काठमाडौँ । विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ( निम्स दाई ) को निधन भएको पुष्टि भएको छ। पुर्जा संस्थापक रहेको संस्था इलाइट एक्सपेडले उनको निधन भएको जानकारी दिएको हो। पाकिस्तानको ‘ब्रेड पिक’ हिमालको हिमपहिरोमा उनीसहित अन्य १० जना बेपत्ता भएका थिए।
बेपत्ता १० मध्ये ६ जना नेपाली पर्वतारोही रहेका थिए। ४ जनाको शव भने शुक्रवार नै फेला परेको थियो। पाकिस्तानको कराकोरम हिमशृङ्खलामा अवस्थित ८ हजार ४७ मिटर अग्लो ब्रोड पिकमा गत बिहीवार हिमपहिरोमा उनीहरु परेका थिए।
पुर्जाले सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल छ महिनाभन्दा केही बढी अवधिमा सफल आयोहण गरी कीर्तिमानी कायम गरेका थिए।
