काठमाडौँ । प्रहरीले काठमाडौँको लिएको छ । गए राति १०स्२५ बजेतिर बूढानीलकण्ठमा गोली चलाएर कर्मा तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाले जानकारी दिए ।
चोरी तथा लुटपाटमा संलग्न भएको आरोपमा उनलाई नियन्त्रणमा लिइएको उनले बताए । पक्राउ गर्न खोज्दा साथमा रहेको खुकुरीले प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेपछि तीन राउन्ड गोली प्रहार गरिएको थियो ।
खुट्टामा गोली लागेका उनको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ । कैद भुक्तान गरिरहेका तामाङ जेनजी आन्दोलनमा फरार भएका थिए ।
