काठमाडौं । अर्थमन्त्री डा।स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत ( सीईओ ) हरूसँग छलफल गर्ने भएका छन् ।
बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले सीईओहरुलाई छलफलमा बोलाएका हुन् ।
मंगलबार दिउँसो ३ बजे मन्त्रालयमा हुने छलफलमा २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू सहभागी हुँदैछन् ।
