Author: Editor

काठमाण्डौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्।काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले बागमती प्रदेशमा मात्र सीमित नरहेर देशव्यापी रूपमा नै उज्यालो नेपाल पार्टीको सरकार बन्ने परिदृश्य तयार भइरहेको बताएका हुन्। देशमा छिट्टै स्थानीय निकाय र प्रदेशको निर्वाचन हुन गइरहेको उल्लेख गर्दै घिसिङले उक्त चुनावहरूमा उज्यालो नेपाल पार्टीले अत्यधिक सशक्त र प्रभावकारी भूमिका खेल्ने स्पष्ट पारे। उनले भने, ‘आगामी चुनाव, स्थानीय निकायको चुनाव र प्रदेशको चुनाव चाँडै नै आउँदैछ। यसमा उज्यालो नेपाल पार्टीको सशक्त भूमिका रहनेछ र त्यसपछिको चुनावमा उज्यालो नेपाल पार्टीले यो देशको नेतृत्व गर्नेछ।’…

Read More

काठमाडौं । पाकिस्तानको ‘ब्रड पिक’ क्षेत्रमा दिवंगत नेपाली पर्वतारोही निर्मल पुर्जालगायतको शव उद्धारमा खटिएको टोली क्याम्प–१ सम्म झर्ने तयारी गरेको छ । उद्धार अभियानको ग्राउन्ड टिमले दिएको जानकारी अनुसार पहिलो चरणमा हिम पहिरोमा परेर निधन भएको टोलीलाई क्याम्प–१ सम्म ल्याइनेछ । त्यसपछि सोमबार जापानी क्याम्पसम्म ल्याउने तयारी गरिएको छ। ग्राउण्ट टिमका अनुसार मौसम र हिमालको अवस्था अनुकूल भए जापानी क्याम्पबाट हेलिकप्टरमार्फत उद्धार टोली तथा शवहरूलाई थप सुरक्षित स्थानमा सार्न सकिनेछ । दिवंगत आरोहीहरूको शव सुरक्षित रूपमा उद्धार गरी सम्मानपूर्वक स्वदेश फर्काउने टोलीले जनाएको छ । हिमपहिरोमा पुर्जासहित अन्य १० जना बेपत्ता भएका थिए । बेपत्ता १० मध्ये ६ जना नेपाली…

Read More

काठमाडौँ । प्रहरीले काठमाडौँको लिएको छ । गए राति १०स्२५ बजेतिर बूढानीलकण्ठमा गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले जानकारी दिए । चोरी तथा लुटपाटमा संलग्न भएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको उनले बताए । पक्राउ गर्न खोज्दा साथमा रहेको खुकुरीले प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेपछि तीन राउन्ड गोली प्रहार गरिएको थियो । खुट्टामा गोली लागेका उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ । कैद भुक्तान गरिरहेका तामाङ जेनजी आन्दोलनमा फरार भएका थिए ।

Read More

काठमाडौँ । विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ( निम्स दाई )  को निधन भएको पुष्टि भएको छ। पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले उनको निधन भएको जानकारी दिएको हो। पाकिस्तानको ‘ब्रेड पिक’ हिमालको हिमपहिरोमा उनीसहित अन्य १० जना बेपत्ता भएका थिए। बेपत्ता १० मध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए। ४ जनाको शव भने शुक्रवार नै फेला परेको थियो। पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा गत बिहीवार हिमपहिरोमा उनीहरु परेका थिए। पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल छ महिनाभन्दा केही बढी अवधिमा सफल आयोहण गरी कीर्तिमानी कायम गरेका थिए।

Read More

जनकपुरधाम । गृहमन्त्री सुदन गुरुङ र संयुक्त हिन्दु मोर्चाबिच १३ बुँदे सम्झौता भएको छ। शनिबार जिल्ला प्रशासन कार्यालय धनुषाको परिसरमा गृहमन्त्री र हिन्दु मोर्चाबिच सम्झौता भएको हो। हिन्दु राष्ट्र कायम गर्न तीन महिनाभित्र सर्वदलीय बैठकमार्फत प्रक्रिया अगाडि बढाउने सम्झौता भएको छ। आन्दोलनरत संयुक्त हिन्दु मोर्चाले आजैदेखि आन्दोलन स्थगित गर्ने सम्झौता गरेको छ। आन्दोलनरत हिन्दु मोर्चाले गृहमन्त्री गुरुङसमक्ष १३ बुँदे प्रस्ताव राखेको थियो। सोही १३ बुँदामा सम्झौता भएको हो। संयुक्त हिन्दु मोर्चाको माग पत्रका १३ बुँदाहरू १. दिगो शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा धार्मिक सहअस्तित्वको प्रवर्द्धनका लागि किराँत, बौद्ध, सहित ८१ प्रतिशत हिन्दुहरूको बहूल्यता भएको नेपाल राष्ट्रलाई हिन्दु राष्ट्र कायम…

