअनुसार शुक्रबार शव बुझेर अन्त्येष्टि गर्ने तयारी थियो। तर स्थानीयस्तरमा विरोध कायम रहेपछि शव लिन विराटनगर पुगेका परिवारका सदस्यसमेत फर्किएका छन्। मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव हाल विराटनगरस्थित न्युरो अस्पतालको शवगृहमा राखिएको छ। शव नबुझेका कारण पोस्टमार्टम प्रक्रिया…

Read More

जनकपुरधाम। जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यु आदेश कायम रहेको जनाउँदै अहिले ६ देखि ८ बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्कन पाइने बताएको छ । कर्फ्युका बेला अस्पताल, फार्मेसी, हवाई सेवा, ग्यास आपूर्ति, पेट्रोलियम ढुवानी तथा बिक्री, एम्बुलेन्स, दमकल, शववाहन, पानी तथा दूध बोकेका सवारी साधनलगायतका अत्यावश्यक सेवाहरू सुचालु रहने छन् । त्यसैगरी, स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सञ्चारकर्मी, रेडक्रसकर्मी, तीर्थयात्री, बिरामी, विमानस्थल आउजाउ गर्ने यात्रीलाई सम्बन्धित निकायबाट जारी भएको परिचयपत्र, हवाई टिकटका आधारमा आवतजावत गर्न दिइने छ । रासस

Read More

काठमाडौ । देवानगञ्ज गाउँपालिका–३, कमानागाछीमा गत साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहता का परिवार तथा गृह मन्त्रालयबीच ७ बुँदे सम्झौता भएको छ। सम्झौता अनुसार सरकारले मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने र मृतकका परिवारलाई प्रति परिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यस्तै, घटनाको निष्पक्ष तथा प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही अघि बढाइने उल्लेख गरिएको छ। साथै, देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल सुरु गरिने सहमति भएको छ। सम्झौतामा प्रत्येक मृतकका परिवारबाट एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने,…

Read More

काठमाडौँ। प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । बिहीबार राति राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्री शाह र राष्ट्रपति पौडेलबिच भेटवार्ता भएको हो। सो भेटवार्ताका क्रममा उनीहरूबिच मुलुकको समसामयिक विषयवस्तुहरूमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । करिब १५ मिनेटसम्म चलेको उक्त भेटवार्तामा तराई मधेस क्षेत्रमा देखा परेका समस्याहरूका बारेमा केन्द्रित रहेर कुराकानी भएको थियो। भेटका क्रममा प्रधानमन्त्री शाहले देशको पछिल्लो परिस्थितिलाई लिएर सरकार गम्भीर रहेको र समस्या समाधानका लागि निरन्तर प्रयास भइरहेको बताएको राष्ट्रपति निकट स्रोतले बतायो । उनले राष्ट्रपतिलाई आश्वस्त पार्दै भने, हामीले प्रयास गरिरहेका छौँ, अब समस्याको समाधान हुन्छ। हजुरले यस विषयमा धेरै चिन्ता लिनु…

Read More