Author: Editor

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत भक्तपुरले प्रसाईंविरुद्ध म्याद नथपी छाड्ने आदेश दिएको हो । आइतबार राति पक्राउ परेका प्रसाईंविरुद्ध साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन कसुरमा म्याद थप गर्न प्रहरीे सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराएको थियो । जहाँ ७ दिनको म्याद मागिएको थियो । तर अदालतले भने म्याद थप नगरेपछि प्रसाईं रिहा हुने भएका हुन् । प्रहरीले उनको रिहाइ प्रक्रिया अघि बढाएको छ ।

Read More

काठमाडौं । शिक्षकहरूले फेरि भदौदेखि सडक आन्दोलन गर्ने घोषणा गरेका छन्। पटक(पटक आन्दोलन गर्दै आएका शिक्षकहरूले छिटो नै आन्दोलनको मिति तय गर्ने बताएका छन्। नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले साउन १६ र १७ गते बसेको महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले आन्दोलन गर्ने निर्णय गरिसकेको जानकारी दिए। उनले भने, ‘भदौबाट आन्दोलन गर्ने निर्णय भएको छ, आन्दोलनको तिथि मिति विस्तारित कार्यालय बैठकले निर्णय गर्ने छ।’ उनका अनुसार आइतबार र सोमबार बसेको महासंघको राष्ट्रिय परिषद् बैठकले आन्दोलनको ठोस मिति, स्वरूप र कार्यक्रम तय गर्ने अधिकार विस्तारित कार्यालय बैठकलाई दिएको छ। विस्तारित कार्यालय बैठकले आन्दोलनको मिति तय गर्ने उनले जानकारी दिए। शिक्षकहरूले सरकारबिरूद्ध…

Read More

काठमाडौं । अनसनरत नर्स ज्योति रानाभाटका प्रतिनिधिसँग सरकारले वार्ता सुरु गरेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा  वार्ता सुरु भएको हो । स्वास्थ्य मन्त्रालयको सचिवालयका अनुसार वार्तामा ज्योति रानाभाटको तर्फबाट जीता बराल, कल्पना रिजाल, कविता सिटौला र इन्द्रप्रसाद अर्याल सहभागी छन् । मन्त्रालयको तर्फबाट स्वास्थ सचिव डा. विकास देवकोटा, अतिरिक्त सचिव डा.संगीता मिश्रका साथै मन्त्रीका प्रमुख सल्लाहकार र कानुन शाखाका प्रतिनिधिहरू सहभागी छन् । वार्तामा रानाभाटले उठाउँदै आएका मागहरूबारे सहमतिमार्फत समाधान खोज्ने विषयमा छलफल भइरहेको स्वास्थ्य मन्त्रीको सचिवालयले जनकराी दिएको छ । नर्स रानाभाट चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ( वीर अस्पताल)  मा नर्सिङ विषयमा स्नातकोत्तर गर्दैछिन् । १५ बुँदे…

Read More

काठमाण्डौं । राष्ट्रियसभामा मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ।  सभाको आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८०र८१ र आर्थिक वर्ष २०८१र८२’ को वार्षिक प्रतिवेदन पेस गरेकी हुन्। बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कृष्णप्रसाद पौडेलले ‘मधेस प्रदेशमा खानेपानी, सरसफाइ तथा जलस्रोत व्यवस्थापनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८३’ प्रस्तुत गरेका छन्। राष्ट्रिय सभाको अर्को बैठक बिहीबार अपराह्न १. १५ मिनेटमा बस्ने गरी स्थगित गरिएको छ।

Read More

काठमाण्डौं । राहदानी सम्बन्धी कसुरको आरोपमा अनुसन्धानका लागि परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले उनलाई सोमबार काठमाडौंको कागेश्वरी मनहरा क्षेत्रबाट पक्राउ गरेको सीआईबीका प्रवक्ता एसएसपी अनुपमसमशेर जबराले जानकारी दिए। सीआईबीका अनुसार नेपालबाट शरणार्थीलाई नक्कली राहदानीका आधारमा तेस्रो मुलुक पठाउने प्रक्रियामा भट्टराईको प्रत्यक्ष संलग्नता देखिएपछि उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।

