Author: Editor
काठमाण्डौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिमका प्रतिनिधि सभा सांसदहरूसँग छलफल गरिरहेका छन्। मंगलबार बिहान ११ बजेदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सुदूरपश्चिमका सांसदहरूसँग छलफल भइरहेको प्रेस सहजकर्ता सुरेन्द्र बजगाईले जानकारी दिए। उनका अनुसार अहिले आठ जना सांसदहरूसँग समसमायिक राजनीतिक विषयमा छलफल भइरहेको हो। तारा जोशी, खेमराज कोइराला, हरिमोहन भण्डारी, जनकसिंह धामी, कोमल ज्ञवाली, केपी खनाल, ज्ञानेन्द्र महता र जगत जोशीसँग छलफल सुरू भएको हो। यसअघि प्रधानमन्त्री शाहले अन्य प्रदेशका सांसदहरूसँग पनि प्रदेशगत रूपमा छलफल गरेका थिए।
काठमाडौं । अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत ( सीईओ ) हरूसँग छलफल गर्ने भएका छन् । बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले सीईओहरुलाई छलफलमा बोलाएका हुन् । मंगलबार दिउँसो ३ बजे मन्त्रालयमा हुने छलफलमा २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू सहभागी हुँदैछन् ।
काठमाडौँ । सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्ज घटनामा गोली लागी ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। २२ वर्षीय रवीन्द्र मेहेताको उपचारका क्रममा मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो । यसअघि सुनसरीमा २ र सिरहामा एक जना गरी तीन जनाको मृत्यु भएको थियो। सुनसरीको कप्तानगञ्जमा ओमप्रकाश मेहेता र जयप्रकाश मेहेताको मृत्यु भएको थियो भने सिरहामा गणेश यादवको मृत्यु भएको थियो।
गण्डकी । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशसभाबाट पारित औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयकलाई प्रमाणीकरण गरेका छन्। गत असार २५ गते प्रदेशसभा बैठकबाट पारित उक्त विधेयकलाई प्रदेश प्रमुखले सन्देशसहित पुनःविचारका लागि यही साउन ८ गते प्रदेशसभामा फिर्ता पठाएकामा प्रदेशसभाबाट गत शुक्रवार पुनःपारित भएको थियो। सोही दिन प्रमाणीकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाइएको उक्त विधेयकलाई प्रदेश प्रमुखले आज प्रमाणीकरण गरेका कार्यालयका प्रवक्ता प्रवीण पौडेलले जानकारी दिए। प्रदेश प्रमुखबाट विधेयक प्रमाणीकरण भएसँगै गण्डकी प्रदेशभित्र औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गरिने गाँजाखेतीले कानुनी मान्यता पाउने भएको छ।
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आव २०८१–८२ पेस गर्ने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुनेछ । सांसद आङ्देम्बेले ‘वास्तविक भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनः स्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गरी सुरक्षित आवास, आधारभूत सेवा, खाद्य, स्वास्थ्य, शिक्षा र जीविकोपार्जनको निरन्तरतालाई ध्यान दिइ उचित क्षतिपूर्ति, स्थायी पुनःस्थापनाको प्रत्याभूति दिलाउन र वास्तविक भूमिहीन एवं सुकुमवासीलाई…
सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले खाना पकाउने एलपी ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएका छन्।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा आयोजित छलफलमा मुख्यमन्त्री शाहीले आमनागरिकको भान्सा र दैनिक जीविकासँग जोडिएको संवेदनशील विषयमा कसैले पनि खेलबाड नगर्न आग्रह गरे। उनले सुरक्षा निकाय र बजार अनुगमन टोलीलाई तत्कालै बजारमा खटिएर कृत्रिम अभाव सिर्जना गर्ने, अनधिकृत भण्डारण वा उपभोक्तासँग बढी मूल्य असुल्ने जो–कोहीलाई कानुनी कारबाही गर्न र अनुगमनलाई थप प्रभावकारी बनाउन निर्देशन दिए। वीरेन्द्रनगरलगायत आसपासका क्षेत्रमा विगत केही दिनदेखि भइरहेको ग्यासको अभावप्रति प्रदेश सरकारले गम्भीर चासो देखाएको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले उपभोक्तालाई राहत दिन निर्देशन दिए। सो अवसरमा व्यवसायीले आगामी…
