काठमाडौँ । सुनसरीको देवानगञ्जस्थित कप्तानगञ्ज घटनामा गोली लागी ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। २२ वर्षीय रवीन्द्र मेहेताको उपचारका क्रममा मंगलबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।
यसअघि सुनसरीमा २ र सिरहामा एक जना गरी तीन जनाको मृत्यु भएको थियो। सुनसरीको कप्तानगञ्जमा ओमप्रकाश मेहेता र जयप्रकाश मेहेताको मृत्यु भएको थियो भने सिरहामा गणेश यादवको मृत्यु भएको थियो।