Read More

सर्लाही । सर्लाहीसहित मधेशका जिल्लाहरुमा लामो दुरीका सवारी साधन सञ्चालनमा आउन थालेको छ । गाडी चल्न थालेपछि यात्रुलाई सहज भएको छ । यस क्षेत्रमा बिहीबार र शुक्रबार लामो दुरीमा चल्ने सार्वजनिक यातायात सञ्चालन नहुँदा अत्यावश्यक काम परेर यात्रा गर्नुपर्नेहरु मारमा परेका थिए । शनिबार देखि लामो दुरीमा चल्ने बस समेत सञ्चालन भएसँगै जनजीवन सहज बनेको हो । पूर्वको सिराहा, सप्तरी, सुनसरी, विराटनगरलगायत ठाउँमा जाने यातायातका साधन अझै पूर्णरुपमा खुल्न सकेका छैनन् । सर्लाहीको बस व्यवसायी दीपलाल महतोले अन्य दिनको तुलनामा शनिबारदेखि बस सञ्चालनमा सहजता भएको छ । आइतबार थप सहज अवस्था भएको बताउनुभएको छ । वीरगन्ज, बर्दिवास र जनकपुरतर्फका बस…

Read More

काठमाडौँ । नेपाल आयल निगमले ग्याँस उद्योगीहरूलाई आपूर्तिको सहज बनाउन निर्देशन दिएको छ। निगमले शनिबार विज्ञप्ति जारी गरेर ग्याँस उद्योगीहरूलाई बजारमा ग्याँसको सहज आपूर्तिको व्यवस्था मिलाउन अनुरोध गरेको हो। ‘१४।२ के।जि।को ग्याँस सिलिण्डरको बिक्री वितरणको सुरुवातपश्चात बजारमा ग्याँस अभाव भन्ने उपभोक्ता वर्गवाट गुनासो आइरहेकोले सम्पूर्ण ग्याँस उद्योगीहरुले बजारमा ग्याँसको सहज आपूर्तिको व्यवस्था मिलाउन हुन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ। आयल निगमले बिक्रेताहरूलाई घरायसी प्रयोजनका उपभोक्ताहरूलाई प्राथमिकतामा राखेर खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको रेकर्ड राखेर व्यवस्थित रुपमा ग्याँसको बिक्री बितरण गर्न पनि अनुरोध गरेको छ। आयल निगमले ग्याँस नपाएको अवस्थामा हटलाइन नं।०१–५९७१९०२ ९कार्यालय समय भित्र० मा सम्पर्क गर्न पनि भनेको…

Read More

जनकपुर । गृहमन्त्री सुदन गुरुङ आज जनकपुर आइपुगेका छन्। आन्दोलनरत पक्षसँग वार्ताका लागि उनी जनकपुर आइपुगेका हुन्। जिल्ला प्रशासन कार्यालय धनुषाको सभाहलमा हिन्दु युवाको संगठन हिन्दु सम्राट सेनाका सदस्यहरू र गृहमन्त्रीबीच वर्ता हुन लागेका हो। प्रमुख जिल्ला अधिकारको अगुवाइमा आज जनकपुरमा सद्भाव र्‍याली निकालिएको थियो। हिन्दु संघसंस्थाका युवाहरूले विरोध जनाएका थिए। उनीहरूले आफूहरूलाई बाहिर राखेर कुनै पनि सद्भाव र्‍याली नमान्ने बताएपछि आज सिरहाबाट गृहमन्त्री गुरुङ जनकपुर आइपुगेको हुन्।

Read More

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले राष्ट्रिय भेलाका लागि ५ सय ५१ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । शनिबार सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै डा। शशांक कोइरालाको संयोजकत्वमा आयोजक समिति गठन गरिएको जानकारी दिएको छ । त्यस्तै, मूल आयोजक समितिसहित १६ वटा विभिन्न समिति पनि बनाइएको प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले जानकारी दिए । इतर पक्षले काठमाडौंमा साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला हुने जानकारी यसअघि नै गराएको थियो ।

Read More

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राजनीतिक नेतृत्वमा करुणा र सहानुभूति हुनुपर्ने बताएका छन् । शनिवार एक कार्यक्रममा ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेतृत्वको प्रमुख गुण मानवीय संवेदना हुनुपर्ने बताएका हन् । सभापति थापाले आगामी साउन २४ गतेदेखि पार्टीले ‘एनसी फर एनसी’ ९नेप्लिज काँग्रेस फर नेसनल कज० अभियान शुरु गर्न लागेको जानकारी दिए । यस अभियानअन्तर्गत पार्टीका प्रत्येक नेता तथा कार्यकर्ताले वर्षभर आफूलाई कुनै न कुनै सामाजिक वा राष्ट्रिय कार्यमा संलग्न गराउनुपर्ने नीति लिइएको उनले स्पष्ट पारे । सभापति थापाले भने, ‘एनसि फर एनसि भनेर हामीले जुन अभियान शुरु गरेका छौँ, नेपाली काँग्रेस फर नेशनल…

Read More