काठमाण्डौं । आज ९मंगलबार० विभिन्न पाँच वटा संसदीय समितिको बैठक बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ। यस्तै, राज्य व्यवस्था तथा सुशासन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ। बिहान १०ः०० बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफाबार छलफल जारी रहनेछ। यस्तै, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ सम्बन्धमा मन्त्रालयसँग सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ। बिहान १०ः०० बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘खाना पकाउने ग्यासको…
काठमाडौं । नेपाली कांग्रेसले तराई मधेशमा घटेका घटनाको न्यायिक समिति बनाएर स्वतन्त्र, निष्पक्ष ढङ्गबाट छानबिनको माग गर्ने निर्णय गरेको छ। आज बसेको संसदीय दलको बैठकले गम्भीर घटना भएकाले सत्य(तथ्य सार्वजनिक गरेर कानुन बमोजिम दोषीलाई कारबाहीको माग गर्ने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले बताए। उनका अनुसार यो विषयलाई कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभामा पनि उठाउनेछ। उनले भने, ‘न्यायिक छानबिन समिति आजको हाम्रो मुख्य प्रस्ताव हो। त्यो प्रस्तावलाई प्रतिनिधि सभा र राष्ट्रिय सभामा उठाउने पार्टीको तर्फबाट उठाउनुहुन्छ। अरू विपक्षी दलहरूसँग पनि त्यसका छलफल हुन्छ।’ सुनसरी र सिरहामा भएको घटना गम्भीर रहेकाले कर्मकाण्डी समितिले छानबिन गर्न नसक्ने कांग्रेसको निष्कर्ष छ । ‘त्यो…
काठमाडौँ । देशमा विद्यमान राजनीतिक परिदृश्यकाबिच विभिन्न सात राजनीतिक दलहरू मिलेर ‘अग्रगामी मोर्चा’ गठन गर्ने अन्तिम तयारी गरेका छन् । मधेस, थरूहट, दलित तथा उत्पीडित वर्ग र सीमान्तकृत समुदायका अधिकारका लागि क्रियाशील दलहरू एकीकृत भई बन्न लागेको यस मोर्चाको आधिकारिक घोषणा आगामी साउन २३ गते हुने भएको छ। यस मोर्चामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी ९जसपा० नेपाल, डा। सिके राउत नेतृत्वको जनमत पार्टी, र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीजस्ता मुख्य क्षेत्रीय तथा जातीय आधार भएका दलहरू सामेल छन्। त्यसैगरी जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टी, रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, प्रभु साह नेतृत्वको आम जनता पार्टी…
काठमाडौँ। सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ल्याउन लागेको ‘सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रम सम्बन्धी कार्यविधि, २०८३’ को मस्यौदामाथि सरोकारवालासँग छलफल गरिएको छ । सूचना तथा सञ्चार मन्त्रालयमा आज आयोजित अन्तरक्रियामा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संस्था, चलचित्र निर्माता, निर्देशक, कलाकार तथा विज्ञहरूको सहभागिता रहेको थियो । चलचित्र क्षेत्रलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्ष २०८३÷८४ का लागि विनियोजन गरिएको रु तीन करोड ५० लाख अनुदान रकम पारदर्शी, प्रभावकारी र उपलब्धिमूलक ढङ्गले परिचालन गर्न कार्यविधि तयार गर्ने उद्देश्यले मन्त्रालयले सरोकारवालाको सुझाव लिएको हो । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री डा विक्रम…
Transparent Hub Pvt. Ltd. द्वारा सन्चालित
बागमती प्रदेश संचार रजिष्ट्रारको कार्यालय: 00284/081/082
प्रधान सम्पादक/ अध्यक्ष: बिना थापा कार्की
कानुनी सलाहकार: युवराज पोखरेल
सम्पर्क
Naxal, Bhagwati Marg, Kathmandu
01-4515251, 01-4515650
transparentkhabar@gmail.com
marketing.transparentmedia@gmail.com
article.transparentmedia@gmail.com
उपयोगी लिंकहरु
@ 2025 Transparentkhabar.com | All Right Reserved.
होमपेज | हाम्रो बारेमा | हाम्रो टिम | सम्पर्क