Read More

काठमाडौँ । न्यूनतम पारिश्रमिक र मर्यादित कामको ग्यारेन्टी माग्दै आन्दोलनरत नर्सहरूले सोमबार राजधानीमा प्रदर्शन गरेका छन्। नर्सिङ क्षेत्रको समग्र सुधारका लागि नर्स ज्योति रानाभाटले शुरु गरेको आमरण अनशन पाँचौँ दिनमा पुग्दासमेत सरकारले बेवास्ता गरेपछि रुष्ट बनेका स्वास्थ्यकर्मीहरूले वीर अस्पताल अगाडि प्रदर्शन गरेका हुन्। अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा भइरहेको चरम श्रमशोषणको अन्त्य, न्यूनतम पारिश्रमिकको ग्यारेन्टी र सुरक्षित कार्य वातावरणको माग राख्दै नर्सहरू आन्दोलित बनेका हुन्। स्वास्थ्य क्षेत्रजस्तो संवेदनशील निकायमा कार्यरत जनशक्तिमाथि वर्षौँदेखि हुँदै आएको शोषणविरुद्ध यसअघि पनि पटक–पटक सहमति र सम्झौताहरू भएका थिए। तर, सरकार र सरोकारवाला निकायले ती वाचा पूरा नगर्दा आफूहरू पुनः सडकमा आउन बाध्य भएको आन्दोलनरत नर्सहरूको भनाइ…

Read More

सिन्धुलीमाढी । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुर नजिकै सोमबार बिहान एक अनपेक्षित र दुखद् दुर्घटना भएको छ। काठमाडौंबाट ओखलढुङ्गातर्फ गइरहेको यात्रुवाहक बसले ठक्कर दिँदा एक कार सडकबाट करिब १५० मिटर तल उर्लंदो सुनकोशी नदीमा खसेर बेपत्ता भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बिहान करिब ११ः३० बजे भएको उक्त दुर्घटनापछि नदीमा बेपत्ता भएको कारभित्र चार जना यात्रु सवार रहेको खुलेको छ। घटनास्थलमा सुरक्षा निकायको टोली तत्कालै पुगेर खोज तथा उद्धार कार्य शुरु गरिसकेको छ। प्रहरीले घटनाको विस्तृत विवरण संकलन भइरहेको र बेपत्ता यात्रु तथा कारको खोजी कार्यलाई तीव्रता दिइएको जानकारी दिएको छ। यद्यपि, निरन्तरको वर्षाका कारण सुनकोशी नदीमा आएको भीषण बाढीले…

Read More

काठमाण्डौं । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले आइतबार राति साढे १० बजे उनकै घरबाट पक्राउ गरेको हो। प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दै आन्दोलन घोषणा गरेका थिए। उक्त पत्रकार सम्मेलनमा उनले हिन्दु राज्य र राजसंस्था पुनर्स्थापना गर्न आन्दोलनको घोषणा गरेका थिए। प्रसाईंले शान्ति सुरक्षा भङ्ग गरेको प्रहरीको आरोप छ।

Read More

काठमाण्डौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भूभाग नजिक रहेको छ। मनसुनी वायुको प्रभाव कायम रहँदा देशभर बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हिमाली भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ भने पहाडी भेगका धेरै र तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ। बागमती र गण्डकी प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस प्रदेश साथै कोशी, लुम्बिनी र सुदूरपश्चि प्रदेशको तराई भूभागका केही स्थानमा मेघ गर्जनरचट्याङ सहितको मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका…

Read More

काठमाडौँ। बजारमा खाना पकाउने एलपी ग्यास पाउन उपभोक्तालाई सकस भएको छ । गत फागुनमा ग्यासको यस्तै अभाव भोगेका उपभोक्ताले अहिले आएर फेरि अभाव खेप्नु परेको छ । नेपाल आयल निगमले कोटा अनुसार ग्यासको आयात नियमित भइरहेको बताए पनि उपभोक्ताले एक सातादेखि पाउन सकेका छैनन् । ग्यास नपाएपछि डिलरमा उपभोक्ताको लाइन लागेको छ । बजारमा विशेष गरी नेपाल, एचपी, गीतालगायतका ग्यास सिलिन्डरको बढी अभाव छ । निगमसँग ग्यासको भण्डारण क्षमता नभएको र निजी क्षेत्रलाई ग्यासको कारोबार खुला गर्दा बेला बेला यस्तो समस्या आउने गरेको छ । निगमले खरिद आदेश ९पिडिओ० जारी गर्ने र विभिन्न उद्योगीले भारतका विभिन्न रिफाइनरी केन्द्रबाट ग्यास आयात…

Read More